सम्पर्क

ब्रेकिङ न्युज १

फोनिज सिन्धुपाल्चोकको अध्यक्षमा लालकाजी

ब्रेकिङ न्युज १, समाचार
नेपाल आदिवासी जनजाति पत्रकार महासँघ (फोनिज) सिन्धुपाल्चोकको तेस्रो जिल्ला अधिवेशनले लालकाजी तामाङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती निर्विरोध चयन गरेकोे छ । कार्यसमितिको उपाध्यक्षमा कमला पाख्रिन , सचिवमा दिपेन्द्र घले , सह–सचिवमा निर्मल माझी र कोषाध्यक्षमा राजेन्द्र रानामगर निर्विरोध चयन हुनुभएको छ । कार्यसमिति सदस्यहरुमा भने आईते तामाङ, सुप्रिन्स कसजु, सिद्धी श्रेष्ठ, फूलमान तामाङ, रविन दनुवार सारोज तामाङ र कल्पना श्रेष्ठ चयन हुनुभएको छ । अधिवेशनले केन्द्रीय पार्षदमा सुरेश कसजु , जिवन श्रेष्ठ, ङेम्लिङ लामा र केदार माझीलाई चयन गरेको छ भने प्रदेश पार्षदमा भने हेमन प्रधान , सुमित्रा श्रेष्ठ र अस्मी स्याङतान चयन हुनुभएको छ ।...

१० बुँदे प्रतिबद्धता जारी गर्दै जुगलले मनायो लैंगिक हिंसा विरुद्धको अभियान

ब्रेकिङ न्युज १, समाचार
१० बुँदे प्रतिबद्धता जारी गर्दै जुगलले मनायो लैंगिक हिंसा विरुद्धको अभियान जुगल गाउँपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान १० बुदे प्रतिबद्धता जारी गर्दै भब्य रुपमा सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिको उपप्रमुख श्री बालकुमारी सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गरिएको प्रतिबद्धता पत्रमा महिला विरुद्धको हिंसा अन्त्य गर्नको लागि घरैदेखि सुरु गर्दछौँ , लैङ्गिक हिंसा विरुद्धको सबै खालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरुको पालना गर्दछौँ , महिलाको मानव अधिकार संरक्षण गर्न एकतावद्ध भएर लाग्दछौँ , सार्वजनिक वा निजी जीवनमा रहँदा लैङ्गिक आधारमा कसैप्रति शारीरिक, मानसिक, सामाजिक–साँस्कृतिक, राजनीतिक,आर्थिक, यौनिक , भावानात्मक पीडा वा क्षति पुर्याउने कार्य गर्दैनौँ जस्ता कुराहरु समेटिएको छ । त्यसैगरी प्रतिबद्धता पत्रमा लैङ्गिक हिंसा विरुद्ध सदैव बुलन्द आवाज लियर उभिन्छौँँ , ल...

लैंगिक हिंसा विरुद्ध सिन्धुपाल्चोकमा विविध कार्यक्रम

ब्रेकिङ न्युज १, समाचार
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापनको अवसर पारेर सिन्धुपाल्चोकमा विविध कार्यक्रमहरु गरिएको छ । जिल्ला समन्वय समिती सिन्धुपाल्चोकको आयोजना तथा गैर सरकारी संस्था महासँघको समन्वयमा चौतारामा ७३ औं अन्तराष्ट्रीय मानव अधिकार दिवस तथा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन तथा अन्तर्क्रिया कार्यक्रम गरिएको छ । जिल्लामा रहेका गैर सरकारी सँस्थाहरुको सहकार्यमा भएको कार्यक्रममा ईन्सेक प्रतिनिधी नातिवावु धिताल, गैर सरकारी सँस्था महासँघका जिल्ला अध्यक्ष गोविन्द प्रसाद सापकोटा र एनसी नेपालका जिल्ला अध्यक्ष हर्क तामाङले मानवअधिकार उलँघन र महिला हिंसाको वर्तमान अबस्थावारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मन्तब्य राख्दै जिल्ला समन्वय समितिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी कृष्णगोपाल तामाङले यस्ता अभियानहरु अभियानमा सिमित नभएर उपलब्धीमूलक हुनुपर्नेमा जोड दिनुभयो । तामाङले ...

भ्रष्टाचार विरुद्ध अन्तर्क्रिया  कार्यक्रम  सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
जिल्ला प्रशासन कार्यालयको आयोजना र सामुदायिक सारथीको सहयोगमा चौतारामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस २०२१ को अवसरमा उक्त छलफल कार्यक्रम आयोजना गरिएको हो । नेपालमा भ्रष्टाचार सामाजिक रोगका रूपमा देखापरेको छ । भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक कानुन निर्माणका साथै कार्यान्वयन गर्ने निकाय पनि स्थापना गरिएको छ । भ्रष्टाचार नियन्त्रणमा सरकार, राजनीतिक दल र प्रशासनले प्रतिबद्धता पनि देखाएसंगै भ्रष्टाचार गर्नुहुँदैन भन्ने विषयमा आम नागरिकबीच एकमत पनि छ । आम नागरिकले स्वतःस्फूर्तरूपमा भ्रष्टाचारविरुद्ध खबरदारी पनि गरिरहेका छन् । सञ्चारमाध्यमले पनि भ्रष्टाचारविरुद्धको अभियानमा सकारात्मक भूमिका खेलिरहेका छन् । यी सबै हुँदाहुँदै पनि समाज भ्रष्टाचारको फैलँदो रोगबाट पीडामुक्त हुन सकेको छैन । बरु यो झाँगिँदै, बाक्लिदै र मौलाउँदै गएको छ । यसै सन्र्दभलाई ...

दिवा खाजा ब्यवस्थापन गर्न स्थानिय तहलाई अनुरोध

ब्रेकिङ न्युज १, समाचार
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकालाई विद्यालयमा दिइने दिवा खाजाको ब्यवस्थापन गर्नुपर्ने भन्दै स्थानिय तहहरुलाई अनुरोध गरेको छ । केन्द्रका शाखा अधिकृत पद्या शर्मा सापकोटाद्धारा हस्ताक्षरित पत्रमा नेपाल सरकारले आ.ब. ०७७÷ ०७८देअी देशभरका सबै सामुदायिक विद्यालयका प्रारम्भिक विद्यालयदेखी कक्षा ५ सम्मका बालबालिकाहरुलाई दिवा खाजाको ब्यवस्था गरिएको छ । स्थानिय स्तरमा उत्पादन भएका खाद्य बस्तुहरुको उपयोग गरी विद्यालयले साप्ताहिक रुपमा खाजा मेनु तयार गरेर मापदण्ड बमोजिम पकाएर ताजा सफा र सन्तुलित खाजा खुवाउने ब्यवस्था रहेको सन्र्दभमा कतिपय स्थानिय तहभित्रका केही विद्यालयहरुले बजारबाट तयारी प्याकेटको खाजा खरीद गरी खुवाउने जानकारी आएकाले यस्ता कार्य नगर्न पत्रमा आग्रह गरिएको छ । सरकारको निति विपरित र बालवालिकाको स्वास्थ्य सँवेदनशिलता असर पर्ने भएकाले साथै स्थानिय कृषकको आय स्तरमा सुधार गर...

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी मन्दिरबाट प्राचीन मूर्ति चोरी

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको पुरानो र ऐतिहासिक स्थल त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजारस्थित एक हजार वर्ष पुरानो त्रिपुरासुन्दरी देवीको मन्दिरबाट मूर्ति र कलश चोरी भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा ५ तौथलीका अध्यक्ष विष्णुभक्त श्रेष्ठका अनुसार करिब सय वर्ष पुरानो भगवतीको मूर्ति र कलश साथै १० वर्ष पुरानो विष्णूको दुईवटा कलात्मक मूर्ति चोरी भएको हो । साथै तीनवटा तामाको कलश पनि चोरी भएको बताइएको छ । मंगलबार करिब २ बजे मध्यरातमा दुईजना अन्जान युवक तीव्र वेगमा मोटरसाइकलमा मन्दिरमा आएको स्थानीयहरूले देखेको बताएका छन् । ’बेलुकी बालेको बत्ती निभाउन जाँदा पूजापाठ सुरु गर्दा मन्दिरको ढोका खुला देखेको र हेर्दा मूर्ति कलश नरहेको स्थानीयहरूले बताएका छन् । ‘प्राचीन महत्व बोकेका दुईवटा मूर्ति ढलोट र एकमा सुनको मन्त्र र जलप लगाइएको थियो, मूर्ति हराएपछि स्थानीय दुखी भएका छन्, स्थानीय र प्रहरी मिलेर चोरको...

महिला हिंसा विरुद्ध चौतारामा बृहत साँस्कृतिक कार्यक्रम

ब्रेकिङ न्युज १, समाचार
रुपक पुरी ‘ घरैबाट शुरु गरौं । महिला हिंसा अन्त्य गरौं ।’ भन्ने मुल नाराका साथ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजनामा सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा महिला हिंसा विरुद्ध बृहत साँस्कृतिक कार्यक्रम गरिएको छ । राजनीतिक दलका प्रमुख प्रतिनिधि, सरकारी गैरसरकारी सङ्घसंस्थाका प्रमुख, प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि एवम् सर्वसाधारणको सहभागिता रहेको र्‍यालीले चौतारा बजारको परिक्रमा गरेका थिए । “घरबाट सुरु गरौँ, महिला हिंसाको अन्त्य गरौँ”, “कुरा हैन काममा जुटौँ, महिला हिंसाको अन्त्य गरौँ” लगायतका नारासहित सुरु भएको र्‍यालीपछि चौतारा टुँडिखेलमा भएको संचेतनात्मक सांस्कृतिक कार्यक्रममा मन्तब्य राख्दै कार्यक्रमका प्रमुख अतिथी तथा प्रमुख जिल्ला अधिकारी वेधनिधी खनालले विगत ६० वर्षदेखी हेर्दा मात्रै पनी महिला हिंसा रोकथामका लागी कानुनी सँयन्त्रले फड्को मारेको बताउनुभ...

आदिवासी जनजाति महिला उत्थान केन्दको १० औं साधारण सभा सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक चौतारामा अवस्थित आदिवासी जनजाति महिला उत्थान केन्दको १०औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा केन्द्रका अध्यक्ष पानमाया तामाङले प्रगती तथा कोषाध्यक्ष पुजा तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । केन्द्रले निड्वानसंगको सहकार्यमा प्राकृतिक सम्पदाको खोज अनुसन्धान देखि जेनेभा ग्लोबल फण्ड यु.एसको सहकार्यमा बालविवाह न्यूनिकरण सम्बन्धी किशोर किशोरीसंग सामुहिक कार्यक्रम गर्दै आएको अध्यक्ष पानमाया तामाङले बताउनुभयो । केन्द्रले टेवा सस्थाको सहकार्यमा सुरु गरेको आर्थिक आत्मनिर्भरता आयआर्जन अन्तरगत समुह निमार्ण गरि तरकारी, कुखुरा,बाख्रा पालन कार्यक्रमले महिलाहरु ब्यवसायिक बन्न पनि थालेका छन् । प्रगती प्रतिवेदन प्रस्तुत गर्दै केन्द्रकी अध्यक्ष तामाङले चौतारा सांगाचोकगढि नगरपालिका भित्रको ईर्खु, स्याउले, पिपलडाँडा, ठुलोसिरुवारी,चौतारा गरी ५ वडामा ८ समुह गठन गरी दुई सय किशोरकिशोरी...

काँग्रेस प्रदेश अधिवेशन ः सिन्धुपाल्चोकबाट सहमहामन्त्री सहित चार जनाको उम्मेदवारी

ब्रेकिङ न्युज १, राजनिती
नेपाली काँग्रेसको बागमती प्रदेश अधिवेशनमा सिन्धुपाल्चोकबाट चार जनाले उम्मेदवारी दिनुभएको छ । विहिवारदेखी जारी अधिवेशनमा नयाँ नेतृत्वका लागी सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ र प्रदेश सदस्यमा मसिना खड्का, कुमार दुलाल र विष्णु खड्काले उम्मेदवारी दर्ता गर्नुभएको छ । सत्तारुढ दल नेपाली काँग्रेसको प्रदेश नम्बर २ बाहेक छ वटा प्रदेश अधिवेशनको प्रक्रिया अगाडि बढिरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । काँग्रेसको कार्यतालिका अनुरुप बिहीबार देशका सात वटै प्रदेश अधिवेशन सुरु हुने भनिए पनि प्रदेश नम्बर २ मा प्रक्रिया अघि बढ्न सकेको छैन । छ वटा प्रदेशको मतदाता नामावली प्रकाशन भएको छ । प्रदेश २ मा उद्घाटन भएको भनिएको छ । तर, मतदाता नामावली निर्वाचन समितिलाई प्राप्त भएको छैन । यो प्राप्त हुने बित्तिकै समितिले प्रकाशन गर्ने समितिका सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो । उहाँले छ वटै प्रदेशमा शनिबार मतदा...

राप्रपाको महाधिवेशन प्रतिनिधिहरु निर्विरोध निर्वाचित

ब्रेकिङ न्युज १, राजनिती
राष्ट्रीय प्रजातन्त्र पार्टी सिन्धुपालचोकको क्षेत्र नं. २ प्रदेश सभा २ (ख) बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि ( पार्षद )११ जना निर्बिरोध निर्वाचित हुनुभएको छ । निर्विरोध निर्वाचित हुने केन्द्रीय महाधिवेशन प्रतिनिधि ( पार्षद ) हरुमा पशुपति शम्सेर जबरा , उदय सापकोटा , नर्सिङ श्रेष्ठ (गोपाल), अम्बर बहादुर पण्डित , भिमसेन खनाल, गुनु पाख्रिन तामाङ, बोल बहादुर तामाङ्ग (दिलीप) , हिरा माया तामाङ, कान्छी तामाङ, शुभलाल रामधम र खेन्दो तामाङ रहनुभएको राप्रपा क्षेत्रिय अध्यक्ष कुमारी तामाङले जानकारी दिनुभयो । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने पार्टीको महाधिवेशनबाट नेतृत्वमा दावी नगर्ने बताउनुभएको छ । विज्ञप्ति जारी गरी उहाँले आफू निर्वाचन प्रक्रियाबाट अलग रहेको घोषणा गर्नुभएको छ । ‘नेतृत्वको रस्साकसीमा फेरि पनि टुट र फुटको श्र...