सम्पर्क

#

आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्छ: नेता कोइराला

#, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
काठमाडौँ, १० कात्तिकः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३२ ले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले आगामी निर्वाचनमा सबै दलले एक्लै प्रतिस्पर्धा गर्ने घोषणा गरेकाले आफ्नो पार्टी पनि कुनै दलसँग तालमेल नगरी चुनावमा जान सक्षम छ भन्नुभयो । निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न आजैदेखि तयारी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन हुने बताउँदै राजनीतिक स्थायित्वका निम्ति दुई दलीय सरकार बनेको स्पष्ट गर्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीलाई एकताबद्ध नबनाएसम्म एक्लै निर्वाचनमा स्पर्धा गर्न कठिन हुने विचार व्यक्त गर्नुभयो । विगतका निर्वाचनबाट पार्टी...

चौथो संस्करणको मालिकादेवी कप मेलचौरमा १५५५५५ को तैयारी

#, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ७ मेलचौरमा १५५५५५ को राषी पुरस्कार भएको खेलको तैयारी अन्तिम चरणमा पुगेको छ । मेलचौर युवा जागरण समाजको अयोजनामा हुने चौथो संस्करणको मालिका देवी कप खुला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगितामा विजेतालाई एक लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र दिने गरी सुरु हुन लागेको फुटबल प्रतियोगिताको तैयारी अन्तिम चरणमा पुगेको छ । मेलचौर युवा जागरण समाजको अयोजनामा हुने चौथो संस्करणको मालिका देवीकप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको लागि कार्तिक ३ गतेसम्म टिम दर्ता गरिने छ भने ५ गते उद्घाटन सहित खेल सुरु हुने कार्यक्रम रहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. ७ मेलचौर खेल मैदानमा हुने प्रतियोगिताको लागि तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिनुभयो । प्रतियो...

विचार: मिथिलाञ्चलको विजयादशमी ‘मातृशक्तिको उपासना’

#, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २५ असोज (रासस): प्राचीन मिथिलाको राजधानी जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्र धार्मिक तथा सांस्कृतिक रूपले पञ्चदेवोपासकहरूको भूमि हो । शास्त्रमा ब्रह्मा, विष्णु, महेश, गणेश र सूर्यलाई पञ्चदेव भनिएको छ तर मिथिलाञ्चलमा ब्रह्मालाई नभई भगवतीको पूजा गर्ने चलन छ । अतः विष्णु, महेश, गणेश, सूर्य र भगवती मिथिलाञ्चलका पञ्चदेवता हुन् । यहाँ एउटै व्यक्ति शिवपूजकका रुपमा निधारमा भष्म त्रिपुण्ड लगाउँछन् र शक्तिको प्रतीक रातो टीका लगाएर शाक्तका रुपमा पनि प्रस्तुत हुन्छन् । सीता जन्मभूमि जनकपुरधाममा सीतालाई चेलीबेटीका रूपमा माया गर्ने चलन छ । मिथिलाञ्चलवासी उमेरअनुसार सीतालाई छोरी, दिदी, बहिनी, फुवा आदि मातृ रुपमा माया र स्नेह गर्छन् । माइत आएकी चेलीलाई बेटीजस्तै आदर सत्कार गर्छन् । विजयादशमीमा पूजा गरिने दुर्गा, काली आदि सीताकै भिन्न रूप भएको मान्यता छ । अतः मिथिलावासी देवीका विभिन्न स्वरू...

लार्चा र लिपिङ खोलामा बेली ब्रिच निर्माण हुने बस्नेतलाइ शेर्पाको धन्यबाद

#, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बहादुर बस्नेतको आग्रह अनुसार चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा छिट्टै बेली ब्रिच निर्माण हुने भएको छ।हालैको बाढीबाट क्षति भएको भौतिक पूर्वाधारको निरीक्षण गर्न मंगलबार सिन्धुपाल्चोक आउनु भएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिनुभएको हो। उहाँले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको बताउनुभयो।“सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो ।” उहाँले भन्नुभयो। सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन संघीय सरकारका तीन मन्त्री मंगलबार सदरमुकाम चौतारा पुग्नुभएको थियो । गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथ...

स्थलगत ‘रिपोर्ट’: बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत

#, ब्रेकिङ न्युज १, समाचार
पाटन (ललितपुर), १७ असोजः ललितपुरको लगनखेलबाट सडकयात्रा तय गर्दा करिब ४२ किलोमिटर दूरीमा पर्छ आश्राङ । बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फलिरहेको धान देख्न पाइन्थ्यो । घ्याम्पे दहबाट घट्टेखोलासम्मको सुन्दर फाँटमा पाकेको धानले पहेँलपुर भएको दृश्य स्थानीय हरिप्रसाद घिमिरेका सम्झनामा मात्रै छ । “लहलह झुलेर मनमोहक देखिएका धान भित्र्याउने बेला भइरहेको थियो, बिहीबार रातिदेखि परेको पानीपछि उर्लिएर आएको बागमतीले त्यो सबै सखाप ग¥यो । सात मुरी धान फल्ने सबै खेत खाइदियो, सबै खेत बगर बनाइदियो”, उहाँ भन्नुहुन्छ । दसैँअघि थन्क्याइसक्ने तयारी गरिएको धान बालीसहित उब्जाउ हुने खेत बगरमा परिणत भएपछि आश्रङका किसान निराश छन् । यहाँको फाँटमा करिब १५ सय रोपनीजति खेत थियो भन्नुहुन्छ, वडाध्यक्ष नारायण भोम्जन । “धानसहित खेत लगिहाल्यो, सबैतिर बाटो बन्द छ, बिरामी हुँदा अस्पताल लै...

नेत्रज्योतीसहकारीले बिद्यालय दिवा खाजाका लागी आँफै खेतीगर्ने

#, कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका कार्य क्षेत्र रहेको नेत्रज्योती कृषी सहकारी सस्थाले आगामी बर्ष बिद्यालय लिवाखाजका लागी आबश्यक पर्ने सामाग्रीको उत्पादन आफै गर्ने भएको छ । चौतारा सगाँचोकगढी नगरािलिका वडा नं १४को कृषकहरुलाइ तरकारी उत्पादन तथा बजारी करण सम्बन्धी अभिमुखीकरण कार्यक्रम अन्तरगा खेती योग्य जमीन बाँझौ नराखौ,उत्पादन बढाऔ आत्मा निर्भर बनौ ,,भन्ने मुल नारा का साथ कृषी समुह , कृषक जन प्रतिनिधी र बित्तीय सस्था हरु बिचको बृहत अन्तर क्रिया कार्यक्रम गरेर सहकारी सस्थाले यो कार्यक्रम ल्याउँन लागेको हो । चौतारा साँगाचोकगढी नगरपालिकन १४का वडा अध्यक्ष उद्धब नेपालको प्रमुख अतिथ्यतामा र कृषी बिकास बैङ्कका शाखा प्रबन्धक सजना महर्जन नगर सहकारी सञ्जालका सदस्य भेष बहादुर नेपालको बिशेष अतिथ्यतामा भएको बृहत छलफल कार्यक्रममा सहकारी सस्थाको कार्यबिधी सार्बजनीक गर्दै सहकारी सस्थाका व्यवस्...

शेर बहादुर तामाङको अध्यक्षतामा भु.पु सैनिक सघं गठन

#, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची तगरपालिकामा नेपाल भुतपुर्ब सैनिक सघं मेलम्ची नगर सम्मेलन सम्पन्न भएको छ । नगर सम्मेलनले भुतपुर्ब सैनिक शेर बहादुर तामाङको अध्यक्षतामा १७सदस्यीय कार्यसमितीको चयन गरेको छ । जस्मा सचिब कृष्ण बहादुर दुलाल, कोषाध्यक्ष जित बहादुर लामा, र सदस्यहरुमा केशब धिताल , श्रीध्वज लामा,गन बहादुर तामाङ, भिमसेन खतीवडा,सञ्चकुमार तामाङ, ओम बहादुर थापा,देबेन्द्र थापा , उर लामा,ध्रुब बहादुर राउत , कान्छा राम तामाङ,बिष्णु प्रसाद ढकाल, बिदुर कार्की,गोकुल पौडेल, सुधा राउत रहनु भएको छ । नगर सैनिक सघका भुपेन्द्र बहादुर थापाको प्रमुख अतिथ्यतामा भएको भेलाले उक्त कार्य समिती चयन गरेको हो । भुतपुर्ब सैनिक सघंका पदाधिकारीहरुलाइ बधाइ तथा शुभकामाना दिदै थापाले राज्यलाइ अहीले पनी पुर्ब सैनिकहरुको खाचो परेको बताउँनु भयो । उँहाले पुर्ब सैनिकहरुले आआफ्नो स्थानबाट शान्ती सुरक्षाका लागी लाग्न पर्ने ...

दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता

#, ब्रेकिङ न्युज २, समाचार
कुमार बस्नेत अधिराज सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका–६ अधेरीमा जिल्ला ट्राफिक कार्यालयले यन्त्रिक परीक्षण गरिएको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरण एवं रोकथामका निमित्त बिहिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय अधेरी सिन्धुपाल्चोकको आयोजनामा वर्कशपहरूमा कार्यरत दक्ष मेकानिकलहरूको सहकार्यमा विभिन्न जिल्ला भएर सिन्धुपाल्चोक जिल्ला भित्रने र सिन्धुपाल्चोकबाट बाहिरिने सवारी साधनको बलेफी गाउँपालिका वडा नम्बर ६ स्थित अधेरीमा यन्त्रिक परीक्षण गरिएको छ । उक्त परीक्षण कार्यक्रममा १ सय २० वटा भन्दा बढी विभिन्न सवारी साधनको यन्त्रिक परीक्षण गर्दा १५ वटा सवारी साधनको अवस्था ठिक नभएको पाइएकोले उक्त सवारी साधनको यान्त्रिक अवस्था ठिकसँग मर्मत गराउनुका साथै आवश्यक कारबाही समेत गरिएको आउदा दिनहरूमा पनि यस्ता कार्यहरू गर्दै जाने जिल्ला ट्राफिक कार्यालय प्रमुख गोपीराम भण्डारीले बताउनु भयो ।...

आलेखः कालो सैनिक झिँगाबाट मल र दाना उत्पादन गरिँदै

#, कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
ललितपुर (गोदावरी) ३१ साउनः नेदरल्यान्डको वाइनिगन विश्वविद्यालय, एसियन डेभलपमेन्ट बैंक र काठमाडौँ विश्वविद्यालयको सहयोगमा पाँचजना विद्यार्थीले कालो सैनिक झिँगाको अनुसन्धानबाट मल तथा दाना उत्पादन गर्न सकिने प्रमाणित गरेका छन् । अहिले विश्व जलवायु परिवर्तनका कारण अनेक समस्याहरूसँग जुधिरहेको बेला कालो सैनिक झिँगालाई वातावरणको हिसाबले २५ देखि ४० डिग्री सेल्सियससम्ममा उत्पादन गर्न सकिने हुँदा यसबाट व्यावसायिक रुपमा मल उत्पादन गर्न सकिने ती विद्यार्थीहरुको भनाइ छ । कुहिएको हरियो तरकारी, फलफूल, अन्न, हार्ड नभएको मासु, सागपातलाई झिँगाको लार्भा र प्यूपालाई खुवाएर सस्तोमा प्रोटिनयुक्त मल तथा दाना उत्पादन गर्न सकिन्छ र यसले गर्दा वातावरण पनि स्वच्छ रहने अनुसन्धानबाट पुष्टि भएको छ । ललितपुर गोदावरी नगरपालिका–१ मा जस्ता पाताको घर बनाइ विश्वविद्यालयका पाँचजना विद्यार्थीहरू यतिबेला कालो सैनिक झिँगाको अनुस...

चौतारा साँगाचोकगढी नपा१स्याउलेको उपलब्धीमुलक काम

#, कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १ स्याउलेको आ ब २०८० ÷८१मा धेरै उपलब्धीमुलक काम गरेका जनाएको छ । वडा नं १का वडा अध्यक्ष युवलाल श्रेष्ठले यस बर्ष वडाको लेख डाँडामा एक घर एक खानेपानी सहीतको धारा व्यवस्थापन गर्न सफल भएको वडा कार्यलयको भवन निर्माण कार्य शुरु गर्नुका साथै राजस्व ७७३०६४रुपैया छयासी पैसा सकलन गर्न सकेकोमा मुख्य उपलब्धीको रुपमा लिइएको बताउँनु भयो । वडा अध्यक्ष श्रेष्ठले वडा नं १ चौतारा बजारका नजिकैको वडा भएको भएता पनी बिकासका हिसावले दुर्गम देखीने यो वडाको बिकासका लागी धेरै कामहरु ग्र्न बाँकी नै रहेको छ भन्नु भयो । उँहाले आब २०८०÷८१मा वडा कार्यलयबाट गन्साबाट गुन्साबाट ठुलो वन धोविखोला जाने सिढी निर्माण बदलाङ थापाटोल सिढी निर्माणको मुलाबारी लेखडाँडा गोरेटोबाटो सिढी निर्माणको ,डाँडागाउँ केराबारी सिढी निर्माण धिमे बाजा को व्यवस्था गरेको जस्तो महत्व पुर्ण काम ...