सम्पर्क

स्वास्थ्य

वक्तृत्वकला तथा चम्चा दौड प्रतियोगीता गरी मेलम्चीले मनायो २१ औँ स्वास्थ्य स्वयंसेविका दिवस

ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
देबराज सुबेदी २१ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा “विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भुमिका स्वस्थ समाज निर्माणमा सहभागीता” भन्ने मुल नारा सहित मेलम्ची नगरपालिकाले विश्व अन्तर्राष्ट्रिय स्वयंसेविक दिवस मनाएको छ । अन्तर्राष्ट्रिय स्वयंसेविका दिवस हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ । मेलम्ची नगरपालिकाको आयोजनामा गरिएको कार्यक्रममा वक्तृत्वकला तथा चम्चा दौड प्रतियोगीता गरी आयोजना गरिएको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका १३ वटा वडाका महिला स्वास्थ्य स्वंयमसेविकाहरु सहभागी भएका थिए । चम्चा दौड प्रतियोगिता वडा नम्बर ८ की देवकी गिरी पहिलो, वडा नम्बर २ को सम्झना खत्री दोस्रो, वडा नम्बर ३ को सिता तामाङ तेस्रो र वडा नं. ३ कै सबिना गुरूङले सान्त्वना स्थान हासिल गर्नुभयो ।वक्तृत्वकला प्रतियोगितामा वडा नम्बर १० को सम्झना पन्त पहिल...

बाह्र्बिसेले मानायो हाजीरी प्रतियोगीताका साथ स्वयंसेविका दिवस

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
नेपालको बिभिन्न स्थानमा बिभिन्न कार्यक्रम गरी स्वयमसेवीका दिबस मनाइएको छ । यसरी मनाइने क्रममा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा फेअर मेड र महिला आत्मनिर्भरता केन्द्रको सहयोगमा महिला सामुदायिक स्वयंसेविका दिवस फरक र चेतनामुलक ढङ्गले मनाइएको छ । दिबसको अवसरमा मङ्सिर २० गते बिहिबारका दिन अन्तरवडा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका स्तरिय हाजिरजवाफ प्रतियोगिता आयोजना सम्पन्न भएको छ।बाह्रबिसे नगरपालिका वडा न. १ देखि ९ सम्मका सबै ५८ स्वयंसेविकाहरुलाई सम्मान समारोह समेतको आयोजना गरिएको थियो। बाह्रबिसे नगरपालिका उप–प्रमुख मन्जु तामाङको सभापतित्वमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माका साथै अन्य कर्मचारी, स्वास्थ्यकर्मी, सहयोगी सस्थाका प्रतिनिधि र नगरपालिका भरिका स्वयंसेविकाको उपस्थिती रहेको थियो। हरेक वडाबाट ४÷४ जना स्वयं...

राष्ट्रिय सेवा दल सर्वोकृष्ट पल्टनको पुरस्कार मेलम्ची कम्युनिटी माबि मेलम्चीलाई

खेलकुद, जिबनशैली, विचार, समाचार, स्वास्थ्य
  राष्ट्रिय सेवा दलको सर्वोत्कृष्ट पल्टन मेलम्चीमा रहेको मेलम्ची कम्युनिटी माध्यमिक विद्यालयले हात पारेको छ। राष्ट्रिय सेवा दल एनसीसीको सिट नं ५० औ ब्याजमा सहभागी भई मेलम्ची कम्युनिटी मावि सर्वोत्कृष्ट हुन सफल भएको हो। २०८१ साल असार १४ गतेदेखि सहभागी भएका एनसीसी टिमले २०८१ कार्तिक २५ गतेसम्म नेपाली सेनाको श्री राष्ट्रिय सेवा दल मध्यपूर्वी तालिम शिक्षालय बर्दिबासमा यही लअअमा सहभागी भएको थियो। १६ वटा सहभागी विद्यालयमध्ये मेलम्ची कम्युनिटी मावि नमुना भनी बेस्ट अवार्ड प्राप्त गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक दिनेश बस्नेतले जानकारी दिनुभयो । नैतिकवान,कर्तब्यनिष्ट,अनुशसित,मर्यादित र देशभक्त बनाउदै ३ महिनाको तालिम मा सहभागी भई विद्यालय उत्कृष्ट हुन सफल भएको उहाँले बताउनुभयो। उत्कृष्ट क्याडेट अवार्ड पाएपछि २०८२ सालमा पनि विद्यालयले एनसीसी क्याडेट तालिम प्राप्त गर्ने प्रधानाध्यापक बस्...

लायन्स क्लब अफ काठमाडौ सिन्धु चौतारा सिटिद्वारा बुद्धपार्क प्रबेसद्वार सरसफाइ

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय स्थल बुद्धपार्कमा सरसफाई गरिएको छ । सामाजिक काम गर्न कतैबाट बजेट चाहिदैन, इच्छाशक्ति भएपछी हरेक कुरा सम्भब छ भन्ने नाराका साथ युवाहरुले चौताराको पर्यटकिय स्थल बुद्धपार्क प्रबेसद्वार देखि माथी पैदल हिड्ने बाटो सरसफाई गरेका हो । शनिबारको छुट्टीलाई सदुपयोग गर्दै बिभिन्न पेशामा आबद्ध चौतारा सागाचोकगढी नगरपालिकामा बसोबास गर्नु भएका व्यक्तिहरुले लायन्स क्लबको नामबाट उक्त सरसफाइ गरेको क्लबका अध्यक्ष भगबान खड्काले बताउनुभयो । विभिन्न पेसामा आबद्ध युवाहरुले चौताराको पर्यटकिय स्थल बुद्धपार्क प्रबेस द्वार देखिमाथी पैदल हिड्ने बाटोमा रहेका फोहोर, काडा अनि बुट्टाहरुलाई पन्छाएर पर्यटकलाई आवतजावत गर्न सहज बनाएको खड्काले बताउनु भयो । बिगतमा पनि क्लबका सदस्यहरुले आफ्नो फाल्तु खर्च कटाएर पैसा जम्मा गरि विभिन्न बिद्यालयमा स्कुल ब्याग, स्टेसनरी सामान, वृद्ध आश्राममा खाद्यान्न...

राष्ट्रपति रनिङ शिल्ड इष्ट प्वाइन्ट एकेडेमीलाई

खेलकुद, समाचार, स्वास्थ्य
देबराज सुबेदी ,हेलम्बु गाउँपालिकाको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाको प्रमुख आतिथ्य तथा उपाध्यक्ष अप्सरा लम्साल लामिछानेको विशिष्ट आतिथ्यमा कार्यक्रममा भएको हेलम्बु गाउँपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । प्रतियोगितामा (१२ स्वर्ण, ११ रजत र ९ कास्य) सहित इष्ट प्वाइन्ट एकेडेमी पहिलो भयो । (७ स्वर्ण, ८ रजत र १ कास्य) सहित इचोक माध्यमिक विद्यालय, हेलम्बु ६ दोस्रो र (५ स्वर्ण, ३ रजत र ५ कास्य) सहित मेलम्चीघ्याङ माध्यमिक विद्यालय, हेलम्बु १ तेस्रो भएको हेलम्बु गाउँपालिका शिक्षा शाखाका प्रमुख धनध्वज लामाले जानकारी दिनुभयो सामाजिक विकास समितिको संयोजक छिरिङ लामा ह्योल्मोको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजुभाइ श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो भने वडा नम्बर ४ का वडाध्यक्ष बुद्धिमान तामा...

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
इनरुवा (सुनसरी), ९ मङ्सिर : देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाउनुभएको छ । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उहाँले रु ५० हजारको लागतमा तरकारीखेती गर्नुभयो । तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ । भारतमा उत्पादित तरकारी नेपाली बजारमा सस्तोमा बिक्री हुने गरेका कारण स्थानीय किसानले तरकारीको उचित मूल्य पाउन सकेका छैनन् । नेपालमा उत्पादन लागत बढी लाग्ने गरेका कारण तरकारीको मूल्य भारतीय तरकारीभन्दा महँगो पर्छ । भारतमा सस्तोमा बीउ तथा मलखाद पाउने भएकाले उत्पादन लागत कम हुँदा त्यहाँबाट आउने तरकारी सस्तोमा बिक्री हुने गरेको स्थानीय किसान गुलाबचन मेहताले बताउनुभयो । “नेपालमा मलखाद, बीउबिजनदेखि सिँचाइसम्म महँगो पर्ने भएकाले भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न सकिएको छैन”, उहाँले भन्नुभयो । इनरुवा–४ का रामदेव मेहताले दैनिकरूपमा...

बतासेमा आयोजित इम्प्याक्ट म्याराथन सम्पन्न

अन्तर्वाता, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
देबराज सुबेदी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ६ बतासेमा आयोजित इम्प्याक्ट म्याराथन सम्पन्न भएको छ ।इम्प्याक्ट म्याराथन र टार्गेट हिमालयको संयुक्त आयोजानमा भएको म्याराथनमा ३० जना विदेशी सहित ३०४ जना खेलाडीहरुको सहभागीता रहेको थियो । म्याराथनमा ४२ किलोमिटर पुरुषतर्फ लुके रोभर्ट पहिलो हुनुभयो । त्यस्तै दिपाकर शाह दोस्रो र बेन चिल्भेर्स तेस्रो हुनुभयो । महिलातर्फ ४२ किलोमिटरमा सोइ स्कोरिक पहिलो,कोमा दोस्रो र चारु तेस्रो हुनुभयो । प्रतियोगितामा २१ किलोमिटर पुरुषतर्फ सुप्रिन तामाङ पहिलो,निखिल तामाङ दोस्रो र रन सिंह तेस्रो हुनुभयो । महिलातर्फ रेचेल लमन पहिलो,जुडित व्रुनसेल्स दोस्रो र लिलिन पेलुके तेस्रो हुनुभएको टार्गेट हिमालयका अध्यक्ष सुजन तामाङले जानकारी दिनुभयो । म्याराथनको १० किलोमिटर पुरुषतर्फ सुदिप तामाङ पहिलो,रमेश तामाङ दोस्रो र सुजन तामाङ तेस्रो हुनुभयो भने पहिलातर्फ सुस्मित...

हिराहरी तेक्वान्दो डोजाङ्गको जुनियर ग्रेडिङ सम्पन्न 

खेलकुद, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
नेपाल तेक्वान्दो संघको नियमित कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङ्ग चौतारामा प्रशिक्षणरत तेक्वान्दो खेलाडीहरुको जुनियर ग्रेडिङ व्गलष्यच द्यभति एचयmयतष्यल त्भकत सम्पन्न भएको छ । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा न। ५ का अध्यक्ष शिव श्रेष्ठको प्रमुख आतिथ्यता र वडा सदस्य रामबहादुर घलेको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । सिनियर खेलाडीहरु मेनुका श्रेष्ठ , आयान श्रेष्ठ बिजय तामाङ , अनमोल कार्की , कुशल ढुंगाना रेहान श्रेष्ठ , शिभान्शु श्रेष्ठ, मिशन बागदास, प्रबेस नेपाल , राजिब ढुङ्गाना , सदिना खत्री, बिजय श्रेष्ठको उपस्थिति रहेको थियोे । ग्रेडिङमा सेतो पेटी तर्फ समृद्धि गजुरेल र मोनिका साह डबल प्रमोसन र अन्य सहभागीहरु उतिर्ण हुन भएको छ ।कार्यक्रम डोजाङ्गका संस्थापक तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले सन्चालन गर्नुभएको थियो ।...

पाठेघरको क्यान्सर रोगीको उपचारका लागि सहयोग जुटाउँदै पौडेल

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
दर्शन सुनार/लोकप्रिय समाचार दैनिक/ दोहा,कतार करिब ५ महिनादेखि भरतपुर क्यान्सर अस्पतालमा पाठेघरको क्यान्सरको उपचार गराई रहेकी जलजला गाउँपालिका वडा न ७ मिलनचोक पर्वत निवासी गङ्गा दमाईलाई कतारबाट करिब २ लाख रुपियाँ सहयोग पठाइएको छ । कतारमा रहेर सामुदायिक पत्रकारिता गरिरहेका मध्यान्ह राष्ट्रिय दैनिक पत्रिकाका संवाददाता तिलु शर्मा पौडेलको संयोजकत्व तथा पहलमा गङ्गालाई उक्त सहयोग पठाइएको हो । गङ्गाको छोरी अनिता परियारले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै सहयोगको याचना गरेपछि सहयोगका लागि मध्यान्हकर्मी पौडेल अगाडी आएका हुन् । पौडेलले सुरुमा आफैले सक्दो सहयोग गरे र आफ्नो फेसबुकमा स्ट्याटस राख्दै सहयोगका लागि अपिल गरे लगत्तै केही रकम सहयोग प्राप्त भएको बताउनु भयो । दसैँ तिहार मनाउन वार्षिक बिदामा नेपाल गएका पौडेलले बिरामीको छोरी अनितालाई पोखरामा भेटेर बिरामीको स्वास्थ्य अवस्था, आर्थिक लगायतका अ...

आयुर्वेद सेवा प्रवर्द्धनबारे पत्रकारसँग अन्तरक्रिया

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका – ५ चौतारा स्थित चौतारा होमस्टेमा सिन्धुपाल्चोक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुपाल्चोकले आयुर्वेद सेवाको प्रवर्द्धन गर्न स्थानीय स्तरका पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । बिहीबार वडा अध्यक्ष शिव श्रेष्ठको प्रमुख अतथ्यतामा र नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष जीवन श्रेष्ठको विशेष अतथ्यतामा भएको हो । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, सिन्धुपाल्चोकका प्रमुख श्रीराम पराजुलीले कार्यालयको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत कार्यक्रमबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा पराजुलीले संघ र प्रदेशमा आयुर्वेद सेवा तथा आयुर्वेद शिक्षाका बारेमा जानकारी दिनुभयो । सिन्धुपाल्चोक जिल्लामा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय अस्पतालको आफ्नै भवन नरहेकोले समस्या परेको, सवारी साधनको समस्या रहेको भवन निर्माणका लागी आवश्यक जग्...