सम्पर्क

ब्रेकिङ न्युज १

सुनकोसीमा अध्यक्षमा रुपकाजी

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिकाले गाउँपालिका अध्यक्षमा आकांक्षी धेरै भएपछि मतदान प्रक्रियाबाट अध्यक्ष र उपाध्यक्षको नाम सिफारिस गरेको छ । गाउँपालिकाको बैठकमा अध्यक्ष र उपाध्यक्षमा सहमति नजुटेपछि आकांक्षीहरुबीच मतदान गरिएको थियो । सात जना आकांक्षीमध्ये मतदानबाट बढी मत ल्याउने रुपकाजी लामा र नेत्र कार्कीको नाम सिफारिस गरिएको हो । त्यस्तै उपाध्यक्षमा तीन जनाको नाम सिफारिस गरिएको छ । उपाध्यक्षमा ६ मध्ये बढी मत ल्याउने कान्छी तामाङ, ज्ञानु तिमल्सिना र अम्बिका तिमल्सिनाको नाम सिफारिस भएका छन् । मतदानमा गाउँ कार्यसमितिका ४२ सदस्यमध्ये ४१ जना उपस्थित भएकोमा २९ जना मतदान प्रक्रियामा सहभागी हुनु भएको थियो । सहमति नजुटेपनि बहुमतीय प्रक्रियाबाट उम्मेदवार छान्न पाउने कांग्रेसको विधानले नै व्यवस्था गरेको छ ।      ...

१८ वर्ष पछि फरार अपराधि पक्राउ

ब्रेकिङ न्युज १, समाचार
कर्तव्य ज्यान मुद्दामा अदालतबाट ९ वर्ष ११ महिना ५ दिनको कैद सजाय पाएर फरार एकजनालाई १८ वर्ष पछि सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ । फरार रहेका चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.११ बस्ने ५३ वर्षका मोहनराज गिरीलाई १८ वर्ष पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले बताउनुभयो । बिहिबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले काठमाण्डौ जिल्ला कीर्तिपुर नगरपालिका वडा नं. ६ टौदहमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । जिल्ला अदालत दाखिला गरिएकोमा सम्मानित अदालतले गिरीलाई लागेको कैद जरिवाना असुल उपरका लागि शुक्रबार कारागार कार्यालय चौतारामा चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...

भीरबाट लडेर म्यादी प्रहरीको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
भीरबाट लडेर सिन्धुपाल्चोकमा एक जना म्यादी प्रहरीको ज्यान गएको छ । प्रशिक्षण कार्य सम्पन्न भए पश्चात आफ्नो घर तर्फ फर्कने क्रममा चौतारा साँगाचोकगढी नगरपालिका–०७ मेलचौरका म्यादी प्रहरीको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिका ७ बस्ने ४० बर्षिय दुर्गा सिं बस्नेतको पिपलडाँडा स्थित चौतारा नवलपुर सडक खण्डको डिलबाट खसेर बिहिबार मृत्यु भएको हो । अन्दाजी ४० मिटर तल मृतक बस्नेतको लास भेटिएको थियो । मृतक म्यादी प्रहरी बस्नेतकोे शव जिल्ला अस्पताल सिन्धुपाल्चोकमा पोष्टमार्टम गरि उहाँकोे शवलाई परिवारको जिम्मा लगाएर अन्तिम संस्कार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।...

चुनावका बेला फेक न्यूजको कारखानै खुल्न सक्छ, सचेत हुनुहोस् ः अध्यक्ष बस्नेत

ब्रेकिङ न्युज १, समाचार
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले चुनावका बेला फेक न्यूजको कारखाना नै चल्न सक्ने खतरा औंल्याउँदै समाचार छाप्नु अघि सचेत रहन सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभएको छ । विभिन्न सञ्चार संस्था भन्दै स्वदेश एवं विदेशतिरबाट त्यस्ता प्रायोजित समाचार बन्न सक्ने भन्दै नेपाली मिडियाले साभार गर्दा विशेष ख्याल पुर्याउनुपर्ने उहाँको सुझाव थियो । निर्वाचन आयोगले प्रेस काउन्सिल र नेपाल पत्रकार महासङ्घको सहकार्यमा मङ्गलबार आयोजना गरेको सञ्चारकर्मीहरुको एक दिने अभिमुखिकरण कार्यक्रममा अध्यक्ष बस्नेतले मिथ्या सूचना (फेक न्यूज), दुस्प्रचार र गलत समाचार दिनबाट जोगिनुपर्ने बताउनुभयो ।‘चुनावका बेला दिग्भ्रमित बनाउनका लागि फेक न्यूजका कारखाना खुल्न सक्छन् । कुनै समाचार संस्थाको नामबाट त्यो आउन सक्ला । हामीले हतारिएर त्यसलाई कभरेज गर्नतिर नलागौं । आफैले स्वतन्त्र पुष्टि गरौैं,’– बस्नेतले सञ्चारकर्मीहरुला...

मेलम्चीको पानी पुग्यो सुन्दरीजलमा

ब्रेकिङ न्युज १, समाचार
गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ । सुरुङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन लाग्ने मेलम्ची आयोजनाको परामर्शदाता कम्पनी इप्तिसाका इञ्जीनियर विवेक खनालले राससलाई जानकारी दिनुभयो । पानी आएपछि राति वासिङ गर्ने च्यानलमा पानी देखिएको थियो । च्यानलमा पानी देखिएपछि मेलम्चीको पानी सुन्दरीजल आइपुगेको पुष्टि भएको हो । गत वर्ष असार १ गतेदेखि नै पानी बन्द गरिएको सुरुङको फोहर पखालेर पानी अहिले वाग्मतीमा छोडिएको छ । मेलम्चीको पानी छोडेपछि वाग्मतीको बहाव केही बढेको देखिन्छ । अहिले वाग्मती धमिलो पानी बढेको स्थानीयवासी रामप्रसाद पुडासैनीले बताउनुभयो । गत वर्ष सुरुङमा पानी बन्द गरेकै राति मेलम्ची खोलाको मुहान क्षेत्रमा लेदोसहितको बाढी आएर मुहान क्षेत्रमा निर्माण गर...

स्थानीय निर्वाचनका लागि दलको चुनाव चिन्ह निर्धारण

ब्रेकिङ न्युज १, राजनिती, समाचार
देशभरका ७५३ स्थानीय तहको यही वैशाख ३० गते हुने निर्वाचनका लागि चुनाव चिन्ह निर्धारण गरी मतपत्रमा समावेश गरिएकोे छ ।निर्वाचन आयोगकाअनुसार विस २०७४ को प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त मत संख्याका आधारमा छ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको निर्वाचन चिन्ह निर्धारण गरिएको हो ।उक्त निर्वाचनमा नेकपा ९एमाले०लाई ३१ लाख ७३ हजार ४९४, नेपाली कांग्रेसलाई ३१ लाख २८ हजार ३८९, नेकपा ९माओवादी केन्द्र०लाई १३ लाख तीन हजार ७२१ र जनता समाजवादी पार्टी नेपाललाई नौ लाख ४२ हजार ४५५ मत प्राप्त भएको थियो ।विसं २०७४ को प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका र स्थानीय तहको निर्वाचनमा भाग लिन आयोगमा दर्ता भई राष्ट्रिय दलको मान्यता प्राप्त नगरे पनि जिल्लामा क्रियाशील सम्बन्धित दललाई आयोगबाट यसअघि प्रदान गरिएको निर्वाचन चिन्ह नै प्रदान गरिने भएको छ ।त्यस्ता राजनीतिक दलक...

सुनकोशी नदिमा डुबेर मृत्यु

ब्रेकिङ न्युज १, समाचार
सुनकोशी नदीमा पौडी खेल्न गएका एकको नदिमा डुबेर मृत्यु भएको छ । चौतारा साँगाचोकगढी न.पा. वडा नं. ९ सुकुटे नजिक रहेको बालुवा भन्ने ठाउँको सुनकोशी नदीमा पौडी खेल्न गएका २२ बर्षे रन्जन श्रेष्ठको डुबेर मृत्यु भएको हो । शनिबार दिउँसो २ बजेको समयमा दोलखा शैलुङ गाँउपालिका वडा नं.७ मन्जित बस्ने शिवहरी श्रेष्ठको छोरा २२ बर्षका रन्जन श्रेष्ठ डुबि बेपत्ता भएका थियो । ५ बजेको समयमा डुबेकै स्थानबाट निजको मृत लास फेला परेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । यसैबिच शनिबार ७ बजेको समयमा मेलम्ची नगरपालिका वडा नं ५ सिन्धुकोट भदौरे बस्ने ३९ बर्षका श्याम मिजारले धारिलो हतियार प्रयोग गरि आफ्नै घाँटी काटेका छन् । मिजारलाई हंसियाको प्रयोग गरि आफ्नै घाँटी काटी छट्पटाई रहेको अबस्था...

सिन्धुपाल्चोक मालपोतले मनायो लिखत पारितको शतबाार्षिकी

ब्रेकिङ न्युज १, समाचार
                                                                                                         रुपक पुरी              मालपोत कार्यालय सिन्धुपाल्चोकले लिखत पारितको शतबार्षिकीको अवसरमा अन्र्तक्रिया कार्यक्रम गरेको छ । मालपोत कार्यालयले आफ्ना गतिविधि सेवाग्राही समक्ष पु¥याउन उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमलाई सहजिकरण गर्दै मालपोत कार्यालय सिन्धुपाल्चोककका मलपोत अधिकृत विमल गुरुङले जग्गा प्रशासनमा लिखित राजेष्ट्रशन पारित भएको १०० वर्ष पुरा भएको अवसरमा सुधारका कार्यहरुका बारेमा जानकारी गराउनुभएको थियो । नेपालमा भूमि व्यवस्था निकै पुरानो रहेको बताउदै समय र आवश्यकता अनुसार मालपोत कार्यालयहरु परिवर्तन हुर्दै गएको उहाँले बताउनुभयो । उहाँले जग्गालाई व्यवस्थीत बनाउन र जग्गाको विवरण पारदर्शी बनाउन विभागले धेरै प्रयासहरु गरी नयाँ नयाँ कार्यक्रमहरु लागु गरेको बताउनुभयो ।प्रमु...

आचारसंहिता ख्याल गर्न काउन्सिलको आग्रह

ब्रेकिङ न्युज १, समाचार
प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता ख्याल गर्न सबैमा आग्रह गरेको छ। प्रेस काउन्सिल नेपालका सूचना अधिकारी रामशरण बोहराले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गर्नु भएको हो । बिज्ञेप्तीमा कुनै पनि दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर, पक्ष वा विपक्षमा समाचार प्रकाशन नगर्न आग्रह गरिएको छ । बिज्ञेप्तीमा स्थानीय निर्वाचनमा स्वतन्त्र भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई आग्रह गरीएको छ । यस्तै काउन्सिलले सामाजिक सञ्जालमार्फत यो वा त्यो दल वा दलका उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न नगराउन हुन सञ्चारमाध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरेको छ । प्रेस काउन्सिल नेपालले स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिता, निर्वाचन आचारसंहिता, २०७८ को ख्याल गर्दै आ–आफ्नो सञ्चार माध्यमबाट स्वतन्त्र भूमिका खेल्न अपिल गरेको छ । काउन्सिलले कुन...

मेलम्चीको खानेपानी पुन ः पथान्तरण, ३८ नं को गेट खोलेर मन्त्री चौधरीद्धारा उद्घाटन

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची नदीको पानी पुनः पथान्तरण गरिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मंगलबार १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गर्नुभयो । गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । सरकारले यही चैत मसान्तभित्र पानी काठमाडौँ पु¥याउने घोषणा गरेको थियो । पानी पठाउन आज सुरु गरिए पनि काठमाडौँमा पानी उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने बताइएको छ । गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो । परीक्षणका लागि असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएसँगै मलेम्चीको पानी वितरण प्रक्रिया अवरुद्घ बनेको थियो । सुरुङमा प्रतिसेकेन्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेप...