सम्पर्क

ब्रेकिङ न्युज १

अपाँगता भएकाहरुलाई जिविकोपार्जनका लागी बाख्रा वितरण

बिजनेस, ब्रेकिङ न्युज १
चौतारा साँगाचोकगढी नगरपालिकामा अपाँगता भएकाहरुलाई जिविकोपार्जनका लागी वाख्रा वितरण गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग र नगर अपाँग समन्वय समितिको आयोजनामा एक कार्यक्रमका विच वडा नम्बर ४, ५ , ८, १० र १३ मा अपाँगता भएका ३६ जनालाई वाख्रा वितरण गरिएको नगर अपाँग समन्वय समितिको अध्यक्ष शुशिला श्रेष्ठले जानकारी दिनुभयो । अपाँगता भएकाहरुलाई आयआर्जनमा लागि आत्मनिर्भर बनाउन बाख्रा वितरण गरिएको श्रेष्ठले बताउनुभयो । नगरपालिका भित्रका ५४ अपाँगता भएकाहरुलाई वाख्रा वितरण गर्ने लक्ष्य भएको र हालसम्म ४३ जनालाई वितरण गरिसकेको छ । बाख्रा वितरण ४ र ५ को वडा अध्यक्ष नरमान श्रेष्ठले ,वडा नम्बर ८ को वडा सचिव सिम्रन नेपालले , वडा नम्बर १३ मा वडा अध्यक्ष रामप्रसाद गौतमले र वडा नम्बर १० मा वडा सदस्य कृष्ण तामाङ गर्नुभएको थियो । वडा नम्बर १३ का वडाअध्यक्ष रामप्रसाद गौतमले किसानहरु समृद्धि भए म...

मेलम्ची बाढीको प्रतिवेदन तयार हुँदै, हिउँ पग्लिएर पनि माटो बग्ने खतरा छ — विज्ञ

ब्रेकिङ न्युज १, समाचार
गत असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा पुर्याएको क्षति र त्यहाँको भौगर्भिक अध्ययन गर्न गएको एडिविको टोलीले त्यहाँको अध्ययन गर्न एक महिना अघि टोली भ्रेमाथाङ गएको थियो । उक्त टोलीले त्यहाँको भौगर्भिक अध्ययन गरेर फर्किएको थियो । मेलम्ची खानेपाननी आयोजनाले भने यहि चैत्र अन्तिम साता सम्म मेलम्ची नदीको पानी काठमाडौँ ल्याउने भन्दै नदीको मुहानमा सरसफाइ गरिरहेको छ । अध्ययन गर्न गएको टोलीले तयार पारेको प्रतिवेदन सार्वजनिक नहुँदै र मेलम्चीको शिरमा पुन पहिरो जाने नजाने वा कुन रुपमा कस्तो पहिरो जान सक्छ भन्ने कुनै वैज्ञानिक आधार बिनानै मेलम्ची खानेपानी क्षेत्रको मुहान सफाई गर्दा सो क्षेत्रमा फेरि बढी नआउला भन्ने कुनै आधार नभएको भूगर्भविदको भनाइ छ । अध्ययन टोलीले बाढीले बगाएको माटोको थिकनेस,अहिले रहेको माटोको अवस्था र भित्रको चट्टानको बारेका अध्ययन गरेर फर्किएको थियो । अहिले उक्त टोलीले स...

लामोसाँघुमा पालेको ब्रोईलर कुखुरामा बर्डफ्लु पुष्टि

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका –८ स्थित लामोसाँघुमा स्थानीय किसानले पालेका ब्रोईलर कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । बलेफी गाउँपालिका पशु सेवा प्राविधिक दिपेन्द्र दंगालका अनुसार एक किसानले पालेको चार हजार कुखुरामा २५ सय कुखुरा धमाधम मरेपछि फागुन १० गते स्याम्पल त्रिपुरेश्वर स्थित ल्याव लगिएको थियो । बर्डफ्लु पुष्टि भएसँगै शुक्रबार उक्त फार्मलाई शिल गरिएको छ । अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको दंगालको जानकारी दिनुभयो । बलेफी गाउँपालिका उपाध्यक्ष कमला कायस्थले बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन’ छर्ने काम भइरहेको बताउँदै किसानलाई सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ ।...

अरनिको राजमार्गको साँगा क्षेत्र अवरुद्ध

ब्रेकिङ न्युज १, समाचार
अरनिको राजमार्ग अन्तर्गत साँगा खण्ड अवरुद्ध भएको छ । बुधबार राति साँगामा सवारीले ठक्कर दिँदा बनेपा नगरपालिका–१४ का ३२ वर्षीय विशाल तामाङको मृत्यु भएपछि उहाँका आफन्तले साँगा खण्ड अवरुद्ध गरेका हुन् । सवारी साधनको ठक्करबाट तामाङको मृत्यु भएको बताइए पनि ठक्कर दिने सवारी साधन भने पत्ता लागेको छैन । मृतकका आफन्तले दोषीलाई कारवाही र क्षतिपुर्तिको माग राख्दै राजमार्ग अवरुद्ध गरेका हुन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले ठक्कर दिने सवारी साधनको खोजी भइरहेको बताउनुभयो । मृतकका आफन्तले अरनिको राजमार्ग साँगामा सडक अवरुद्ध गरेपछि तराई तथा पूर्वी जिल्लाबाट उपत्यका प्रवेश गर्ने यात्रु तथा उपत्यकाबाट बाहिरने यात्रु गन्तव्यमा पुग्न सकेका छैनन् ।...

फेब्रुअरी आयोडिनको महिना — भोटेकोशीमा सचेतना कार्यक्रम

ब्रेकिङ न्युज १, स्वास्थ्य
फेब्रुअरी महिना राष्ट्रिय आयोडिन सचेतना महिनासँग सम्बन्धित कार्यक्रम भोटेकोशी गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष दाबुटी शेर्पा लामाले आयोडिन शरीरलाई दैनिक रुपमा नभई नहुने सुक्ष्म पोषक तत्व रहेकाले आवश्यक मात्रामा आयोडिनको प्रयोग गर्न सबैमा आग्रह गर्नुभयो । कार्यक्रममा वडाध्यक्ष सुपा लामा , सुआहारा कार्यक्रमको मनोज मिश्र , गाउँपालिका स्वास्थ्य सँयोजक भुपेन्द्र लाल श्रेष्ठ लागायत स्थानियहरुको सहभागिता रहेको थियो । दीर्घकालिन रणनीति अनुसार नेपाल सरकारले सन् १९७३ देखि मानिस तथा जनावरले खाने नूनमा आयोडीन मिसाएर विक्री वितरण गरिने युनिभर्सल साल्ट आयोडाइजेशनको कार्यक्रम ल्यायो । साथै, सन् १९९९ मा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सही मात्रामा आयोडीन भएको नूनको लागि प्रमाणिकरण चिन्ह “दुई बालबालिकाको चिन्ह’ सामाजिक बजारीकरण अभियान अन्र्तगत जारी गर्यो ।...

दुई स्थानिय तहको साझेदारीमा सामुदायिक भवन निर्माण हुने

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र नुवाकोटको शिवपुरी गाउँपालिकाको साझेदारीमा सामुदायिक भवन निर्माण हुने भएको छ । शिवपुरी गाउँपालिका वडा नम्बर १ र मेलम्ची नगरपालिका वडा नम्बर ४ को सिमाना चिप्लिङमा सामुदायिक भवन निर्माण हुने भएको हो । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल ,शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताल ,शिक्षा शाखा प्रमुख रवि शर्मा , लेखा अधिकृत मुरारी पुडासैनी ,योजना शाखा प्रमुख राम कुमार केसि ,इन्जिनियर जित बहादुर कार्की र शिवपुरिको वडा नम्बर १ का वडा अध्यक्ष महेन्द्रराज खत्री , निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद न्यौपाने ,लेखापाल लगायत जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा भएको बैंठकबाट भवन निर्माण हुने निश्चित भएको हो । मेलम्चीको ५ शिवपुरीको २ लाख ५० हजार र उपभोक्ता समुहबाट ४ लाख गरि ११ लाख ५० हजार रुपै...

श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

ब्रेकिङ न्युज १, समाचार
श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । २८ वर्षीया श्रीमती लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा बलेफी गाउँपालिका–१ ठाटिकुना बनकाली बस्ने ३२ वर्षीय जिवन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दाउरा चिर्ने बिषयमा विबादका कारण जिवनले श्रीमतीलाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको प्रहरीले उहाँलाई पक्राउ गरेको हो । गम्भीर घाइते लक्ष्मीको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...

लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

#, ब्रेकिङ न्युज १, मनोरन्जन
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मनुभएका लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उहाँ अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी दिनुभयो । श्रेष्ठका अनुसार आज बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा उहाँ मृत फेला पर्नुभएको थियो । लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गर्नुभएको छ । उहाँले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गर्नुभएको थियो । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उहाँले अभिनय गर्दै आउनुभएको थियो । उहाँका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उहाँले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गर्नुभएको थियो ।  ...

भोटेकोशीलाई पूर्ण कोभिड खोप पालिका घोषणा गरिने

ब्रेकिङ न्युज १, स्वास्थ्य
भोटेकोशी गाउँपालिकालाई पूर्ण कोभिड खोप पालिका घोषणा गरिने भएको छ । मँगलबार गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत भद्रबहादुर बस्नेतको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष दावुटी शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वैठकले उक्त निर्णय गरेको हो । गाउँपालिकाभित्र रहेका सम्पूर्ण स्वास्थ्यकर्मीहरुको उपस्थितिमा स्वास्थ्य सँस्थाको मासिक वैठक बसी नेपाल सरकारको नियमअनुसार कोभिड खोप लगाउन बाँकी रहेका सम्पूर्णलाई घुम्ती कोभिड खोप सञ्चालन गर्न सबैले आफ्नो ठाउँवाट पहल गर्ने कुराको सहमती भएको स्वास्थ्य सँयोजक भुपेन्द्रलाल श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी टुकी सँघ सुनकोशीको सुआहारा कार्यक्रममा विष्णुप्रसाद नेपालले विद्यालयमा आईरन चक्की नियमित र महिला स्वास्थ्य स्वयमसेविका खोज पड्ताल सम्बन्धी अभिमुखीकरण र पोषण कार्डबारे जानकारी गराउनु भएको थियो ।...

जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

ब्रेकिङ न्युज १, स्वास्थ्य
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहनबहादुर बस्नेतद्धारा प्रदान गरिएको स्वास्थ्य सामग्री मँगलबार जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको छ । चौतारा अस्पताल सँचालन तथा ब्यवस्थापन समितिको अध्यक्ष टँक कार्कीले अक्सीजन कन्सेटेटर १ वटा सहित माक्स एक कार्यक्रमका विच डा. करुणा वर्जाचार्यलाई हरुतान्तरण गर्नुभयो । सामग्री हस्तान्तरण गर्दै अध्यक्ष कार्कीले सामग्रीको संख्या भन्दा यसको सन्देश महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले विशेष समय र परिस्थितिमा एकअर्काको लागि हातेमालो हुनुले चुनौती सामना गर्न सबै क्षेत्र सँगसँगै रहेको सन्देश प्रवाह भएको भनाई राख्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बस्नेतलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो । स्वास्थ्य सामग्री बुझ्दै डा. वर्जाचार्यले सहयोगदातालाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ क...