सम्पर्क

सबैनागरिकले सच्चा सत्कर्म गरेको खण्डमा देस छिटै बिकसित हुन्छ ः गृहसचिब दङ्गाल

सबै नागरिकले सच्चा सत्कर्म गरेको खण्डमा देस छिटै बिकसित हुने र देसमा कुनै पनी असान्ती नहुने गृह सचिब रामेश्वर दङ्गालले बताउँनु भएको छ । उँहाले आफ्नो जन्म दिनमा केक काट्ने अनाबश्यक फजुल खर्च गर्ने कार्य गर्नु भन्दा धर्तीमा जन्मेको दिन धर्तीमा बिरुवा रोपेर मनाउँने अभियानलाइ धन्यबाद दिदै राष्ट निर्माणका लागी यसको ठुलो योगदान हुने बताउँनु भयो । उँहाले राज्यलाइ आफुले के सहयोग गरेको छु भनेर मुल्याङ्कन गर्न सक्न पर्ने बताउँदै खरानीबाट उठेको नेपाललाइ समृद्ध बनाउँन केही समय लागे पनी समाजमा यस्तै सकारत्मक सोच भएका नागरिक भयो भने छिटै नेपाल माथी उठ्ने बताउँनु भयो । गृह सचिब दङ्गालले नागरिक आफैबाट म राम्रो छु मैले राम्रो काम गरेको छु भनेर बिश्वस्त हुन सक्न पर्यो त्यसका लागी काम पनी राम्रो गर्न पर्यो भन्नु हुँदै राम्रा काम गर्ने मानीसलाइ बेलुका सम्झदा पनी आनन्द आउँने र निन्द्रा पनी राम्रो लाग्ने नराम्रा काम गर्ने मानीसले बेलुका सुत्ने बेलामा दिन भरीको काम सम्झदा नराम्रा काम भयो भने निन्द्रा पनी नलाग्ने बताउँनु हुँदै सबैले राम्रा काम गरेर देसलाइ चिनाउँन पर्ने बताउँनु भयो । जन्मदिनलाई सत्कर्ममा जोडौ अभियान अन्तर्गतको बृक्ष रोपण कार्यक्रममा जोडिएर पशुपतिनाथको भण्डारखालमा रुद्राक्षको बृक्ष रोपेर जन्मदिन मनाउने क्रममा गृह सचिब दङ्गालले कपुरको बृक्ष रोपेर अभियानलाई एक्यवद्धता जनाउदै आज जन्मदिन पर्ने प्रमोद चौधरीलाई जन्मोत्सवको शुभकामना दिदै समाजमा यस्ता अनुकरणीय काम हुन सके देश समृद्ध हुन समय लाग्दैन भन्नु भयो । रौतहटबाट पहिलोपटक सुरुवात यो अभियानमा सबैलाई जोडिन गृह सचिब दङ्गालले आग्रह समेत गर्नुभएको छ। कार्यक्रममा राष्ट्रिय चर्चित गायक थानेश्वर गौतम ,नवीन कार्की गितकार प्रभा बर्तौला,नेपाल समाचारपत्रका प्रधान सम्पादक सागर पण्डित ,वरिष्ठ समाजसेवी लक्ष्मिनारायण चौधरी राष्ट्रसेवक कर्मचारी सिन्धुपाल्चोक जिल्लाका अभियानका जिल्ला संयोजक नेत्रबहादुर बस्नेत ,जेनजी युवा प्रतिनिधि लगायतका उच्च ब्याक्तित्वकाउपस्थिति रहेको कार्यक्रममा उपस्थितीलाइ धन्यबाद दिनुहुँदै अभियानका संयोजक गोबन्दि चौलागाइले तराइका सितलहरमा जिबन बितार्एकाहरुलाइ अभियाजनको तर्फबाट कम्मल समेत बितरण गरिन लागेको बताउँनु भयो । कार्यक्रममा नेपाल समाचारपत्रका प्रधान सम्पादक सागर पण्डितलगाएतले सुभकामना मन्तबय राख्नु भएको थियो भने गायक थानेश्वर गौतमले आफ्नो लोकप्रिय गितको गायन प्रस्तुत गर्दै आजको जन्मदिनलाई सत्कर्ममा जोडौ अभियान अन्तर्गतको बृक्ष रोपण कार्यक्रमलाई थप रोचक बनाउनु भएको थियो।