सम्पर्क

स्वास्थ्य

कतारमा ३९ नेपालीले गरे रक्तदान

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
दर्शन सुनार शेष घलेद गैरआवासीय नेपाली संघ कतारको आयोजनामा र नेपाल रक्तदाता संघ कतारको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन् । “उत्कृष्ट मानवीय सेवाद्वारा प्रेरित रक्तदान–जीवन दान“ भन्ने नारालाई ध्यानमा राख्दै शुक्रबार बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो । खुल्ला रक्तदानका लागि ५३ जना दर्ता भए पनि ३९ जनाले रक्तदान गर्न सफल भएको र १४ जनाले रक्तदान गर्न नसकेको नेपाल रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले बताउनुभयो । कतारको हमाद अस्पतालको रक्तदान केन्द्रमा शुक्रबार आयोजित बृहत् रक्तदान कार्यक्रममा ९० जनाको उपस्थिति रहेको थियो । गैरआवासीय नेपाली संघले रक्तदान गर्ने सबै रक्तदाताहरुलाई कार्यक्रममा उपस्थित भई कदर पत्र प्रदान गरी सम्मान गरेको थियो । संघका अध्यक्ष सुनिलकुमार घिमिरेले रक्तदान जस्ता महान कार्यमा सहभागी भई कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन सहयोग गर...

त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ मा स्क्रब टाइफस संक्रमणको शङ्का

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ मा स्क्रब संक्रमणको शङ्का लागेपछि स्वास्थ्य कर्मी हरु खटिएका छन् । वडाको फापर चौर तथा सल्ले क्षेत्रमा स्क्रब टाइफस संक्रमणको प्रभाव देखिएपछि गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले तत्काल उक्त क्षेत्रमा स्वास्थ्य कर्मी हरु अपचालन गर्नुभएको थियो । स्वास्थ्य शाखा प्रमुख चन्द नारायण साह सहितको प्राविधिक टोलीद्वारा उक्त प्रभावित क्षेत्रका ५८ जनामा ल्याव परीक्षण गर्दा १२ जनामा २१ओं प्रतिशत संक्रमण देखा परेको पाइएको छ । उक्त टोलीमा डाक्टर उज्वल कर्ण, जनस्वास्थ्य निरीक्षक मनराज परियार, ल्याव टेक्निसियन निर्मल धमला, अ.न.मी. आस्था श्रेष्ठ, नानी माया थामीको सक्रियतामा रोग परीक्षण तथा निदान एवं बच्ने उपायसहितको जनचेतनामूलक कार्यक्रम संचालन भएको थियो र खास गरी ,.मुसामा लाग्ने किराना जस्तो देखिने किराको टोकाइबाट स्की टाइफस मानिसमा सर्छ । यो रोग ...

एकादशी र औँसीमा पशुपक्षी बध गर्न नपाइने

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
रामपुर (पाल्पा), २८ भदौः पाल्पाको रामपुर नगरपालिकाभित्र औँसी र एकादशीका दिन पशुपक्षी बध गर्न नपाइने भएको छ । धार्मिक आस्था, परम्परा तथा स्वास्थ्यका लागि उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।नगरपालिकाले एक सूचना जारी गर्दै धार्मिक सहिष्णुता र सद्भाव कायम राखी धार्मिक आस्थामा असर नपुर्‍याउने उद्देश्यसहित औँसी र एकादशीका दिन पशुपक्षी बध नगर्न अनुरोध गरेको छ ।“औँसी र एकादशीका दिनमा पशुपक्षी बध नगर्दा धार्मिक सहिष्णुता र सद्भाव पनि कायम हुने, धार्मिक आस्थामा कुनै असर नपर्ने र स्वास्थ्यको हिसाबले पनि फाइदाजनक हुने भएकाले उक्त दिनमा पशुपक्षी बध नगर्न/नगराउन यो सूचना प्रकाशन गरिएको छ”, सूचनामा भनिएको छ ।नगर प्रमुख रमणबहादुर थापाले एकादशी र औँसीको दिन धार्मिक साँस्कृतिक परम्परा अनुसार पशुपक्षी बध गर्न नहुने भएकाले सोही धार्मिक मान्यतालाई निरन्तरता दिनका लागि सो दिन बध नगर्न नगरवासीलाई आग्रह गरि...

दक्षिणकालीको टाटेसिमी र अकबरे खुर्सानी कतारमा

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
–रूपेश आचार्य काठमाडौं ।  उपत्यकाको कम बजेट भएको र उद्योग धन्दा समेत खासै नभएको नगरपालिकामा गनिने दक्षिणकाली नगरपालिका खाडी राष्ट्र कतारमा तरकारी निर्यात गर्ने पहिलो नगरपालिका बन्न पुगेको छ । स्थानीय किसान प्रकाश बलामीका अनुसार बिहीबार २० जना किसानको रैथाने कृषि उपज टाटेसिमी कुल सात सय किलोग्राम र अकबरे खुर्सानी कतारतर्फ पठाइएको छ ।‘यसरी बाहिर पठाउँदा स्थानीय बजारमा पठाएभन्दा बढी मेहनत र खर्च लागे पनि राम्रो भाउ पाइन्छ’, किसान बलामीको भनाइ छ । नगरपालिकाको वडा नं ९ स्थित आफ्नै १३ रोपनी र भाडामा लिएको सात रोपनी गरी २० रोपनी जमिनमा कृषिकर्म गरिरहेका बलामीले जग्गाको अधिकांश भागमा टाटेसिमी नै लगाएका छन् ।‘गाईवस्तुको मल हाल्दा धेरै र लामो समयसम्म फल्दोरहेछ’, बलामीको अनुभव छ । साउनबाट फल्न सुरु गर्ने टाटेसिमी कडा तुषारोले नभेटेमा माघसम्म नै फलिरहने उनको भनाइ छ । कृषिमा निर्यात गर्दै आएका संस्थाह...

स्वास्थ्य सेवामा त्रिपुरासुन्दरीको पिस्कर उत्कृष्ट

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाँउपालिका पिस्कर स्वास्थ्य चौकी उत्कृष्ट भएको छ । गाँउपालिकाको आ.व.२०८०÷०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमको पालिका स्तरिय वार्षिक समिक्षा गोष्ठीमा उक्त कुराको जानकारी गराइएको हो । गाँउ पालिका अध्यक्ष भक्त ध्वज बोहरा को अध्यक्षतामा भएको उक्त गोष्टीमा पिस्कर स्वास्थ्य चौकी उत्कृष्ट भएको जानकारी गराइएको थियो भने दोस्रो घोर्थली स्वास्थ्य चौकी र तेस्रो टेकनपुर स्वास्थ्य चौकी भएको जानकारी गराइएको हो । स्वास्थ्य संयोजक चन्द्र नारायण शाहले अनुसार पालिकामा रहेका स्वास्थ्य कार्यलयहरु मध्यकाहरुले गरेका कामहरुको मुल्याङ्कन गर्दै कार्य सम्पादनका आधारमा उत्कृष्ट घोषीत गरिएको जानकारी दिनु भयो । कार्यक्रममा अध्यक्षता गरिरहनु भएका पालिकाका अध्यक्ष भक्त ध्वज बोहोराले यो पटक पिस्कर उत्कृष्ट भयो अर्काे पटक अर्कै पनी उत्कृष्ट हुन सक्छ भन्नु भयो । उँहाले पालिकाको निती न...

जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सन्तोष सिग्देल ,ईन्द्रावती गाउँपालिकमा जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न भएकोे छ । गाँउपालिकाले जेष्ठ नागरीकहरुको लागि घरघरमै स्वास्थ्य सेवा प्रदान गरीरहेको छ । स्वास्थ्यकर्मीले घरमै आएर स्वास्थ्यजाँच गराउन थालेपछि स्थानिय खुसी भएका छन् । स्वास्थ्यकर्मीले घरमै आएर उच्च रक्तचाप, सुगर, दम लगायत रोग जाँच गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराईरहेका छन् । गाउँपालिकाले ६० वर्ष पुगेका जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम कार्यक्रम समावेश गरी पालिकाका १२ वटै वडामा उपचारात्मक कार्यक्रम सञ्चालन गरेको छ । महिनाको एक पटक अर्थात हरेक महीनाको २१ गतेदेखी २५ गतेसम्म ज्येष्ठ नागरिकको घर घरमा नै पुगेर स्वास्थ्य परीक्षण गर्ने तथा औषधी वितरण गर्ने गरीएको छ । स्वास्थ्यकर्मीले घरघरमै स्वास्थ्य परीक्षणका गर्ने क्रममा उनीहरुको मासिक स्वास्थ्य र अवस्थाबारे अभिलेख राखिनुका साथै आवश्यक परामर...

आलेखः त्यो पहिलो महिनावारी…

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, २५ भदौः “ह्या उता जा ! जहिले खुट्टा चढाउँछे ।” निदैनिदमा दिदीले गाली गर्दै खुट्टा फ्याली दिनुभयो । मलाई सम्झना छ, त्यो रात सेतो सुरुवाल र निलो कुर्था लगाएकी थिएँ । सधँै झैँ खुट्टा चढाउने बानीले दिदीसँग सुत्दा गाली नखाएको दिन हुन्थेन । अटेरी थिएँ । फेरि दिदीतिरै खुट्टा फ्याँलँे । बालापनको मज्जा नै बेग्लै जति जे गरे पनि माफी पाइन्थ्यो । कान्छी छोरी भएकीले दिदीलाई अलि बढी दुःख दिन्थे । अटेर गरी दिदीतिर फेरि खुट्टा चढाउन खोजँे । तर खुट्टा होइन, कम्मर पो करक्कै खायो । खासै वास्ता गरिनँ । अर्कोतिर कोल्टे फेर्न खोजँे । उल्टै तल्लो पेट चस्कियो । दिदीको हात निदैनिदमा दुखिरहेको पेटमा पु¥याएर कानमा फुसफुसाएँ, “दिदी सारै पेट दुख्यो !” उहाँ हत्तपत्त जुरुक्क उठ्नुभयो । मानौँ कुनै गहिरो सपना देख्दादेख्दै ब्युझिनु भए जस्तै झल्याँस्स हुनुभयो । दिदीले मेरो कुर्था माथि सारेर सुरुवालको पछाडितिर आँखा...

केही स्थानमा भारी वर्षाको सम्भावना

जिबनशैली, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, २२ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागको अनुमान छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा र बाँकी ...

चाडपर्व नजिकिएसँगै कृषिउपज बजारमा चहलपहल बढ्यो

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, स्वास्थ्य
धरान (सुनसरी), २२ भदौ : चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोका किनबेच बढ्न थालेको छ । साताको बिहीबार र शुक्रबार दुई दिन खसी र बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीणक्षेत्रदेखि पहाडी भेगबाट व्यापारीले खसीबोका बिक्रीका लागि धरान ल्याउने गरेका छन् । धनकुटाबाट खसीबोका बिक्री गर्न धरान आउनुभएका ललित लिम्बूले विगत २५ वर्षदेखि खसीबोका पशुपालन व्यावसाय गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “धरानको कृषि बजारमा खसीबोका बिक्रीका लागि प्रत्येक हप्ता आउने गरेको छु । बिहीबार २० खसीबोका ल्याएर धरान आएको थिए, अब दुईवटा मात्र बिक्री गर्न बाँकी छन्”, लिम्बूले भन्नुभयो, “खसीबोका रु पाँच हजारदेखि रु २५ हजारसम्ममा बिक्री गरिरहेको छु ।” लिम्बूले खसीबोका बिक्री गर्न विराटनगर, दुहवी, इनरुवा, इटहरी, तरहरासम्म लैजाने गर्नुभएको छ । “व्यापारको टुङ्गो हँुदै...

तीज पर्वले देशलाई एकतामा डोहो¥याएको छः मोहन बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
महिलाहरुको महान चाड तीज पर्वले देशलाई एकताको बाटोमा डोहो¥याउदै एक आपसमा मेलमिलाप अनि देशको मौलिक संस्कार र संस्कृति संरक्षण र अनुशासित जीबनमा तीज पर्वले ठुलो सहयोग पुयाएको पुर्बमन्त्री माननीय मोहन बहादुर बस्नेतले बताउँनु भएको छ ।उहाँले बाह्रबिसे नगरपालिकामा आयोजित तीज बिशेष शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो । बाह्रबिसे नगरपालिकाद्धारा आयोजित उक्त कार्यक्रममा बस्नेतले खाना खानैका लागि तीज होइन रहेछ, यो त तामाङ शेर्पा लगाएत विभिन्न थरका मानिस र हिन्दु, बुद्ध, क्रिश्चियन, लगाएतका सबै धर्मका मानिसहरुले अघिपछी अरु पोशाकमा सजिएको भएता पनि तिजमा रातोसारी चोलोमा सजेको देख्दा यो चाडले मेलमिलाप एक आपसमा सद्भाव अनि दुखसुखका कुराहरु साटासाट गर्ने चाडको रुपमा आफुले पाएको बताउँनु भयो ।हजारौको उपस्थितीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले यो पर्बले सिङ्गो राष्ट्रला...