Skip to content
सम्पर्क

  • होम पेज
  • समाचार
  • अन्तर्वाता
  • राजनिती
  • बिजनेस
  • बिदेश
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य
  • साहित्य
  • जिबनशैली

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

२०८२ पुष ४ शुक्रबार by लोकप्रिय समाचार

काठमाडौँ, ४ पुस : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थालेको छ । आसन्न निर्वाचनलाई मध्यनजर गरी नेपाल प्रहरीले जनशक्ति परिचालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाएको छ । निर्वाचन आयोगबाट प्राप्त निर्णयहरूसमेतलाई आत्मसात् गरी उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै निर्वाचन सम्पन्गर्न नेपाल प्रहरी दृढ सङ्कल्पित रहेको र सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो । निर्वाचनलक्षित गस्तीलाई थप प्रभावकारी र पहुँचलाई व्यापक बनाइएको बताउँदै उहाँले हालसम्म लामो दूरीको गस्ती एक हजार १३६ पटक र सानो दूरीको गस्ती तीन लाख ८९ हजार ९६० पटक गरिएको छ । यी गस्तीमा १३ लाख ४६ हजार ३२८ जनशक्ति परिचालित गरिएको जानकारी दिनुभयो । निर्वाचनको विषयलाई लिएर हुनसक्ने तोडफोड, आगजनीजस्ता क्रियाकलाप नियन्त्रण गर्न दिनानुदिन प्रहरीले गस्तीलाई अझ प्रभावकारी रूपमा वृद्धि गर्दै आइरहेको छ । काफ्ले भन्नुहुन्छ, “निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन प्रहरीले नियमित गस्तीका साथसाथै सूचना सङ्कलन, खतरा मूल्याङ्कनसहितको विश्लेषण तथा प्रवाहलाई प्रभावकारी बनाउने कार्य गरिरहेको छ । सीमाक्षेत्रमा हुने घुसपैठ र आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि नियमित अनुगमन तथा प्रभावकारी रूपमा प्रहरी परिचालित छन् ।” उम्मेदवार, मतदाता, राजनीतिक दलका नेता, महत्त्वपूर्ण व्यक्ति, निर्वाचन पर्यवेक्षक, सञ्चारकर्मी, चुनाव प्रचारप्रसार र विजय जुलुसको सुरक्षा व्यवस्थापनलाई मजबुत बनाउन आवश्यक सुरक्षा रणनीति अवलम्बन गरिएको उहाँले बताउनुभयो । महत्त्वपूर्ण तथा संवेदनशील प्रतिष्ठान र संरचनामा विशेष सुरक्षा व्यवस्था मिलाउन, निर्वाचन विरोधी समूहहरूको गतिविधिको निगरानी, नियन्त्रण र कारबाही गर्न अवैध तथा जबर्जस्ती चन्दा सङ्कलन र धम्की नियन्त्रण गर्ने, अराजक, उच्छृङ्खल, आपराधिक क्रियाकलाप एवं गुण्डागर्दी नियन्त्रण गर्न प्रहरी क्रियाशील रहेको जनाइएको छ । आन्दोलनका क्रममा लुटिएका तथा हराएका हातहतियाबाट हुनसक्ने सम्भावित खतरालाई निस्तेज गर्न लुटिएका हातहतियारको पहिचान र बरामद गर्न नेपाल प्रहरीले विशेष टोली निर्माण गरी परिचालन गरेको छ । आन्दोलनका क्रममा लुटिएका तथा हराएका हातहतियार बरामद एवं फरार कैदीबन्दी तथा थुनुवाहरूको पक्राउमा प्रहरी क्रियाशील रहेको जनाइएको छ । प्रहरीले प्रतिनिधिसभा सदस्य निर्वाचनको एकीकृत सुरक्षा योजना, २०८२ तालुक गृह मन्त्रालयबाट स्वीकृत भइसकेको सन्दर्भमा निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन आवश्यक तयारीका निमित्त नेपाल प्रहरी प्रधान कार्यालय कार्यविभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीको अध्यक्षतामा केन्द्रीय निर्वाचन सेल गठन गरेको छ । रासस
Powered By  Orson Infotech
Posted in बिदेश, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
Prevएमालेको ११औँ महाधिवेशन सम्पन्न, नयाँ नेतृत्वको सपथ
Nextविद्यालयमा गुनासो सुनुवाइ संयन्त्र लागु गर्ने सम्बन्धि वैठक

भर्खरैका खबरहरु

  • नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकमा मल्टिमिडिया पत्रकारिता तलिम सुरु
  • पुर्ख्यौली नृत्य पुस्तान्तरणका लागि प्रतियोगिता
  • नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको २४औँ प्रतिनिधि सभा मेलम्चीमा सम्पन्न
  • ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न
  • आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
  • नि:शुल्क स्वास्थ्य शिविरबाट एक हजार ८५ विद्यार्थी लाभान्वित
  • बिभिन्न सस्कृती कार्यक्रम सहीत सात धारा दुपचेश्वर मेला सम्पन्न
  • बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत
  • कांग्रेस विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति निर्वाचित भएको घोषणा
  • माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास

हाम्रो बारेमा :

लोकप्रिय समाचार डट कम बिबिध बिषयमा सबै क्षेत्रका निष्पक्ष समाचारहरु तथा लेखहरु  प्रस्तुत गर्ने ससक्त समाचार पोर्टल हो ।

सुचना बिभाग दर्ता नं : ४६६।२०७४।२०७५

प्रेस काउन्सिल सूचीकरण : २२५८ ।२०७३।७४

हाम्रो ठेगाना :

नेत्रज्योति मिडिया हाउस प्रा. लि.

कार्यालय : चौतारा साँगाचोकगढी नगरपालिका-१४, सिन्धुपाल्चोक

सम्पर्क : ०११-६२००६७, ९८५१०३९७४५

Email :- lokpriyasamachar@gmail.com,

Email :- lokpriyanetrajyoti@gmail.com

हाम्रो टिम् :

प्रकाशक : नेत्र बहादुर बस्नेत

सम्पादक: सन्तोषी बस्नेत

सह सम्पादक : बिपना तामाङ

कानुनी सल्लाहकार: शम्भु प्रसाद पोखरेल

सहयोगी प्रतिनिधिहरु :

दर्शन सुनार  - कतार

मिलन कुँबर  - बेलायत

कृपा श्रेष्ठ  - जापान

Designed by Nepalwebs