पत्रकार महासंघ आबद्ध सबै पत्रकारको स्वास्थ्य बिमा सरकारले गरिदिने
सगुन बस्नेत,बागमती प्रदेस सरकारले बागमती प्रदेशका १३ जिल्लाका पत्रकार महासंघ आबद्ध सबै पत्रकारको आर्थिक वर्ष २०८२÷८३ मा स्वास्थ बिमा गरि दिने भएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष, कृष्णसारु मगरका अनुसार महासघंको माग अनुसार प्रदेस सरकारले यो निर्णय गरेको हो । उँहाले हाम्रो प्रस्तावलाई सहर्ष स्वीकार्दै पत्रकार स्वास्थ बिमाको लागि बजेट बिनियोजन गरिदिनुभएकोमा बागमती प्रदेश सरकारका स्वस्थ्य मन्त्री किरण थापा मगरलाई हार्दिक धन्यवाद दिनु भयो । उँहाले मुख्यमन्त्री बहादुरसिं लामाले बागमती प्रदेशमा हालसम्मकै सञ्चार क्षेत्रको लागि अनुदार बजेट ल्याएर रेकर्ड कायम गर्नुभएको बताउँनु भयो । मुख्यमन्त्री कार्यालय र सञ्चार हेर्ने मन्त्रालले सञ्चार क्षेत्रका हाम्रा धेरै विषयहरू नसमेटेपनि विभिन्न मन्त्रालयले हाम्रो प्रस्तावहरूलाई सम्बोधन गरेको जानकारी दिनु भयो । उँहाले सामाजीक सञ्जाल मार्फत सरका...






