डुडुवाको सार्बजनिक सुनुवाई सम्पन्न
माधब कार्की,नेपालगञ्ज डुडुवा गाँउपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा आज गाउँपालिकाको सभाहलमा आयोजित सार्बजनिक सुनुवाई कार्यक्रमबाट ५ बुद्धे साझा सार्बजनिक प्रतिबद्धता जाहेर गरिएको छ ।जाहेर गरिएका साझा सार्बजनिक प्रतिबद्धताहरुमा, वडा नम्बर ५ को बाटो अधुरो रहेकाले सो बाटो आगामी आर्थिक बर्षमा निर्माण गर्ने, आवागमनका लागि बाटो सहज बनाउन ग्राभेल खसाउने, डुडुवा गाँउपालिका वडा नम्बर ६ हिरमिनियाको मुनासिपुरको सडकमा आगामी आर्थिक बर्षमा ग्राभेल गर्ने, पालिका सँग सम्बन्धित सार्बजनिक सुचना प्रक्रियागत रुपमा माग भएमा आम नागरिकलाई सुचना उपलब्ध गराउने, गाँउपालिकाको सेवा सुबिधा र बिकास निर्माणको गुणस्तरियता थप अभिबृद्धि गर्ने, बिगतमा पालिकामा भएको आगजनीका बिषयमा छानबिन गर्ने लगायतका रहेका छन् ।
२५० बढि सहभागीहरुको उपस्थिति रहेको उक्त सार्बजनिक सुनुवाईको खुल्ला छलफलमा सुकुम्बासी समस्याको बारेमा, पाल...









