सम्पर्क

ब्रेकिङ न्युज १

दसैँपछि काठमाडौँ फर्किनेको चहलपहल बढ्दो

ब्रेकिङ न्युज १, समाचार
दसैँका रमाइलो क्षण बिताएर आ–आफ्नो कर्मथलो फर्किनेको भीड राजधानी काठमाडौँमा बढ्न थालेको छ । उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा, फर्पिङ, भक्तपुर र टोखा क्षेत्रमा यात्रुको आवागमन बढेसँगै सडकमा सवारी साधनको चाप समेत बढेको छ । बाढी–पहिरोको सम्भावित जोखिमका कारण असोज १८ देखि २० गतेसम्म बन्द गरिएका प्रवेश नाका पुनः खुलेपछि यात्रुको आवतजावत क्रमशः बढ्दै गएको हो । यात्रुको चाप बढेसँगै सार्वजनिक सवारी साधनमा अत्यधिक भीड देखिएको छ ।  दसैँ मनाउन गाउँ फर्केका सर्वसाधारण, विद्यार्थी तथा विभिन्न पेसामा संलग्न व्यक्तिहरू राजधानी फर्किरहेका छन् । गाउँमा परिवार र आफन्तसँग समय बिताएर राजधानी फर्किने यात्रुहरूले अब पुनः आफ्ना नियमित काम, अध्ययन र जिम्मेवारीमा फर्किने तयारी थालेका छन् ।...

आश्विन शुक्ल पूर्णिमाः आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, २१ असोजः प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमामा सूर्योदय भएका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीप दान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि सुरु गरिँदैछ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीप दान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानगरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसीको विशेष पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं ने...

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २० असोज: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय गरिएको आयोगले जनाएको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आगामी माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जनाइएको छ । यस्तै, फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहने छ । फागुन २१ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका सङ्कलन भएपछि मतगणना प्रारम्भ गरिने छ । समानुपातिक निर्वाचन प्रणालीका लागि मङ्सिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने, पुस १८ र १९ गत...

आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
काठमाडौँ, २० असोजः बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको पनि आजै गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुने शास्त्रीय विधान छ । अखिल बलिपूर्ति गरेपछि आजै साँझ जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसा...

समाज सेवी भुपेन्द्र थापाद्धारा त्रिपाल र खाद्यन्न बितरण

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाका समाज सेवी भुपेन्द्र थापाले यही असोज १७र १८गते परेको अबीरल बर्षाका कारण पहीरोले बासस्थान भत्काइदिएर बिचल्लीमा पर्नु भएका हरुलाइ तत्काल बस्न र खानको लागी त्रिपाल लगाएत खाद्यन्न सहयोग गर्नु भएको छ , सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ९का बिष्णु बहादुर बिकको बास स्थान भत्केर उँहाकै काका धन बहादुर बिकको घरमा शरण लिइ रहनु भएको कारण तत्काल का लागी त्रिपाल सहीत खाद्यन्न दिनु भएको हो । बिष्णु बहादुर बिक ले आफ्नो खुट्टा भाचीएर खुट्टामा स्टिल राखीएको बताउँनु भएको छ ।उँहाका अनुसार श्रमितीको नसा च्यापीएर नसा सम्बन्धी रोगी हुनुहुन्छ । २छोरी ९बर्ष र १४ बर्षका हुनुहुन्छ भने ६ बर्षको १छोरा हुनुहुन्छ । १८गते बेलुका १० बजेको समयमा पहीरो आइ घर टहरो पुरे पछी आफु बिचल्लीमा परेको बताउँनु हुँदै बिकले अहीलेका लागी यो सामाग्रीले आफुलाइ ठुलो राहत मिलेको बताउँनु भयो । समाज सेवी थ...

बाढीपहिरोका कारण अधिकांश राजमार्गमा सडक अवरुद्ध

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १९ असोजः अविरल वर्षाका कारण मुलुकका विभिन्न राजमार्गमा क्षति पुग्न गई सवारी आवागमन अवरुद्ध भएको छ । मौसम क्रमशः खुल्दै गए पनि पृथ्वी लोकमार्गको जवाङखोला सडकमा माथिबाट पहिरो खस्न जाँदा पूर्णरुपमा बन्द भएको छभने उक्त सडकखण्डमा सवारी आवागमन होल्ड गरिएको छ । जोखिम हुनसक्ने भएकाले सरकारले लामो दूरीका सवारीसाधन र रातिको समयमा आवागमनलाई यही असोज २० गतेसम्मका लागि रोकेको थियो । आज मौसम खुलेको र बाढीपहिरोले अवरोध नभएका सडकमा सवारीसाधन खुलाउन पहल भइरहको छ । नेपाल प्रहरीको प्रधान कार्यालयमा सङ्कलित आज बिहान ९ः३० बजेसम्मको विवरणानुसार काठमाडौँको चन्द्रागिरि नगरपालिकाबाट विभिन्न नाका हुँदै धादिङ र मकवानपुर हुँदै बाहिरिने नागढुङ्गा, गोदाम, टखेल हँुदै जाने सडक खण्ड अर्काे आदेश नभएसम्मका लागि दुवै तर्फका सवारीसाधन होल्ड गरिएको छ । नारायणगढ मुग्लिङ सडक खण्डमा पहिरो खसी एकतर्फी बाटो अवरोध भएको छ ।...

आजको मौषम सतर्क रहन सबैमा अनुरोध

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ।मौषम बिभाग का अनुसार आजआज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।आज रातीकोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, म...

अरनिको राजमार्ग लगाएतका क्षेत्रहरुमा सवारी आबत जाबतमा रोक

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
जिल्ला प्रशासन कार्यलय सिन्धु पाल्चोकले असोज १७ गतेदेखि २० गतेसम्म साँझ ७ बजे देखी बिहान ५ बजे सम्म अरनिको राजमर्ग साहयक मार्ग हरुमा एम्बुलेन्स, शबबहान,दम्कल र सुरक्षा निकायका साधन बाहेक अरुलाइ रोक लगाएको जिल्ला स्थित सुरक्षा समितीको बैठकले निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको अध्यक्षतामा बसेको आकस्मीक बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नदी किनारा छेउ छाउ बस्नेलाइ सुरक्षित स्थानमा राख्ने , बिपदका कारण कुनै घटना घटेमा तत्काल स्वास्थ्य उपचार का लागी सबै तैयारी अबस्थामा राख्ने सबै सुरक्षा निकाय, सामाजीक सघ सस्था,रेडक्रस सबै तैयारी अबस्थामा बस्ने लगाएतका निर्णय हरु भएको छ । जिल्ला प्रशासन कार्यालयले आजदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागबाट जानकारी प्राप्त भएकाले अबको केही दिन सतर्क रहन सबैमा अनुरोध गरेको छ । यसै बिच जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजद...

सालको पात बेचेर चाडपर्व खर्चको जोहो

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
धरान (सुनसरी), १७ असोजः यहाँको इटहरी उपमहानगरपालिका–४ की कृष्णकुमारी विकले सालको पात बिक्री गरी यस वर्षका चाडपर्वका लागि खर्च जुटाइरहनुभएको छ । उहाँले उदयपुरको गाईघाट पुगेर ल्याइएका सालका पात बेचेर खर्च जुटाइरहुनभएको हो । हुन त अरु बेला पनि यो उहाँका लागि आम्दानीको मुख्य स्रोत हो । हरेक हप्ताजसो गाईघाट गएर पात सङ्कलन गर्ने र इटहरीका विभिन्न स्थानमा लाग्ने हटिया बजारमा बिक्री गर्दै आएको विकले बताउनुभयो । उहाँले भन्नुभयो, “अरु बेला पनि यो काम गरिरहेकी छु, तर चाडपर्वलगायत विशेष समयमा बढी बिक्री हुन्छ । अरु समयमा ज्यालामजदुरी कामसमेत गर्छु, तर चाडपर्वको समय आएपछि भदौ महिनादेखि मङ्सिरसम्म यही काम गर्छु । यसबेला पात बिक्रीबाट राम्रो आम्दानी हुने गरेको छ ।” धेरैजसो चाडपर्वमा यही पात बेचेरै आफुनो खर्च जुटाउने गरेको बताउँदै विकले एक हप्तामा रु आठ हजारदेखि रु १० हजारसम्मको पात बिक्री हुने गरेको सुना...

विपी राजमार्गमा रातिमा सवारी सञ्चालनमा रोक

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काभ्रेपलाञ्चोक, १६ असोजः बिपी राजमार्गमा आजदेखि रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको सम्भावना एवं बाढिपहिराको उच्च जोखम पूर्वानुमान गरेपछि सवारी साधान आवजावतमा रोक लगाइएको हो । जिल्ला विपद् ब्यवस्थापन समिति काभ्रेपलाञ्चोकको आजको बैठकले उक्त राजमार्गमा जोखिमलाई मध्यनजर गर्दै असोज २१ गते रातिसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाएको हो । समितिले साँझ ५ बजेदेखि भोलिपल्ट बिहान पाँच बजेसम्मको अवधिमा सवारी साधन नचलाउन भनेको हो । राजमार्गअन्तर्गत धुलिखेलको काभ्रेभञ्ज्याङदेखि भकुण्डे–सिन्धूलीसीमा नेपालथोकको सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताउनुभयो । राजमार्गमा मनसुनको जोखिमका कारण गत भदौ १६ गतेदेखि १५ दिनसम्मका लागि पनि सवारी...