सम्पर्क

ब्रेकिङ न्युज १

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको शुभकामना सन्देश

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको शुभकामना सन्देश ३ मे २०२५ तदनुसार २० वैशाख २०८२ प्रत्येक वर्ष मे ३ को दिन विश्व प्रेस स्वतन्त्रता दिवस मनाइन्छ । सन् १९९१ मा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहोकमा भएको पत्रकारहरूको सम्मेलनले प्रेस स्वतन्त्रताको पक्षमा घोषणा–पत्र जारी गर्‍यो । योसँगै युनेस्कोले १९९३ देखि प्रत्येक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने प्रस्तावलाई संयुक्त राष्ट्रसंघले अनुमोदन गरेपछि विश्वभरी यो दिवस मनाउन सुरु भएको हो । विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभर नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको सुरक्षाका विषयमा समीक्षा गरी मनाउने गरिन्छ । यसको मुख्य उद्देश्य सरकार र सरोकारवाला पक्षलाई प्रेस स्वतन्त्रताको आवश्यकताका बारेमा बुझाउनुका साथै, पत्रकारको सुरक्षा तथा अभिव्यक्ति स्वतन्त्रताको सं...

सरकारले आफ्नै भू–उपग्रह सञ्चालनको आधार तयार गर्ने,निती तथा कार्यक्रम सहीत

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
काठमाडौँ, १९ वैशाखः सरकारले दूरसञ्चार क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग र पूर्वाधारको व्यवस्थापनमार्फत गुणस्तरीय दूरसञ्चार सेवाको देशव्यापी पहुँच विस्तार गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त वैठकमा सरकारकोे आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो घोषणा गर्नुभएको हो । राष्ट्रपति पौडेलले भन्नुभयो, “सार्वजनिक सेवा प्रसारण संस्थाको सवलीकरण गर्दै आमसञ्चार सामग्री उत्पादन, प्रकाशन र प्रसारणलाई प्रभावकारी बनाइनेछ ।” सरकारले हुलाक सेवाका पूर्वाधारलाई व्यवस्थित गरी कार्यक्षेत्रको विविधीकरण, सेवा प्रवाहमा आधुनिकीकरण र व्यावसायीकरण पनि गर्ने भएको छ ।नीति-तथा-कार्यक्रम-नेपाली-फाइनल-all सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, “एक स्थानीय तह, एक स्मार्ट हुलाक अवधारणाको कार्यान्वयन गरिनेछ, सुरक्षण मुद्रणलाई दिगो र भरपर्दो रुपमा सञ्चालनमा ल्य...

सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित एवं भरपर्दो बनाइने

जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
काठमाडौँ, १९ वैशाखः सरकारले तीन तहका सरकारबीच समन्वय र सहकार्यमा सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित एवं भरपर्दो वातावरणमैत्री बनाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारकोे आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सवारी दुर्घटना न्यूनीकरण गर्न सडकको अवस्था सुधार गर्ने उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, “सवारी दुर्घटना न्यूनीकरण गर्न यात्रुलक्षित सचेतना कार्यक्रम गर्ने तथा सवारी चालकको क्षमता विकास गरी जिम्मेवारी बनाइनेछ ।” रणनीतिक र व्यापारिक महत्वका सडकखण्डको क्रमशः निर्माण र स्तरोन्नति गर्दै रुग्ण पुल तथा आयोजनाको निर्माण द्रुतगतिमा अगाडि बढाउने सरकारको योजना छ । सरकारले वैदेशिक सहायतामा सञ्चालन हुने सबै परियोजनाहरुको शीघ्र कार्यान्वयन गर्ने समेत घोषणा गरेको छ । सरकारले राष्ट्रिय राजमार्गमा ...

हत्या अभियोगमा सिन्धुपाल्चोकका आशिष श्रेष्ठ पक्राउ

ब्रेकिङ न्युज १, समाचार
काठमाडौँको परोपकार पुलमुनि धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–७ घर भई हाल काठमाडौँ महानगरपालिका–५ डल्लु बस्ने ३२ वर्षीय आशिष श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिनुभयो । यही वैशाख १६ गते धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा फेला परेका काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–१० का अन्दाजी ४२/४३ को माइला भन्ने विक्रम तामाङका मृत्यु भएको घटनामा हत्याको अभियोगमा निजलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । घाइते अवस्थामा भेटिएका तामाङलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकामा सोही दिन मृत्यु भएको थियो । अनुसन्धानका क्रममा निज श्रेष्ठले घटना घटाएको खुल्न आएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रेष्ठका साथबाट घटनामा प्रयोग भएको चक्...

माननीय कृष्णकुमार द्धारा अपाङ्गलाइ सहयोगी समाग्री बितरण

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
बागमती प्रदेश सभा सदस्य माननीय कृष्ण कुमार तामाङको प्रमुख आतिथ्यता मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङको सभापतीत्वमा नगर भरीका आपङ्गता भएका ब्यक्तीहरुलाइ सहयोगी सामाग्रीहरु बितरण गरिएको छ । मेलम्ची नगरपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र (ज्च्म्ऋ) , बनेपाको संयुक्त लागत साझेदारीमा मेलम्ची नगरपालिका वडा नं ११ स्थित नगर अस्पतालमा नगर प्रमुख आइतमान तामाङको अध्यक्षता, वडा नं ११ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङ, वडा नं १० का वडा अध्यक्ष अमृत खनाल, जनस्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्ठ, अस्पताल इन्चार्ज ज्ञानेन्द्र घोरासैनी, ज्येष्ठ नागरिक सञ्जालका अध्यक्ष एकादत्त धिताल, नगर अस्पताल प्रमुख डा. किरण श्रेष्ठ, टुकी संघ सुनकोसीका महेन्द्र कार्की लगायतका नगरपालिकाका विभिन्न कर्मचारी र ज्च्म्ऋ का विशेषज्ञ चिकित्सकहरूको उपस्थितिमा कार्यक्रम भएको हो । कार्यक्रममा माननी...

सरकार र शिक्षक महासंघबीच सहमति

ब्रेकिङ न्युज १, समाचार
सरकार र शिक्षक महासङ्घबीच नौबुँदे सहमति भएको छ । सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र महासङ्घका प्रतिनिधिबीच भएको वार्तापछि नौबुँदे सहमति भएको हो । शिक्षामन्त्री पन्तका अनुसार शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँको निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने सहमति भएको छ । अस्थायी प्रकृतिका शिक्षक, राहत, अस्थायी, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बालविकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सोबापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने जनाइएको छ । प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोकेबमोजिम व्यवस्था गर्ने, आगामी आर्थिक वर्ष २०८२÷८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्...

पालिका–पालिकामा राष्ट्रिय परिचय पत्र बितरण गर्दै प्रजिअ थापा

अन्तर्वाता, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
नेत्र बहादुर बस्नेत ,सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाले सिन्धुपाल्चोक जिल्लाका हरेक नागरिकले आ–आफ्नै स्थानबाट प्राप्त गरुन भन्ने उद्धेश्यले हरेक पालिाकहरुलाई परिचय पत्र बितरणका लागी ब्यवस्था मिलाइएको बताउँनु भयो ।उहाँले चौतारा साँगाचोकढी नगरपालिकाको कार्यालयमा सोमबार राष्ट्रिय परिचयपत्र बितरण गर्दै यस्तो बताउँनु भएको हो । उहाँले बिभागबाट टोली खटाएर वडा कार्यालयहरु मार्फत् परिचयपत्रको फोटो खिचेका नागरिकहरुलाई परिचय पत्र लिन जिल्ला प्रशासन कार्यालयमा आउँनभन्दा सम्बन्धित पालिकाको कार्यालयमा सहज हुने भएकाले पालिकाहरुबाट नै परिचयपत्र दिने व्यवस्था मिलाइएको बताउँनु भयो । प्रजिअ थापाले भोटेकोशी गाउँपालिकामा माननीय परराष्ट्रमन्त्री आरजु राण देउवाको प्रमुख अतिथ्यतामा र माननीय पुर्बमन्त्री मोहन बहादुर बस्नेतको बिशेष अतिथ्यतामा परिचयपत्र बितरण सुरु गरिएको र सोमबार चौतारा साँग...

जिल्ला प्रशासन कार्यालयमा पनि सेवा दिदै चौतारा सँगाचोकगढी नगरपालिका

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सगुन बस्नेत , सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो नगरपालिकाको तर्फबाट जिल्ला प्रशासन कार्यालयमा कर्मचारी परिचालन गरी जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवामा निःशुल्क परामर्श तथा निबेदन अनालाइन भरिदिने ब्यवस्था मिलाएर सेवा दिन सुरु गरेको छ । नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले सोमबार बिधिवत रुपमा सेवाको शुभारम्भ गर्नु भएपछी यो सेवा नियमित हुने भएको हो । जिल्ला प्रशासन कार्यालयको गेटमा १४ नं. कोठामा नगरपालिकाले कर्मचारीको व्यवस्था गरेर सेवा सुरु गरिएको छ । सेवा सुरु गर्दै नगर प्रमुख सापकोटाले आप्राबासी श्रोतकेन्द्र मार्फत् राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम भरिदिने ई–पासपोटको अनलाइन निबेदन लेखिदिने जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरुको निबेदन लेख्न नजान्नेका लागी लेखिदिने ब्यवस्था मिलाइएको बताउँनु भयो । उहाँले अहिलेको समयमा पनि धेरै नागरिकह...

शिक्षकको आन्दोलनउग्र प्रहरी सँगको भिडन्तमा पचासौ घाइते

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
बिद्यालयमा पढाउँन छाडेर बिभिन्न माग राखी आन्दोलन गरिरहेको शिक्षकको आन्दोलनको २६ औं दिनमा आएर शिक्षकहरुले निषेधित क्षेत्र तोड्दै हात हातमा ढुंगा लिएर प्रहरी सँग भिडन्त गर्न पुगेका छन । यसै क्रममा प्रहरीले पानीको फोहारा सहीत लाठी चार्ज पनी गरेको छ । यस क्रममा पत्रकार र आन्दोनकारीहरु घाइते भएका छन। आन्दोलनकारी शिक्षकले निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि प्रहरीले पानीको फोहोरा हानेको थियो । त्यसको जवाफमा शिक्षकले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि बानेश्वर तनावग्रस्त बनेको थियो । घटना पछी आइतबार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्ती पुर्ण रुपमा भएको आन्दोलनका आन्दोलनकारीलाई भड्काउन सरकारले घुसपैठी पठाएर नाङ्गोपनारुप देखायो भन्दै आन्दोल अझ सशस्त्ररुपमा अगाढी बढाउँने बताउँनु भयो । उँहाले ‘भोलि यो भन्दा तीन गुना शिक्षक भेला हुनेछन। अब हामी पनि आउछौ भन्द...

शिक्षक र प्रहरी बिच बानेश्वरमा हानाहान

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
आन्दोलनरत नेपाल शिक्षक महासंघले आज बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन्।   विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै जारी आन्दोलनको २६ औं दिनमा शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको हो।   शनिबार सरकारसंग भएको वार्ता निष्कर्षबिहीन भएपछि महासंघले आन्दोलनलाई निरन्तरता दिएको हो। निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै शिक्षकले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पानीको फोहोरा हानेको समाचारमा जनाइएकोछ।फोटो सामाजकि सञ्जालहरुबाट  ...