सम्पर्क

कांग्रेस नेता खड्काद्धारा विद्यालयलाई सहयोग

नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता देवेन्द्र खड्काले चौताराको एक विद्यालयमा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गर्नुभएको छ ।
सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर एक प्रदेश सभा ‘ख’का सभापति देवेन्द्र खड्काले चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ३ खालेस्थित समाज बिकास आधारभुत विद्यालयमा कम्प्युटर तथा पिन्टर हस्तान्तरण गर्नुभएको हो ।
खड्काले विद्यालयलाई २ सेट कम्प्युटर र १ थान प्रिन्टर हस्तान्तरण गर्नुभएको हो । आफ्नो व्यक्तिगत खर्चमा उहाँले कम्प्युटर र प्रिन्टर हस्तान्तरण गर्नुभएको बताउनुभएको छ ।