सम्पर्क

स्वास्थ्य

देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव

कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १३कात्तिकः हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशमा पश्चिमी वायुको सक्रिय प्रभाव छ भने अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” को आंशिक प्रभाव परेको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागमा आज दिउँसो अधिकांश समय बादल लाग्ने छ भने तराईका भू–भागमा सामान्य बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने विभागको पूर्वानुमान छ । महाशाखााले देशका उच्च पहाडी तथा हिमाली ...

मेलम्चीका आगलागी पीडितलाई सहयोग रकम हस्तान्तरण यहि

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
कात्तिक ५ गते मेलम्ची बजारमा भएको आगलागीबाट पूर्णरूपमा क्षति पुगेका अधिकारी फेन्सी स्टोर तथा सङ्गै रहेको धनलक्ष्मी ज्वेलर्स का पीडित व्यवसायीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ। मेलम्ची नगर उद्योग वाणिज्य संघको आव्हानमा आज दिउँसो सम्म आठ लाख चौँतिस हजार एक सय एकाउन्न रुपैयाँ संकलन भएको संघले जनाएको छ। उक्त रकममध्ये चास हजार रुपैयाँ धनलक्ष्मी ज्वेलर्स का प्रोप्राइटर रोशन सुनारलाई र बाँकी सात लाख चौरासी हजार एक सय एकाउन्न रुपैयाँ अधिकारी फेन्सी स्टोर का प्रोप्राइटर दिनेश अधिकारीलाई हस्तान्तरण गरिएको संघका महासचिव तारा बानिँयाले जानकारी दिनुभयो ।कार्यक्रममा मेलम्ची नगर उद्योग बाणिज्य संघका अध्यक्ष पुष्करप्रसाद धिताल, लगायत पदाधिकारी , सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका उपाध्यक्ष प्रकाश दाहाल लगायतको उपस्थिति रहेको थियो । ...

छठको दोस्रो दिन आज ‘खरना’

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार, साहित्य, स्वास्थ्य
महोत्तरी, ९ कात्तिक : छठपर्वको दोस्रो दिन बर्तालु ‘खरना’ विधिका तयारीमा गर्दैछन् । शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् । बर्तालुले सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूलदेवता र छठी देवीलाई चढाउने यहाँ परम्परा रही आएको छ । दिनभरिको निराहार उपवास गरेका बर्तालुले कूलदेवता र छठी देवीलाई चढाएको खिर प्रसादस्वरुप खाने चलन छ । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । मधेसको महोत्तरीसहितका विभिन्न जिल्लामा छठ लोकआस्थाको महापर्व मानिँदै आइएको छ । छठ महापर्वको पहिलो दिन अर्थात् कात्तिक शुक्ल चौथीका दिन बर्तालुले आत्मशुद्धिका लागि उसिना चामल, लसुन÷प्याज, कोदो, मुसुरोसहितका धार्मिक अनुष्ठानमा अशुद्ध मानिने खाद्यपरिकार खादैनन् । मैथिली बोलीचालीमा अर्बा (नउस...

कात्तिक १९ गतेदेखि उग्रतारा मेला

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
अमरगढी (डडेलधुरा), ८ कात्तिक : सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मनाइने उग्रतारा मेला (देहिजाँत) यही कात्तिक १९ गते सुरु हुने भएको छ । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र दोस्रो दिन मेला लाग्छ । राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ । सोहीअनुसार कात्तिक १८ गते रतेडी र कात्तिक १९ गते बुधवारका दिन दिउसेडी लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ । छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुन्छ । डडेलधुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पूजा–आराधना गर्न पुग्छन् । देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्च...

मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
महेन्द्रनगर (धनुषा), ८ कात्तिक : मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ । मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ । यहाँ रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ । गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतजस्तै यो वर्षपछि गङ्गासागरको आधा भागमा सजावटको काम गरिरहेको बताउनुभयो । उहाँले घाटको सरसफाइ, सजावटदेखि घाटमा विगतभन्दा पनि राम्रो व्यवस्था गरिरहेको भन्नुभयो । गुप्ताले यो वर्ष प्रतिअघ्र्य रु ६०० निर्धारण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सबैले दिँदैनन् । नदिनेले पनि यहाँ अघ्र्य राख्छन् । प्रत्येक वर्ष रु ३००÷३५० पुर्जा काट्ने गरेको छ । श्रद्धालु भक्तजनहरूबाट आएको रुपैयाँले यसको व्यवस्थापनमा लाग्ने खर्च निस्किहाल्छ ।” गङ्गासागरको घाटमा अहिले पण्डाल लगाउने काम अ...

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

#, कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, ७ कात्तिक: ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन गर्दै अभियान्ताहरुले देशभरको जेनजीलाई एकताबद्ध बनाउन सरकारले नै पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले सरकार जेनजी आन्दोलनको भावनाअनुसार अघि बढ्न नसकेको, सम्पूर्ण जेनजी युवालाई एकताबद्ध बनाउनुको सट्टा बेग्लाबेग्लै समूहमा विभाजित गर्न भूमिका खेलेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँहरुले जेनजी युवालाई एकताबद्ध गराउन सरकारले तत्काल ७७ वटै जिल्लामा ‘जेनजी सम्मेलन’ आयोजना गर्नुपर्ने धारणा राख्नुभएको थियो । जेनजी आन्दोलनको घाइते मदन कार्कीले सरकारले आफूहरुको माग सुनुवाइ नगरी निर्वाचनमा सहभागी हुन दबाब दिएको जनाउँदै माग पूरा गराउन सम्पूर्ण जेनजी एक हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । “जेनजी युवा सडकमा ...

आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
काठमाडौँ, ५ कात्तिकः नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराउनुभएको थियो । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरको भनाइ छ । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक सम्वत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्वत् हो”, उहाँले भन्नुभयो । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल सम्वत्लाई नयाँ वर्षका रुपमा काठ...

तिहारको पाँचौ दिन गाई पूजा गरिँदै

Uncategorized, अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, ५ कात्तिकः कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपापले राससलाई जानकारी...

सिन्धुपाल्चोकमा राती ९ः३० सम्म मात्र देउसी खेल्न पाइने

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार, साहित्य, स्वास्थ्य
दिपावलीको अबशरमा खेलीने देउसी भैलो सिन्धुपाल्चोक जिल्लामा राती ९ः३०बजे सम्म मात्र खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले एक सुचना प्रकाशीत गरी यस्तो जनाएको हो । प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जारी गर्नु भएको सन्देशमा नेपालीहरुको महान चाड तिहार (शुभ–दीपावली), नेपाल सम्वत् ११४६ तथा छठ पर्वको उपलक्ष्यमा समस्त जिल्लावासीहरुमा सुख, शान्ती, समृद्धि, सु–स्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दैयस चाडलाई अनुशासित र मर्यादित बनाउन समस्त जिल्लावासीहरुमा हार्दिक अनुरोध गर्नु भएको छ । जिल्ला प्रशासन कार्यलले आतसवाजी, पटाका, भूइचम्पा लगायतका हानिकारक विस्फोटक वस्तु तथा पदार्थहरु खरीद विक्री, ओसारपसार तथा प्रयोग नगर्न, देउसी भैलो जस्ता सांस्कृतिक कार्यक्रमहरु गर्दा मर्यादित, अनुशासि एवं व्यवस्थित ढंगले राती ०९ः३० बजेसम्म मात्र संचालन गर्न।...

देउसी भैलोमार्फत मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
ढोरपाटन (बागलुङ), ४ कात्तिकः बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका छन् । पछिल्लो समय विभिन्न चाडपर्वमा नाचिने नाच र गीत लोप हुँदै गएपछि विद्यार्थी संरक्षणमा जुटेका हुन् । तिहारमा खेलिने देउसी भैलोसमेत हिन्दी, अङ्ग्रेजी गीतलाई खेल्न थालेपछि मौलिकता हराउँदै गएको भन्दै मौलिकता संरक्षणका लागि यहाँका विद्यार्थीले पहल थालेका हुन् । बागलुङ बजारको चोकचोक र मुख्य सडकमा देउसीभैलो खेल्ने समूहले मौलिकतालाई खास्सै चासो दिएको छैन । हिन्दी, अङ्ग्रेजी र र्‍याप गीत समावेश गरेर नृत्य प्रस्तुत गर्ने गरेका छन् । मगर विद्यार्थीले हिन्दी, अङ्ग्रेजी गीतलाई स्थान दिएका छैनन् । उनीहरूले परापूर्वककालदेखि बागलुङमा प्रचलित मारुनी, सोरठी, कौरालगायत गीत र नाचलाई प्राथमिकता दिएका छन् । स–साना बालबालिकादेखि युवायुवतीले पुरानो भागा गाउँदै मगर वेषभूषामा नृत्य प्रदर्शन गर्दा बागलुङ बजारवासीको बढी ध्या...