सम्पर्क

ब्रेकिङ न्युज १

शुरुभयोआइतमान र कुमारीको चुनाबी प्रचार

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालीकामा नेपाली काँग्रेसका २ नं क्षेत्रीय सभापती राप्रपाका २ नं क्षत्रीय अध्यक्ष कुमारी तामाङ्ग सयुक्त रुपमा रुख र हलो चिन्हमा मत माग्ने अभियानमा लाग्नु भएको छ । नेपाली काग्रेसले उपमेयरका लागी कुमारी तामाङ्गलाइ समर्थन गर्ने र राप्रपाले आइतमान तामाङ्गलाइ मेयरमा समर्थन गर्दै दुबै एक भयर निर्बाचन प्रसारमा लाग्नु भएको हो । उँहारुले मेलम्चीमा भ्रष्टचार हुन नदीने प्रतिबद्धता सहीत लाग्नु भएको छ । मत माग्ने क्रममा नेपाली काँग्रेसका क्षत्रीय सभापती समेत रहनुभएका तामाङ्गले ७बँदे प्रतिबद्धता प्रस्तुत गर्नु भएको छ भने कुमारी तामाङ्गले पनी सोही प्रतिबद्धतालाइ समर्थन गर्दै मेयरमा आइतमान र उपमेयरमा आफुलाइ मत दिएर जिताउँन आग्रह गर्नु भयो ।  ...

२ सभापती बिच सहमती उम्मेदवारी फिर्ता

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोकमा स्थानिय तह निर्वाचनमा मेलम्ची नगरपालकिामा २ क्षेत्रीय सभापती बिच एकताको सहमती भएको छ । नेपाली काँग्रेसका क्षेत्रीय सभापती आइतमान तामाङ्ग र राष्टीय प्रजातन्त्र पाटीका क्षेत्रीय अध्यक्ष कुमारी तामाङ्ग बिच निर्बाचनमा एकता को सहमती भएको हो । नगर प्रमुखमा आइतमान र उपप्रमुखमा कुमारीलाइ जिताउँनका लागी नेपाली काग्रेसबाट उपमेयरमा दिएको उम्मेदवारी र राप्रपाबाट मेयरमा दिएको उम्मेदवारी फिर्ता समेत भइ सकेको छ । राप्रपाबाट प्रमुखका उमेदवार शेष बहादुर तामाङ र काङ्रेसबाट उपप्रमुखको उमेदवार सबिता गुरुङले मनोनयन फिर्ता गर्नु भएको हो । सुनकोशी गाँउपालिकामा भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रविच गठबन्धन भएको कारण नेकपा माओवादीका अध्यक्ष पदका उम्मेद््वार कृष्ण कुमारी कुवँर, नेकपा एमालेबाट उपाध्यक्ष पदमा उम्मेद्वारी दिएकी मन्जु नेपाल भण्डारी सहित केही वडाध्यक्ष र सदस्यहरुले मनोनयन फिर्ता लि...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिव ३ बजे मेलम्ची नगरपालिका वडा नम्बर १२ फड्केश्वरमा मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा काभ्रे मण्डन देउपुर नगरपालिका वडा नम्बर ६ का ४४ बर्षिय इन्द्रबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो । बा ७४ प ७४८२ नम्बर २२० सिसिको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने घटना स्थलबाट प्रहरी सहायक निरिक्षक सुरज थापाले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा

ब्रेकिङ न्युज १, समाचार
त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा दिने निर्णय गरेको छ । विश्वविद्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले बिहिबार एक विज्ञप्ति प्रकाशित गरी यही वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिविका सम्पूर्ण क्याम्पस बिदा दिने जानकारी दिएको हो । विज्ञप्तिमा चालू शैक्षिक सत्रको वर्षे बिदाका सम्बन्धमा सत्रान्त बिदा दिइने क्याम्पसको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने र अन्य क्याम्पसको हकमा सम्बन्धित संस्थानबाट निर्णय गरे बमोजिम गर्ने तथा अन्य क्याम्पस, विभाग र स्कुलको हकमा विद्यार्थीको नियमित परीक्षा सञ्चालन यथावत् रहने गरी २०७९ वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म २३ दिन चालू शैक्षिक सत्रको वर्षे बिदा दिने निर्णय भएको उल्लेख छ । रासस...

जेठदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने

ब्रेकिङ न्युज १, समाचार
सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन सावर्जनिक बिदा दिने निर्णय गरेको छ । हाललाई परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार हप्तामा दुई दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यही वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज जानकारी दिनुभयो । उहाँले बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने र हप्तामा दुई दिन बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । रासस  ...

सिन्धु माओबादीमा ठुलै पहीरो

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोकका धेरै नेताहरुले नेकपा माओबादी परित्याग गरेका छन । बिशेष गरि पाटी नेतृत्वले कार्यकर्ताको भावना समेट्न नसके पछी अलग हुन परेको पाटी परित्याग गरेका हरुले प्रयोग गरेको सामाजीक सञ्जाल मार्फत जानकारी हुन आएको छ । यसरी पाटी परित्याग गर्ने हस्तीहरुमा चौतारा साँगाचोकगढी नगरपालीकाका पुर्ब मेयर अमान सिहं तामाङ्ग,वडा अध्यक्ष हरु शेर बहादुर श्रेष्ठ, उमा प्रसाद दुलाल,त्यसै गरी भोटेकोशी गाँउपालिकाको उपाध्यक्ष दाबुटी शेर्पा पाटी इन्चार्ज आङ्गछिरिङ्ग शेर्पा गाँउ कमिटीका अध्यक्ष लाक्पा शेर्पा लगाएतले पाटी छोडेको घोषणा गर्नु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४का वडाअध्यक्ष समेत रहनु भएका माओबादीका शेर बहादुर श्रेष्ठले सामाजीक सञ्जाल मा ३३ बर्ष लामो जनमोर्चा हुंदै माओवादी केन्द्र सम्मनको सम्बन्ध बिच्छेद भएको घोषणा गरीयो र आफु स्वतन्त्र रुपमा बस्ने निर्णय पनी गरीयोभन्दै यतिन्जेल सम्मन...

नेकपा माओवादी केन्द्रका दुई पक्षबीच झडप

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक चौतारामा नेकपा माओवादी केन्द्रका दुई पक्षबीचको झडप भएको छ । जिल्लाका शीर्षस्थ नेताहरुमाथि नै आक्रमण भएपश्चात सुरक्षास्थिति नियन्त्रणमा लिन सेना सडकमा निस्किएको हो । टिकट पाउने र नपाउने पक्षबीच विवाद उत्पन्न भई माओवादी आधार इलाका मानिने साँगाचोकगढी चौतारा नगरपालिकाको मेयरमा बहालवाला मेयर अमानसिंह तामाङलाई नदिई सापकोटालाई दिइएको भन्दै कार्यकर्ता आक्रोशित थिए । तामाङले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । तर झडपको कारण भने वडा नम्बर १ र १४ को वडाध्यक्ष ३० मत पनि नभएको नेकपा एसलाई दिइएको भन्दै माओवादीकै दुई पक्षबीच कुटाकुटबाट शुरु भएको हो । नगरपालिका कार्यालय तोडफोडपछि मनोनयन रोकिएका बेला माओवादीका नेताहरुलाई सुरक्षा दिएर राखिएकै ठाउँमा आक्रमण भएको थियो । झडपका क्रममा नगरपालिकामा पनि तोडफोड भएको छ । झडपले चर्काे रुप लिएको हल्ला बाहिरिएपछि नियन्त्रणमा लिन सशस्त्र प्रहरीले २ राउण्ड अश...

सिन्धुपाल्चोक जिल्लाका दुबै क्षेत्रीय सभापती चुनाबी मैदानमा

ब्रेकिङ न्युज १, समाचार
नेपाली कााग्रेस सिन्धुपाल्चोक जिल्लाका दुबै क्षेत्रीय सभापती चुनाबी मैदानमा आउँनु भएको छ । नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालीकामा युवा नेता आइतमान तामाङ्गलाइ मेयर बनाउँने भए पछी दुबै सभापती हरु चुनावी मैदानमा आउँनुभएको हो । नेपाली कााग्रेस सिन्धुपाल्चोकका युवा नेता तामाङ्ग २ नं क्षेत्रको क्षेत्रीय सभापती समेत हुनुहुन्छ । यस अघी नेकपा एमालेले जितेको स्थान मेलम्ची मा २ नं क्षेत्रीय सभापती तामाङ्ग र बाह्र्बिसे नगरपालीकामा नेपाली कााग्रेसका १ न् क्षेत्रीय सभापती बालकृष्ण बस्नेत को नाम आए को छ । नेपाली कााग्रेसको दुबै क्षेत्रका क्षेत्रीय सभापतीहरुले निर्बाचन जितेको खण्डमा दुइ महत्वपुर्ण नगरपालिकाको प्रतिनिधीत्व गर्ने अबशर पाउँने भएका छन । त्यसका साथै जिल्लाको सदरमुकाम रहेको सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालीकामा केशब गिरीलाइ मेयर बनाउँने का...

सिन्धुपाल्चोक एमालेको स्थानीय प्रमुख उपप्रमुख चयन तामाङ्गद्धारा निर्बाचनमा लाग्न अपिल

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  नेकपा एमाले सिन्धुपाल्चोकले १२वटै स्थानीय तहमा प्रमुख र उप प्रमुखको नाम चयन गरेको छ । खाश गरि नेकपा एमालेका नेताहरुले पनी आफ्नो पुर्बवत स्थान सुरक्षित गर्दै जिल्लाको सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालीका आफ्नो कब्जामा लिने बताएको छ । चौतारा साँगाचोकगढीमा नेपाली काँग्रेस ले पनी यस पटक आफ्नो कब्जामा लिने बताइरहँदा नेकपा माओबादी बाट पुर्ब मेयर अमान सिंह चुनावी प्रतिस्पर्धामा आउँनु भएको छ । नेकपा एमालेको स्थानीय तहको नाम छनौट गर्दै गर्दा असन्तुष्ट जानाउदै पाटी छोड्ने नेताहरु पनी त्यतीकै रहेका छन । नेकपा एमाले बाट निर्बाचित बलेफी गाँउपालकिाका अध्यक्ष केदार क्षेत्री यस अघी नै काँग्रेस प्रबेश गरि सकेका छन भने त्रिपुरा सुन्दरी गाँउपालीकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठ ले पनी पाटी त्यागेको समाचार आएको छ । यो सँगै उँहा निकट ब्यक्तीहरु पनी काँग्रेस प्रबेस गर्न छलफल चलाइरहेको बुझिन आ...

मनोनयनपत्र दर्ता मा चाप बढ्ने भएकाले दूइदिन समय दिइएको जानकारी

ब्रेकिङ न्युज १, समाचार
मनोनयनपत्र दर्ता मा चाप बढ्ने भएकाले दूइदिन समय दिइएको जानकारी स्थानीय तह निर्वाचन, २०७४ मा काठमाडौं महानगरपालिकामा जम्मा ८६०, बिराटनगर महानगरपालिकामा ७०३ र वीरगंज महानगरपालिकामा ११२५ जनाको मनोनयनपत्र दर्ता गर्नु परेको र अन्य निर्वाचन अधिकृतको कार्यालयमा समेत मनोनयनपत्र दर्ता गर्ने कार्यचाप अत्यधीक रहेकोले उक्त दिन मनोनयनपत्र दर्ता कार्य सम्पन्न नभई भोलिपल्टसम्म गर्नुपरेको साथै उक्त दिन उम्मेदवारको सूची प्रकाशन गर्ने कार्य अवरुद्ध हुन पुगेको अनुभव र राजनीतिक दल तथा सरोकारवालाहरुको सुझाव समेतलाई दृष्टिगत गरी आयोगले यस निर्वाचनमा मनोनयनपत्र दर्ताको समय दुई दिनका लागि तोकेको निर्बाचन आयोगले जनाएको छ । आयोगद्धारा शनीबार जारी बिज्ञेप्ती मा निर्वाचनमा चुन्ने र चुनिन पाउने नागरिक अधिकारलाई उच्च सम्मान गर्दै स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा आ–आप्mनो मनोनयनपत्र दर्ता गर्ने आम नागरिकको नैसर्गि...