सम्पर्क

ब्रेकिङ न्युज १

नगरप्रमुख बस्नेतद्धारा जनमुखी निर्णय

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले सोमबार एक समारोहका बिच पदभार ग्रहण गर्नु हँदै नगरपालिकाको पहलो बैठकबाट नगरमा बहुप्राबिधिक बिद्यालय निर्माण गर्नुका साथै नगर पालीकालाइ दमकल को ब्यस्थागर्ने लगाएत निर्णय सार्वजनिक गर्नु भएको छ सोमबार दिउँसो मेयरनगर प्रमुख बस्नेतले नगरपालिकामा पदभार ग्रहण गर्दै बाह्रबिसे नगरभित्रका दीर्घरोगी र जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य परीक्षण र औषधाी उपलब्ध गराउने, नगरभित्र बहुप्राबिधिक शिक्षालय स्थापना गर्ने निर्णय गरेकोे हो ।बस्नेतले आगलागीलाई नियन्त्रण गर्नका लागि बरुणयन्त्र खरीद गर्ने र चौबिसे घण्टा उपयोगिताका लागि तैनाथ राख्ने, नगरभित्रका सामुदायिक बिद्यालयमा कक्षा १ देखि ८ सम्म निशुल्क दिवा खाजा ब्यबस्थापन गर्ने, बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई स्त्तरोन्नति गरेर क्षेत्रीय स्तरको अस्पताल बनाउने, कृषि, पशुपालनलाई ...

राप्रपाद्धारा मुल्यबृद्धीको बिरोध

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाल आयल निगमा द्धारा जारी पेट्रोलियम पदार्थमा भउको मुल्य बिरोधमा बिभिन्न राजनिती दलहरुले बिरोध गरेका छन । राष्ट्रिय प्रजातन्त्र पार्टी ले पनी पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रेस विज्ञप्ति जारी गरी उपभोक्त हित विपरीत भएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेका गर्नु भएको छ । राप्रपाले यस खाले मूल्यवृद्धि अव्यवहारिक र आपत्तिजनक भएको बिज्ञेप्तीमा जनाइएको छ ।...

फेरी बढ्यो पेट्रोल प्रतिलिटर १८०

ब्रेकिङ न्युज १, समाचार
नेपाल आयल निगमले आईतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर रु १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २०० वृद्धि गरेको छ । पेट्रोलको मूल्य प्रतिलिटर रु १८०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर रु १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० पुगेको छ । निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो ।...

सुनकोशी हार्डवेरमा भिषण आगलागी

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला बलेफि गाउँपालिका –७ खाडिचौर स्थित सुनकोसी हार्डवेरमा भिषण आगलागी हुँदा आगो नियन्त्रणको लागि चौतारा र पाँचखालबाट २ ओटा दमकल जाँदै गरेको समचार प्राप्त भएको छ । आगलागीको कारण थाहा हुन सकेको छैन आगलागि नियन्त्रणमा स्थानिय सुरक्षा कर्मी र सर्वसाधरणहरु पनि खटिरहेका छन् बिस्तृत बिवरण आउन बाँकि छ ।...

सिन्धुपाल्चोक कांग्रेस ५,माओबादी४, र एमाले ३पालीकामा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
२०७९साल बैसाख ३० गते भएको स्थानीय निर्वाचन को १२वटै स्थानीय तहको परिणाम प्राप्त भएको छ । प्राप्त पणिाम अनुसार ५ वटा पालीकामा नेपाली कांग्रेस ४ वटा पालीकामा नेकपा (माओवादी केन्द्र) र ३ वटा पालीकामा नेकपा (एमाले) ले जितेको छ । निर्बाचान आयोग सिन्धुपाल्चोकको अन्तीम जानकारी अनुसार चौतारा साँगाचोकगढी नगरपालिकामा नगर प्रमुख कृष्णप्रसाद सापकोटा (नेकपा (माओवादी केन्द्र)ले ११,०७२ मत ल्याइ बिजय हुनु भएको छ । उँहाका प्रतिद्वन्दी इन्द्रबहादुर नेपाल (नेकपा एमाले) ले ६,७८५ ल्याउँनु भएको थियो भने उपप्रमुख मा सीता थापा (नेकपा (एकीकृत समाजवादी) ले ९,७२६मत ल्याइ बिजय हासिल गर्नु भएको छ । उँहाको प्रतिद्वन्दी बाल कुमारी सापकोटा (नेकपा एमाले)ले ६,८७७ मत ल्याउँनु भएको थियो यसै गरि बाह्रविसे नगरपालिकामा नगर प्रमुखमा बालकृष्ण बस्नेत (नेपाली कांग्रेस)ले ७,७२८मत ल्याइ बिजय हासिल गर्नु भएको छ । उँहाको प्रतिद्वन्दी न...

इन्द्रावतीमा झम्क नेपालद्धारा धन्यबाद

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेकपा एमालेको तर्फबाट इन्द्रावती गाँउपालिकाको अध्यक्षमा निर्बाचीत भएपछी नव निर्बाचित अध्यक्ष झम्क नेपालले सबै मतदातालाइ धन्यबाद दिनु भएको छ । उँहाले गत बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ मा नेकपा एमालेका तर्फबाट इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोकको अध्यक्षमा सूर्य ध्वजाबाहक उमेद्वारका रुपमा खडा भइ निर्वाचित गराउने आम मतदाताप्रति गौरवका साथ धन्यवाद दिन चाहान्छु भन्नु भएको छ । इन्द्रावतीका जनताको माया, विश्वास, भरोसा र सम्मानप्रति म आभारी छु । उक्त निर्वाचनमा म तथा नेकपा एमाले पार्टीका तर्फबाट उमेद्वार बन्नुभएका गाउँपालिकामा निर्वाचित उपाध्यक्ष, विभिन्न वडाका वडा अध्यक्ष र सदस्यहरु, प्रतिस्पर्धी नेपाली कांग्रेस र माओवादी केन्द्र बाट निर्वाचित जनप्रतिनिधि साथीहरू सबैलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । इन्द्रावती गाउँपालिकाको रुपान्तरण, विकास, संमृद्धि ...

चौतारासाँगाचोकगढी ईर्खुमा स्वागत

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धु पाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगर पालिका वडा नं. ८ नेपाली कांग्रेस इकाइ द्धारा नगरपालिकाभित्र निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई सम्मान तथा स्वागत गरेको छ । नेपाली कांग्रेस ईर्खु वडाद्धारा आयोजित कार्यक्रममा वडा नं. ७,८,९ र १० का वडा अध्यक्ष तथा वडा सदस्यहरुको उपस्थिती रहेको थियो । नेपाली कांग्रेस वडा नं. ९ कदमवास ईकाई समितिका सभापति दुर्गा राज गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति तथा अनुसाशन समितिका संयोजक टंक बहादुर कार्कीले नेपाली कांग्रेसका निर्वाचित नगरका चारै वटा पदाधिकारीले नमुनाको काम गरेर जनताको मन जित्नु पर्ने बताउदै नेपाली कांग्रेसको ४ वडाअध्यक्षहरुको जिम्मामा अरु १० वटा वडाहरु पनि विकासको काममा निगरानी गर्ने जिम्मेवारी बढेको बताउनुभयो । नेपाली कांग्रेस सिन्धुपाल्चोकले निर्वाचनको बेला असहयोग गर्ने कृयासिल सदस्यहरुको सदस्यता समे...

त्रिपुरासुन्दरीमा नेपाली कांग्रेसको जित

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाका त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका भक्तध्वज बोहोरा विजयी हुनुभएको छ । उहाँले चार हजार दुई सय २९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मेघनाथ पौडेलले तीन हजार दुई सय ६७ मत प्राप्त गर्नुभएको छ भने नेकपा माओवादी केन्द्रबाट बिर्ख बहादुर श्रेष्ठले एक हजार आठ सय ६२ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्ष नेपाली कांग्रेसका गिता कुमारी नेपालले चार हजार एक सय ५६ मत प्राप्त गरी विजयी हुनुभएको छ । नेपालका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सविता श्रेष्ठले तीन हजार आठ ८९ मत प्राप्त गर्नुभएको छ भने नेकपा माओवादी केन्द्रबाट मिना लामाले एक हजार दुई सय ३ मत प्राप्त गर्नुभएको छ ।...

बाह्रबिसे नगरपालिकामा नेपाली कांग्रेसको जित

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका बालकृष्ण बस्नेत हुनुभएको छ । उहाँले सात हजार ७३८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निमफुञ्जो शेर्पाले पाँच हजार ४३३ मत प्राप्त गर्नुभएको छ । यस्तै उपमेयर नेपाली कांग्रेसका मञ्जु तामाङले छ हजार ९७७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुशीला पाख्रीन पाँच हजार ९९० मत प्राप्त गर्नुभएको छ ।...