सम्पर्क

ब्रेकिङ न्युज १

बाह्रबिसेमा नेपाली कांग्रेस काे चुनावि सभा हुँदै

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
नेपाली कांग्रेस क्षेत्र नं. १, सिन्धुपाल्चोकको आयोजनामा यही मिति २०८२ साल पौष ११ गते (शुक्रबार) बाह्रबिसे खुर्सानीबारी फुटबल मैदानमा विशाल आमसभा आयोजना हुने भएको नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति बालकृष्ण बस्नेतले जानकारि दिनु भयकाे छ । आमसभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहनबहादुर बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुने आयोजकले जनाएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहनेछ । आमसभाका अतिथिहरूमा डा. प्रेमध्वज लामा, दोर्जे लामा, यास्मिन डुंगाना, भोला बोहरा र बेदबहादुर श्रेष्ठ समेत रहनुहुने बस्नेतले जानकारि दिनु भयाे। कार्यक्रममा बागमती प्रदेश महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिका पदाधिकारी, प्रदेश क र ख का कार्यसमिति सदस्य, स्थानीय तहका पार्टी पदाधिकारी, भातृ तथा शुभेच्छुक संगठनका प्रतिनिधि, नेपाल तरुण दल,...
सबैनागरिकले सच्चा सत्कर्म गरेको खण्डमा देस छिटै बिकसित हुन्छ ः गृहसचिब दङ्गाल

सबैनागरिकले सच्चा सत्कर्म गरेको खण्डमा देस छिटै बिकसित हुन्छ ः गृहसचिब दङ्गाल

कृषि, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सबै नागरिकले सच्चा सत्कर्म गरेको खण्डमा देस छिटै बिकसित हुने र देसमा कुनै पनी असान्ती नहुने गृह सचिब रामेश्वर दङ्गालले बताउँनु भएको छ । उँहाले आफ्नो जन्म दिनमा केक काट्ने अनाबश्यक फजुल खर्च गर्ने कार्य गर्नु भन्दा धर्तीमा जन्मेको दिन धर्तीमा बिरुवा रोपेर मनाउँने अभियानलाइ धन्यबाद दिदै राष्ट निर्माणका लागी यसको ठुलो योगदान हुने बताउँनु भयो । उँहाले राज्यलाइ आफुले के सहयोग गरेको छु भनेर मुल्याङ्कन गर्न सक्न पर्ने बताउँदै खरानीबाट उठेको नेपाललाइ समृद्ध बनाउँन केही समय लागे पनी समाजमा यस्तै सकारत्मक सोच भएका नागरिक भयो भने छिटै नेपाल माथी उठ्ने बताउँनु भयो । गृह सचिब दङ्गालले नागरिक आफैबाट म राम्रो छु मैले राम्रो काम गरेको छु भनेर बिश्वस्त हुन सक्न पर्यो त्यसका लागी काम पनी राम्रो गर्न पर्यो भन्नु हुँदै राम्रा काम गर्ने मानीसलाइ बेलुका सम्झदा पनी आनन्द आउँने र निन्द्रा पनी राम्रो लाग्ने नराम्र...
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रेकिङ न्युज १, समाचार
त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज राजधानीमा सम्पन्न भएको छ । यस वर्ष विभिन्न तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीमध्ये १६ हजार ३८० जना दीक्षित भएका छन् । आज काठमाडौँमा आयोजित दीक्षान्त समारोहमा स्नातकदेखि विद्यावारिधिसम्मको शैक्षिक उपाधिसहित १६ हजार ३८० जना विद्यार्थी दीक्षित भएका हुन् ।  शैक्षिक उपाधि पाउनेमध्ये स्नातक तहका ११ हजार २३४, अधिस्नातक १४, स्नातकोत्तरका चार हजार ८६०, दर्शनाचार्य (एमफिल) का १२० र विद्यावारिधिका १५२ विद्यार्थीले आज दीक्षान्त समारोहमा भाग लिएका हुन् । कार्यक्रममा विभिन्न सङ्कायबाट सर्वोच्च नतिजा ल्याउने २२ जना विद्यार्थीलाई दीक्षान्त पदक प्रदान गरिएको थियो ।  समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले ज्ञानलाई सेवासँग, सीपलाई सदाचारसँग र सफलतालाई समाजप्रतिको योगदानसँग जोड्न आह्वान गर्नुभयो । उहाँले चार लाख...
आज पनि बढ्यो सुनचाँदीको मूल्य

आज पनि बढ्यो सुनचाँदीको मूल्य

ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ,  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६८ हजार १०० र त्यति नै चाँदीको मोल रू चार हजार ४२० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो । गत आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ५८ हजार ३००मा र चाँदी रु चार हजार १०५ मा कारोबार भएको थियो । सोमबार दुवै धातुको मूल्यमा उल्लेख्य वृद्धि हुँदै प्रतितोला सुन रु दुई लाख ६१ हजार ७०० सय पुग्यो भने चाँदी रु चार हजार २३५मा कारोबार भएको थियो । मङ्गलबार भारी वृद्धिका साथ एक तोला सुनको मूल्य रु दुई लाख ६७ हजार २०० र चाँदी रु चार हजार २५५ मा किनबेच भएको थियो । अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तरराष्ट्रिय बजारमा आज एक ...
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा श्रम संस्कृती पार्टी कमिटी गठन

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा श्रम संस्कृती पार्टी कमिटी गठन

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
 सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा श्रम संस्कृती पार्टीको गाउँपालिका कमिटी गठन गरिएको छ। पार्टीका सिन्धुपाल्चोक जिल्ला अध्यक्ष आकाश गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले धनबहादुर नेपालको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत रूपमा गठन गरेको हो। पुस ५ गते सम्पन्न उक्त भेलामा पार्टी संगठन विस्तार, श्रममैत्री राजनीति र जनमुखी अभियानलाई स्थानीय तहसम्म विस्तार गर्ने विषयमा व्यापक छलफल गरिएको थियो। भेलापछि उपस्थित पार्टी नेता–कार्यकर्ता तथा सहभागीहरूले स्थानीय बजार क्षेत्रमा श्रम अभियान समेत सञ्चालन गरेका छन्। भेलामा सहभागीहरू धरानका मेयर हर्क साम्पाङको नाम र सन्देश अंकित टिसर्ट लगाएर स्थानीय बजारमा सरसफाई अभियानमा सहभागी भएका थिए। श्रम संस्कृतिको अभ्यास आफैंबाट सुरु गर्ने उद्देश्यले गरिएको उक्त सरसफाई अभियानले स्थानीयस्तरमा सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएक...

विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका पाँच व्यक्तित्व सम्मानित

ब्रेकिङ न्युज १, समाचार
 पत्रकारिता, पर्यटन, कफी तथा व्यापार क्षेत्रमा दीर्घकालीन योगदान पु¥याएका पाँच जना विशिष्ट व्यक्तित्वलाई सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले सम्मान गरेको छ । बाह्रबिसे नगरपालिकाको खुर्सानीबारीस्थित कर्भडहलमा आइतबार सम्पन्न संघको ३०औँ वार्षिक साधारणसभाको अवसरमा उहाँहरूलाई दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरिएको हो । सम्मानित हुने व्यक्तित्वहरूमा कान्तिपुर दैनिकका उपसम्पादक ऋषिराम पौड्याल, उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा वरिष्ठ व्यवसायी राजकुमार बस्नेत, सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापा, कफी संघ सिन्धुपाल्चोकका अध्यक्ष मन्दु थापा तथा व्यवसायी सुजित बस्नेत रहनु भएको छ । उहाँहरूलाई नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठसहितका प्रतिनिधिहरूले सम्मान प्रदान गरेका हुन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, बाह्रबिसे नगरपालि...

‘सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित छ’

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ६ पुसः जेनजी आन्दोलनको बलमा स्थापित वर्तमान सरकारले प्रतिनिधिसभा सदस्यको निर्वाचन निर्धारित मितिमा सम्पन्न गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सरकारको आधारभूत प्राथमिकताको सूचीमा रहेकाले निर्वाचनको वातावरण बनाउने कार्यमा सरकार सबै निकायले काम गरिरहेका छन् । निर्वाचन आयोग, राजनीतिक दल र सुरक्षा निकायले आ–आफ्नो जिम्मेवारीलाई त्यसतर्फ उन्मुख गराएका उनीहरूका गतिविधिबाट थाहा हुन्छ । यसबीचमा राजनीतिक दलबाट निर्वाचनका लागि दल दर्ता गर्ने कार्य पूरा भइसकेको छ भने सरकारका तर्फबाट एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भइसकेको छ । त्यसक्रममा ११४ वटा राजनीतिक दलले चुनावमा भाग लिने सुनिश्चित भइसकेको छ । प्रमुख राजनीतिक दलका साथै यसरी आयोगमा दर्ता भएका सबैजसो राजनीतिक दलले विभिन्न माध्यमबाट आफूलाई निर्वाचनमा केन्द्रित गरिरहेको बताउने गरेका छ...
विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र लागु गर्ने सम्बन्धि वैठक

विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र लागु गर्ने सम्बन्धि वैठक

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र लागु गर्ने सम्बन्धि वैठक तथा अन्तरक्रिया कार्यक्रम आयोजना इन्द्रावती गाउँपालिकाका विद्यालयहरूमा विद्यार्थीहरूको गुनासो सुन्न र समस्या समाधान गर्न ’गुनासो सुनुवाइ संयन्त्र’ निर्माण तथा लागु गर्न ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) पैरवी समूह सिन्धुपाल्चोकको आयोजना तथा ईन्द्रावती गाउँपालिकाको समन्वयमा इन्द्रावती–५ स्थित श्री ऐसेलुखर्क माध्यमिक विद्यालयमा आयोजित एक विशेष बैठक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) पैरवी समूह सिन्धुपाल्चोकका संयोजक यज्ञ प्रसाद दंगालको अध्यक्षता, ईन्द्रावती गाउँपालिका उपाध्यक्ष सोभना तामाङ्गको प्रमुख आतिथ्यता, ईन्द्रावती गाउँपालिकाका शिक्षा शाखा प्रमुख मीन वहादुर धामीको विशेष आतिथ्यता रहेको थियो भने ईन्द्रावती गाउँपालिकाका उद्यम विकास सहजकर्ता सपना नेपालीक...

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

बिदेश, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ४ पुस : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थालेको छ । आसन्न निर्वाचनलाई मध्यनजर गरी नेपाल प्रहरीले जनशक्ति परिचालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाएको छ । निर्वाचन आयोगबाट प्राप्त निर्णयहरूसमेतलाई आत्मसात् गरी उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै निर्वाचन सम्पन्गर्न नेपाल प्रहरी दृढ सङ्कल्पित रहेको र सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो । निर्वाचनलक्षित गस्तीलाई थप प्रभावकारी र पहुँचलाई व्यापक बनाइएको बताउँदै उहाँले हालसम्म लामो दूरीको गस्ती एक हजार १३६ पटक र सानो दूरीको गस्ती तीन लाख ८९ हजार ९६० पटक गरिएको छ । यी गस्तीमा १३ लाख ४६ ...

एमालेको ११औँ महाधिवेशन सम्पन्न, नयाँ नेतृत्वको सपथ

ब्रेकिङ न्युज १, समाचार
नयाँ नेतृत्व चयन र सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै नेकपा ९एमाले० को ११औँ राष्ट्रिय महाधिवेशन आज सम्पन्न भएको छ । भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको आज औपचारिक समापन भएको हो । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले अन्तिम मत परिणाम घोषणा गर्नुभएको थियो । अन्तिम मत परिणाममा केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५÷२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन् । अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा रहनुभएको थियो । आयोगका अध्यक्ष डा विजय सुब्बासमक्ष नवनिर्वाचित पार्टी अध्यक्ष ओलीले सपथ लिनुभयो भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष ओलीले सपथ गराउनुभयो । रासस...