एमाले माओबादी बिच झडप देषी माथी कार्बहीको माग
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार शुक्रबार निर्बचन प्रसार प्रचारका क्रममा झडप भएको जनाइएको छ । इन्द्रावती गाँउपालीका –१० झोलुङ्गे माझी बस्तीमा झडप भएको नेकपा माओवादी केन्द्र को इन्द्रावती गाउँपालिका कमिटीले निकालेको विज्ञप्तिमा जनाइएको छ ।बिज्ञेप्तीमा झडपमा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार विनोद आचार्यसहित केही घाइते भएका जनाइएको छ । नेकपा (माओवादी केन्द्र), इन्द्रावती गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्षका उम्मेदवार बिनोद आचार्य, अन्य सदस्यहरु र कार्यकताहरु माथि भौतिक आक्रमण भएको नेकपा (माओवादी केन्द्र), इन्द्रावती गाउँपालिका द्वारा जारि गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।झडप हुँदा माओवादि कर्याकर्ता राजु दङ्गालको टाउकोमा गहिरो चोट लागेको र उपचारको लागि काठमाडौ ...
