सम्पर्क

बंशलाल तामाङद्वारा सिन्धुपाल्चोक काँग्रेस सभापतिमा उम्मेदवारी घोषणा

नेपाली काँग्रेस सिन्धुपाल्चोकको सभापति पदमा इन्द्रावती गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका महासँघका महासचिव समेत रहनुभएका बंशलाल तामाङले उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा २, प्रदेश सभा (क) को प्रथम बैठकमा शुभकामना मन्तब्य राख्ने क्रममा तामाङले सभापति पदको उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । यसअघी ईन्द्रावती गाउँपालिका वडा नम्बर ४ को वडा अधिवेशनबाँटै तामाङले जिल्ला सभापतिको उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो ।

पार्टीको १४ औैं महाधिवेशनबाट महासमिती सदस्य पदमा अत्यधिक मत ल्याई निर्वाचित हुनुभएको थियो । जिल्ला अधिवेशनको मिती केन्द्रीय निर्वाचन समितीले यही २७ गतेको लागी तोकिसकेको छ ।
सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा २, प्रदेश सभा (क) को सभापती केशवराज गिरीको अध्यक्षतामा बसेकको पहिलो वैठकमा जिल्ला सभापती विकास लामा , जिल्ला सचिवद्धय विलवहादुर तामाङ र झलक नेपाल , काँग्रेस नेता टँक कार्की , जिल्ला उपसभापती शिव सुनार , महासमिती सदस्य राजु गोर्खाली, महाधिवेशन प्रतिनिधीहरु भरत खड्का, उद्धब बाँनिया, श्री लामा , २ नम्बर क्षेत्रिय सचिव विष्णु घोरासैनी लगायतले मन्तब्य राख्नुभएको थियो ।