देबराज सुबेदी
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ६ बतासेमा आयोजित इम्प्याक्ट म्याराथन सम्पन्न भएको छ ।इम्प्याक्ट म्याराथन र टार्गेट हिमालयको संयुक्त आयोजानमा भएको म्याराथनमा ३० जना विदेशी सहित ३०४ जना खेलाडीहरुको सहभागीता रहेको थियो । म्याराथनमा ४२ किलोमिटर पुरुषतर्फ लुके रोभर्ट पहिलो हुनुभयो । त्यस्तै दिपाकर शाह दोस्रो र बेन चिल्भेर्स तेस्रो हुनुभयो । महिलातर्फ ४२ किलोमिटरमा सोइ स्कोरिक पहिलो,कोमा दोस्रो र चारु तेस्रो हुनुभयो । प्रतियोगितामा २१ किलोमिटर पुरुषतर्फ सुप्रिन तामाङ पहिलो,निखिल तामाङ दोस्रो र रन सिंह तेस्रो हुनुभयो । महिलातर्फ रेचेल लमन पहिलो,जुडित व्रुनसेल्स दोस्रो र लिलिन पेलुके तेस्रो हुनुभएको टार्गेट हिमालयका अध्यक्ष सुजन तामाङले जानकारी दिनुभयो । म्याराथनको १० किलोमिटर पुरुषतर्फ सुदिप तामाङ पहिलो,रमेश तामाङ दोस्रो र सुजन तामाङ तेस्रो हुनुभयो भने पहिलातर्फ सुस्मिता तामाङ पहिलो,पासाङ तामाङ दोस्रो र गंगा तामाङ तेस्रो भएको आयोजकले जनाएको छ ।म्याराथनमा सहभागी खेलाडी गंगा तामाङले स्वदेशी तथा विदेशी अन्य अनुभवी खेलाडीहरुसँग दौडिन पाएको खुशि व्यक्त गर्नुभयो । उहाँले यसभन्दा अघिपनि सहभागी हुनेगरेको स्मरण गर्दै यस म्याराथनले थप अनुभव बटुल्न पाएको बताउनुभयो । त्यस्तै काठमाडौं बाट सहभागी मनिसजंग थापाले पनि सहभागी हुन पाउँदा खुशी लागेको बताउनुभयो ।स्वास्थ्य र पर्यटनका लागी दौड भन्ने नारा सहित आयोजना गरिएको म्याराथन मेलम्ची नगरपालिका वडा नम्बर ६ र आसपास रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने र म्याराथनमा स्थानियलाई समेत सहभागीता गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको टार्गेट हिमालयका अध्यक्ष तामाङले जानकारी दिनुभयो । मेलम्ची नगरपालिकाको धौले,थानकुनेभञ्ज्याङ लगायत पर्यटकीय स्थलहरुको परिक्रमा गर्दै म्याराथन गराइएको थियो । तिन समहुमा विभाजन गरिएको म्याराथनमा स्थानिय युवा विद्यार्थीहरुको लागी १० किलोमिटर,स्थानिय युवा तथा स्वदेशि एवम् विदेशी खेलाडीहरुको लागी २१ किलोमिटर र अन्य खेलाडीहरुले ४२ किलोमिटरको दौडिएका थिए । सहभागी खेलाडीहरुलाई पूर्व मन्त्री एवम् संघिय सांसद मोहनबहादुर बस्नेत,बागमती प्रदेशका सांसद कृण्णकुमार तामाङ (समीर) लगायतले प्रमाणपत्र प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।