सम्पर्क

ब्रेकिङ न्युज १

मृगौला पिडित श्रेष्ठलाई आर्थिक सहयोग

ब्रेकिङ न्युज १, समाचार
दुवै मृगौला फेल भएको सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १० को जल्केनी हर्रे निबासी सुनिता श्रेष्ठलाई आर्थिक सहयोग गरिएको छ । श्रेष्ठलाई निल बहादुर तामागं वाइवा (सुमन) ले रु.दश हजार पचास रुपैयाँ सहीत उँहाकै सक्रीयतामा सँकलित एक लाख आँठ हजार नौ सय साठी रुपैयाँ सहयोग उपलब्ध गराउनुभयो । देउराली कोलपाटा हर्रेका समाजसेवी सुमनको सक्रीयतामा उक्त रकम हस्तानन्तरण गरिएको हो । यसरी रकम हस्तानन्तरण गर्नेमा काभ्रे जिल्लाको सृजना तामाङले एक हजार , सिन्धुपाल्चोक हर्रेका विशाल तामाङले दुई हजार , भुवन तामाङले दुई हजार एक सय, राम बहादुर तामाङले एक हजार पाँच सय , विनोद तामाङले तिन हजार , फिलिप्स तामाङले दुई हजार, सिन्धुपाल्चोक इन्द्रावती गाएँपालिकाको रेन तामाङले एक हजार , सर्लाहीका राम लामाले दुई हजार , धादिङका गणेश मल्लले पाँच हजार पचास रुपैयाँ सहयोग गर्नुभएको छ । त्यसैगरी बाग्लुङको का...

इन्द्रावती गाउँपालिकामा ५० प्रतिशत काम सम्पन्न, आज एकैदिन भयो ८ योजनाको अनुगमन

ब्रेकिङ न्युज १, समाचार
 इन्द्रावती गाउँपालिकाले आज विभिन्न योजनाहरूको अनुगमन गरेको छ । गाउँपालिकाको वडा नं ९,१०, ११ र १२ का ८ वटा योजनाहरूको अनुगमन भएको हो । अनुगमनको क्रममा वडा नं ९ को २ वटा योजनाको अनुगमन भएको छ । भोटसिपामा रहेको ऐतिहासीक रानी ओडारको संरक्षण र प्रवर्द्वनको काम भईरहेको छ । यस बर्ष १८० मिटरको सिँडी निर्माणको लागि गाउँपालिका बाट ४० लाख बजेट बिनियोजन भएको छ । इन्द्रावती ९ मै १३ घरधुरी लाभान्वित हुनेगरी अमले पदमार्ग निर्माण भएको वडा अध्यक्ष बाबुराम लामाले जानकारी दिनुभयो । यस्तै वडा नं १० को बुढीचौर बस्ती बिकास आयोजना र धारापानी पर्खाल निर्माण आयोजनाको काम समेत अनुगमन भएको इन्जिनियर राजाराम घोरासैनीले जानकारी दिनुभयो । वडा नं १० कै महादेवटार सिंचाई आयोजनाको पनि अनुगमन सम्पन्न भएको छ । महादेबटारमा ५६७ मिटर लामो सिंचाई कुलो बनेको हो । २० लाख रूपैयाँमा सम्पन्न भएको योजनाले ७५ घरधुरी लाभान्वित हुने र ३...

पाँचपोखरीमा सहयोगीहरु बाट कार्यालय प्रमुखको मूल्यांकन

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सगुन बस्नेत ,सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्गपाल गाउँपालिकामा कर्मचारीहरुको अन्तरमूल्यांकन गर्ने नयाँ आयामको शुरुवात भएको छ । सो पालिकाले पालिका भरीका सवै विद्यालयका कर्मचारी , प्र.अ. तथा शिक्षक , वडामा रहेका वडा कार्यालय तथा सवै सरकारी निकायमा कार्यरत कर्मचारी र गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरु सम्वन्धित निकायमा कार्यरत सवैले सवैको मूल्यांकन गरी त्यसबाट उत्कृष्ट ठहरिने कर्मचारीलाई पुरस्कृत गर्ने प्रयोजनको लागि शिक्षक तथा कर्मचारी पुरस्कृत गर्ने मापदण्ड निर्माण गरी मूल्यांकको कार्य प्रारम्भ गरेको छ । यस क्रममा मूल्यांकनबाट पुरस्कृत हुनको लागि कम्तीमा दुई देखि तीन चरणबाट उत्कृष्ट ठहरिनु पर्ने हुन्छ । फागुन १६ गते गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री दिनेश कुमार पोखरेलले आफू मातहतका कार्यालय सहयोगी समेत सवै कर्मचारीहरुबाट गत आ.व. को अन्तिम सम्ममा कार्यरत रहेका र...

आदिवासी जनजाति महिला उत्थान केन्द्रद्धारा ईर्खुमा एक दिने कानुनी सचेतनामुलक कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका वडा न.ं ८ ईर्खुमा एक दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ ईर्खु को आर्थिक सहयोग र आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोकको आयोजनामा एक दिने कानुनी सचेतना कार्यक्रम सोमबार आदिवासी जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङ्गको सभापतित्वमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता निमा घिमिरेको प्रमुख आतिथ्यता, अतिथि नेपालबार एसोशियसनका अध्यक्ष भुपेन्द्र थिङ्ग तामाङ्ग इर्खु स्वास्थ्य चौकीका इन्चार्ज सविन श्रेष्ठ, श्री इर्खु मा.विका शिक्षक यज्ञ नाथ दंगाल, हेलम्बु एफ एमका स्टेशन म्यानेजर नेम्लिङ्ग लामा, रिन्जिन लामा, सृजना वि.क, लगाएत किशोर किशोरी समुहका संयोजक स्वयमसेवक,अभिभावकहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सरकारवादी मुद्दा, व...

हेलम्बुका युबाहरु नेकपा(एमाले) प्रबेश

ब्रेकिङ न्युज १, राजनिती
सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकाका एक दर्जन युबाहरु रामचन्द्र कालिराजको नेतृत्वमा बिभिन्न पार्टि परित्याग गरि नेकपा(एमाले) प्रबेश गरेका छन् । अन्य प्रबेसिहरुमा बिनोद दर्नाल,राजकुमार बि.क.,दावा लामा,दावा दोर्जे लामा लगायत रहेका छन । आफुहरु संलग्न नेपाली कांग्रेस र नेकपा(माओवादी )ले हेलम्बु गाउँपालिकामा बिकास निर्माणमा कुनै ध्यान नदिएर भ्रष्टाचारमा लिप्त भएको र राष्ट्रघाती एमसिसि सम्धि संसदबाट अनुमोदन गराएकोले आफुहरु राष्ट्रबादि नेता कमरेड केपि ओलिले नेतृत्व गर्नु भएकोको पार्टि नेकपा(एमाले) प्रबेश गरेको नव प्रबेसिहरुले बताए । सो प्रबेश कार्यको संयोजन नेकपा(एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटि सचिबालय एबम हेलम्बु गाउँपालिका सह ईन्चार्ज दावा लामा ह्योल्मोले गर्नु भएको थियो । बौद्धमा भएको सो पार्टि प्रबेश कार्यक्रममा नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटि सचिबालय सदस्य एबम हेलम्बु इन...

चालक निदाउँदा आईचर भिरमा खस्यो

ब्रेकिङ न्युज १, समाचार
सन्तोष सिग्देल हेलम्बुबाट काठमाण्डौ जाँदै गरेको बा प्र .०१ – ००६ ख २८६९ नम्बरको आईचर गाडी काठमाण्डौको चाँपाबोटमा दुर्घटना भएको आज बिहान ५ बजे सो आईचर दुर्घटना भएको हो । दुर्घटनामा परि सवारी धनी भोटेचौरका श्रीराम चौलागाई घाईते भएका छन । घाईतेलाई उपचारको लागि काठमाण्डौ लगिएको छ । घाईते भएका चौलागाईको घुँडामा घाउ लागेको र पिसाव बाट रगत आएको चालक श्याम प्रसाद चौलागाईले जानकारी दिनुभयो । गाडी रोडबाट करिव ५० मिटर तल जंगलमा खसेको प्रहरी जवान राम पुकार चौधरीले जानकारी दिनुभयो । प्रहरीका अनुसार गाडी हेलम्बुबाट काठ बोकेर काठमाण्डौ जाँदै गरेको थियो । ’गाडी चलाएको २,३ दिन भयो । २,३ दिन देखि निदाउन पनि पाएको थिएन, गाडी कतीबेला खस्यो पत्तै भएन’, चालक श्याम प्रसाद चौलागाईले भन्नुभयो । ’सवारी धनी श्रीराम चौलागाई र म संगै थियौँ गाडीमा , उहाँलाई चोट लागेछ उहाँ अहिले अस्पतालमा हुनुहुन्छ’, उहाँले भन...

निर्वाचन कार्यालय सिन्धुपाल्चोकद्वारा मतदाता दाबी विरोधका लागि समय अवधि सार्वजनिक

ब्रेकिङ न्युज १, समाचार
विपना तामाङ ( गोले) निर्वाचन कार्यालय सिन्धुपाल्चोकले मतदाता नामावली अद्यावधिक (दाबी विरोध) का लागि समय अवधि सार्वजनिक गरेको छ । निर्वाचन कार्यालय सिन्धुपाल्चोकले आज मतदाता नामावली अद्यावधिक (दाबी विरोध) सम्बन्धी अन्तर्क्रिया कार्यक्रममार्फत जानकारी गराएको छ । प्रमुख जिल्ला अधिकारी वेधनिधी खनालको अध्यक्षतामा, जिल्लाका राजनितिक दलका प्रतिनिधिहरुको विशिष्ट आतिथ्यतामा, सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारी, गैर सरकारी संस्था सिन्धुपाल्चोकका अध्यक्ष गोविन्दप्रसाद सापकोटा, जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, सञ्चारकर्मीको  उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रम फागुण १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिनुभय...

पाँचपोखरी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आजबाट ,जिल्लाका ७ टिम सहभागी

खेलकुद, ब्रेकिङ न्युज १
‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना गरेकोे २० ओभरको जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आजबाट सुरु हुने भएको छ । आज २ खेल सञ्चालन हुनेछ । पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यले खेलकुदको आयोजना गर्न लागेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । गाउँपालिकाले २०७४ सालदेखि निरन्तर रुपमा ‘जितबहादुर खड्का स्मृति पाँचपोखरी सुपर जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको ३ वटा संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । विश्वमै देखिएको कोरोना महामारीका कारण चौथो संस्करण स्थगित भएकोमा सो प्रतियोगितालाई प्रोत्साहन गर्न पाँचपोखरी थाङ्पाल गाउँपालिकाका ८ वटै वडामा क्रिकेट खेलकूद सामग्री वितरण गरिएको छ । प्रतियोगितालाई निरन्तरता दिँदै चौथो संस्करणका रु...

नेपाली काँग्रेस सिन्धुपाल्चोकको अधिवेशन फागुन २६ मा उम्मेदवारी दर्ता, २७ गते मतदान

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक नेपाली काँग्रेसको जिल्ला अधिवेशन यहि फागुन २६ गते उम्मेदवारी दर्ता र २७ गते मतदान हुने निर्णय भएको छ । २६ गते उम्मेदवारी दर्ता संगै अन्तिम नामावली प्रकाशित हुने र २७ गते मतदान हुने जिल्ला सह–सचिब अनुप न्यौपानेले जनाएको हो । आज नेपाली काँग्रेस केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्क कार्यालयमा बसेको काँग्रेस सिन्धुपाल्चोक शिर्ष नेताहरुको बैठकबाट सो निर्णय गर्नुभएको हो । बैठकमा नेता बस्नेत, जिल्ला सभापति बिकाश लामा, बागमती प्रदेश सह–महामन्त्री हरिशरण श्रेष्ठ, जिल्ला सह–सचिब अनुप न्यौपाने, इन्द्रावती गाउँ पालिका अध्यक्ष बंशलाल लामा, क्षेत्र नं. २ का सचिब केशव श्रेष्ठ, प्रदेश प्रतिनिधि रामेश्वर आचार्य र नेविसंघ क्षेत्र नं. २ का अध्यक्ष दिपेश राज खनाल उपस्थित रहनुभएको थियो । बैठक निर्वाचन अधिकृत देवबहादुर महतको समन्वयमा भएको थियो । काँग्रेस सिन्धुपाल्चोकको शिर्ष नेताहरुको बैठ...

बलेफीमा सीप बिकाश तालिम तिव्र रुपमा अघि बढदै

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सहयोगमा वार्ड नम्बर ४ र ८ मा सीप बिकाश तालिमहरु तिब्र रुपमा अघि बढदै गएको छ । बलेफी गाउँपालिकाको उपप्रमुख कमला श्रेष्ठ कायस्थको भनाइ अनुसार बलेफी गाउँपालिकाभित्र बसोबास गर्ने महिलाहरुको आयआर्जन र घरमै बसेर रोजगार गर्न सक्ने गरी सिलाइकटाई, गलैंचा बुन्ने तालिमहरु सन्चलन गर्दै आएको छ । तालिमपश्चात् गलैंचा बुन्ने तान र सिलाइ सम्बन्धी मेसिनहरु बितरण गरिएको छ । उद्यमशील तालिमहरु सन्चालन भैरहेको सो सीप सिकेर सम्पुर्ण महिला दिदीबहिनीहरु आत्मानिर्भर स्वरोजगार बन्नसक्ने उद्देश्यका साथ यो योजना उपप्रमुखकै पहलमा सन्चालन भैरहेको कुरा बताउनु भएको छ । जनताको साथमै रहेर जनताको सुखदुखमा जनताको हरेक समस्यमा जनप्रतिनिधिको हैसियतमा रहदाको अवस्थामा होस या जनप्रतिनिधिको हैसियतमा नरहदाको अबस्थामा होस सदैब जनतालाइ परेको समस्यमा पहल गर्दै जाने कुरा बताउनुभएको छ । बलेफी गाउँपालिका...