सम्पर्क

काँग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने नेता बस्नेतको दाबी

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्नुभएको छ ।

बाह्रबिसे नगरपालिका वडा नम्बर ८ खिपिङमा राप्रपा र नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश गर्ने कार्यक्रममा बोल्दै नेता बस्नेतले कम्युनिष्टको सस्तो प्रचारबाजीबाट युवाहरु मुक्त हुनेपर्ने बताउनुभयो ।
कार्यक्रममो विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए । यसरी पार्टी प्रवेश गर्नेहरुमा शम्भु भण्डारी, दीपक भण्डारी, सुवास भण्डारी, शेखर पौडेल, सागर भण्डारी, उमेश पौडेल, दीपक राउत, रामजी मगर, गोकुल पौडेल राजकुमार पौडेल, राजेन्द्र भण्डारी, ईश्वर भण्डारी लगायतका रहनुभएको छ ।

आफूहरु विगत २ दशकभन्दा धेरै समयदेखि संलग्न रहेको पार्टीले विकास निर्माणको काममा सिन्को समेत नभाचेको बताउँदै आफ्नो क्षेत्रमा कांग्रेसले विकास गर्ने आशा रहेको उनिहरुले बताएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा महाधिवेशन प्रतिनिधीहरु डाक्टर प्रेमध्वज लामा, युधिर पौडेल, वडा ईकाई सभापती हिरा तामाङ, उपसभापती गेहेन्द्र भण्डारी लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।