

नेपाली काँग्रेस चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का पुर्ब सभापति स्व. चक्र बहादुर तामाङको निधनमा दुःख ब्यक्त गर्दै नेपाली काँग्रेसले श्रद्धाञ्जली सभा गरेको छ ।
कार्यक्रममा नेपाली काँग्रेसले तत्काल राहतका लागि रु. २५ हजार रुपैया समेत मृतकको परिबारलाई प्रदान गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्टी सभापती बिकास लामाले नेपाली काँग्रेसका स्थानिय नेता समेत रहनु भएका तामाङ गाउँ बिकासका लागी अति चिन्तित रहने र पार्टीका लागि हरेक समयमा उपस्थित भई पार्टीको काममा लाग्नु भएको ब्यक्ती गुमाउन परेकोम चिन्ता ब्यक्त गर्दै श्रदाञ्जलि दिनुभयो । उहाँले स्वर्ग भनेको प्रशँसा हुनु भएको बताउँदै स्व. चक्र बहादुरले राम्रा काम गरेको र उहाँ स्वर्गमा रहनु भएको कुरा बताउनुभयो । कार्यक्रमका बिशेष अतिथि नेपाली काँग्रेस दोलखा जिल्ला सभापति बर्मा लामाले २०३७÷३८ साल तिर डडुवामा आउँदा देखिको साथि गुमाउन परेकोमा दुःख ब्यक्त गर्दै हरेक नागरिकको पिडामा साथ दिने काँग्रेसले स्व. चक्र बहादुर तामाङको परिवारलाई पनि दुःखमा साथ दिन आएको बताउनुभयो ।
नपालि काँग्रेसका जिल्ला सचिव द्धय झलक नेपाल र बिलबहादुर तामाङ्ग,गाउँपालिका राष्ट्रिय महासँघका महासचिब तथा ईन्द्रावती गाउँपालिकाका अध्यक्ष बँशलाल तामाङ , सिुन्धुपाल्चोक २ नम्बर क्षेत्रिय सभापती आईतमान तामाङ ,महासमिति सदस्य राजेन्द्र गोर्खाली , उद्योग वाणिज्य सँघ दोलखाका पुर्ब अध्यक्ष तथा नेपाली काँग्रेस प्रदेस प्रतिनिधी सुदर्शन कार्कि, दिवाकर नकर्मी, चौतारा साँगाचोकगढी वडा नं. ८ का वडा अध्यक्ष तथा काँग्रेस नेता तिर्थ बहादुर श्रेष्ठ लगाएतले शोक मन्तब्य राख्नु भएको थियो ।
नेपाली काँग्रेस वडा ईकाई समितिको सभापती बिनोद पाख्रिनको सभापतित्वमा भएको कार्यक्रममा राजनिति दलहरुकोतर्फ बाट बोल्दै नेकपा एमालेका उद्धब नेपालले डडुवाका लागि नेपाली काँग्रेसका नेता स्व. चक्र बहादुर तामाङले खानेपानिका लागी गरेका योगदान,सडक तथा स्थानिय बिकासको लागी गरेको योगदानको कदर गर्नुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेस चौतारा साँगाचोकगढी नगरपालिका नगर सभापती ईन्द्र लोचन धितालले श्रदान्जलि सभामा उपस्थितलाई स्वागत मन्तब्य राख्नुभएको थियो भने नेपाली काँग्रेसका क्षेत्रिय सचिब बिष्णु घोरासाईनीले समेत शोक मन्तब्य राख्नु भएको थियो । 
स्व. चक्र बहादुर तामाङको पहलमा डडुवामा खानेपानिको लागी रातो किताबमा योजना समेत परेको थियो भने खानेपानिको लागि सहजता समेत भएको थियो । उहाँका घाटिमा क्यान्सर भएको थियो । ६ गते आफ्नै निवासमा नेै उँहाको निधन भएको प्रदेश प्रतिनिधि गणेश नेपालले जानकारि दिनुभयो ।
