सम्पर्क

ब्रेकिङ न्युज १

काभ्रे र सिन्धुपाल्चोकका उत्कृष्ट ७ कृषक सम्मानित

ब्रेकिङ न्युज १, समाचार
कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकले काभ्रे र सिन्धुपाल्चोक जिल्लाका ७ उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । नगद १५ हजार, दोसल्ला र प्रमाणपत्र सहित मंगलबार कृषि विकास निर्देशनालयका प्रमुख रविन्द्र प्रधान, कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख तेजप्रसाद दवाडी लगायतले सम्मान गर्नु भएको थियो । सात वटा प्रदेश मध्ये बागमगती प्रदेश अन्र्तगतका जिल्लामा मात्रै यो कार्यक्रम लागु भएको छ । उत्कृष्ट राष्ट्रपति कृषक सम्मानका लागि आवेदन माग गरिएका ३८ वटा आवेदन मध्ये ७ वटा आवेदन छनौट गरी स्थलगत अध्ययन पश्चात सम्मान गरिएको कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख तेजप्रसाद दवाडीले बताउनु भयो । काभ्रेपलाञ्चोकबाट २८ कृषकको आवेदन परेको थियो भने सिन्धुपाल्चोक जिल्लाबाट १० वटा आवेदन दर्ता भएका थिए । काभ्रेपलाञ्चोक जिल्लाका ४ र सिन्धुपाल्चोक जिल्लाका ३ जना उत्कृष्ट कृषक सम्मानित भएका छन् ।कृषकहरुलाई उत्साहित गर्न सम्मान कार्...

मेलम्चीको निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना प्रदान

ब्रेकिङ न्युज १, समाचार
भर्खरै सम्पन्न स्थानिय तहमा निर्वाचित मेलम्ची नगरपालिकाका प्रमुख ,उपप्रमुख र वडा नम्बर ११का जनप्रतिनिधिलाई मेलम्ची नगर उद्योग वाणिज्य सघंले बधाई तथा शुुभकामना प्रदान गरेको छ । एक कार्यक्रमका बिच सघंका तर्फबाट कानुनी सल्लाहकार विष्णु प्रसाद धितालले नगर प्रमुख आइतमान तामाङलाई अब समृद्ध नगर मेलम्ची बनाउनका लागि मेलम्ची उद्योग वाणिज्य सघं सँग समन्वय गर्दै काम गर्न आग्रह गर्नुभयो । उहाँले बजार ब्यबस्थापन, सार्वजानिक शौचालय, पार्किङ ,खानेपानी, फोहोरमैला ब्यबस्थापन लगायतका काम गर्नुपर्नेमा नगरको ध्यानाकर्षण गराउनुभएको थियो । नगर प्रमुख तामाङले उद्योग वाणिज्य सघंसँग सहकार्य गर्दै आगामि दिनमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले बाह्रै महिना चल्ने सडक निर्माण, बर्खाको समयमा ह्युम पाइप निकालेपछि वैलल्पिक सडक ब्यबस्थापन,मख्य सडक सञ्चालनको लागि तयारी तथा ब्यापारीको हकहितका काम गर्ने प्रतिबद्धता ज...

सिन्धुपाल्चोकसहीत सरकारको बजेट

#, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मालो आर्थिक वर्ष २०७९÷८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट सार्वजनिक गर्नु भएको हो । budget fullआगामी आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ ।बिनीयोजित बजेटमा सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहहरु बाह्रबिसे नगरपालिकालाइ३७ करोड ७२ लाख चौतारासागढी नगरपालिकालाइ ६५ करोड ६८ लाख मेलम्ची नगरपालिकालाइ ६२ करोड ५ लाख भोटेकोशी गाउँपालिकालाइ २६ करोड ८ लाख त्रिपुरासुन्दरी गाँउपालिकालाइ२७ करोड २४ लाख लिसंखुपाखर गाउपालिकालाइ ३० करोड ८३ लाखसुनकोशी गाउँपालिकालाइ ३६ करोड ३१ लाख बलेफी गाउपालिकालाइ ३३ करोड ९५ लाखजुगल गाउपालिकालाइ ३३ करोड ८२ लाख ईन्द्रावती ...

सम्पर्कविहीन जहाजको तीव्ररुपमा खोजी

ब्रेकिङ न्युज १, समाचार
पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकप्टर परिचालन गरेको छ । पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिनुभयो । सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय र दुई जर्मनीका नागरिक गरी १९ यात्रु तथा चालक दलका तीन सदस्य सवार रहेको जनाइएको छ । जहाजको खोजी कार्य तीव्ररुपमा भइरहेको र हालसम्म कुनै जानकारी प्राप्त हुन नसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । जहाज खोजीका लागि फिस्टेल एयरको हेलिकप्टरसँगै स्थलगतरुपमा पनि खोजी भइरहेको त्यहाँका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।...

मिडिया साक्षरतामा ध्यान दिन प्रेस काउन्सिल अध्यक्ष बस्नेतको आग्रह

ब्रेकिङ न्युज १, समाचार
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार माध्यमलाई मर्यादित बनाउन मिडिया साक्षरता (लिटिरेसी) मा सबैले ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ । ‘पत्रकारितामा नयाँ पुस्ताको आगमन बढिरहेको छ, अनलाइनमा झन् बढी छ, यो पुस्ताकालागि आचारसंहितालगायतका विषयमा साक्षरता कार्यक्रम बढाउनुपर्ने देखिन्छ’– काउन्सिलद्धारा शुक्रबार आयोजित पत्रकार आचारसंहिता अभिमुखीकरण कक्षामा बोल्दै उहाँले भन्नुभयो । मिडिया साक्षरताको लागि सरकारले पर्याप्त स्रोत÷साधन उपलब्ध गराउनुपर्ने बस्नेतको सुझाव थियो । ‘काउन्सिलले खासगरी नयाँ आउने अनलाइन मिडियाका सञ्चालक र पत्रकारमा केन्द्रित भई नियमितरूपमा आचारसंहिता अभिमुखीकरण अभियान थालेको हो–उहाँले भन्नुभयो ।’ सोही क्रममा विषय विज्ञका रूपमा आउनुभएका त्रिभुवन विश्व विद्यालय पत्रकारिता तथा आमसञ्चार विषयका सह–प्राध्यापक डा.कुन्दन अर्यालले काउन्सिलको पछिल्लो कदमको स्वागत गर्नुभय...

सरकारले पेट्रोलियम पदार्थमा कर घटाइँदै

ब्रेकिङ न्युज १, समाचार
सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने भएको छ । मन्त्रिपरिषद बैठकले सैद्धान्तिक सहमति दिएपछि अर्थ मन्त्रालयले पूर्वाधार र भन्सार करवापत प्रतिलिटर १० रुपैयाँ कर घटाउने तयारी गरेको हो । मन्त्रिपरिषदको बैठकमार्फत पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर घटाइने सैद्धान्तिक सहमति भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार पूर्वाधारवापत ५ रुपैयाँ र भन्सार शुल्क ५ रुपैयाँ गरी १० रुपैयाँ घटाइनेछ । बजेटमार्फत यसलाई सम्बोधनको तयारी गरिएको छ । खाना पकाउने ग्यासमा भने कुनै शुल्क नघटाइने भएको छ ।...

एम्बुलेन्स दुर्घटना हुदाँ एक वृद्धको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको खाडिचौर जिरी सडकखण्ड अन्तर्गत पर्ने सुनकोशी गाउँपालिका–७ स्थित दुईकिलो नजिकै एम्बुलेन्स दुर्घटना भएको छ । बुधबार राति बा २० च ६३२७ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो । सडकखण्डबाट एम्बुलेन्स खसेर घरमा सुतिरहेकी ८९ वर्षीया मनमाया खड्काको निधन भएको छ । एम्बुलेन्स घरभित्र छिरेपछि घाइते भएको खड्काको उपचारका लागि अस्पताल लाने क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार एम्बुलेन्स सडकबाट दुई मिटर तल झरेको थियो ।...

बहुमुखी क्याम्पस चौताराले गर्यो बधाई कार्यक्रम

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपालचोक जिल्लाको सदरमुकाम स्थित चौतारा बहुमुखी क्याम्पसले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चौतारा सानँगाचोकगढी नगरपालीकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरि बधाई तथा शुभकामना दिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख र १४ वटा वडाका वडा अध्यक्षहरुलाई बुधबार चौतारा क्याम्पसमा बधाई तथा शुभकामना दिएको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित प्रमुख कृष्णप्रसाद सापकोटा देशबन्धुले नगरपालिकाले गर्ने कुनै पनि सहयोग र समन्वय त्यो सधैं रहिरहने र थप सहयोग जुटाउनका प्रदेश र संघमा अधिकतम प्रयास गरिने र सबैले सो का लागि हातेमालो गर्न अनुरोध गर्नु भयो । सापकोटाले सिङ्गो नगरलाई शैक्षिक हबको रुप बिकास गर्नका लागि बृहत् छलफल र अन्तर्कृया कार्यक्रम गरि एउटा निष्कर्षमा शैक्षिक अभियान सन्चालन गर्ने आफ्नो योजना रहेको भन्दैे छलफल का...

सरकारको नीति तथा कार्यक्रम दिवा खाजा कक्षा ८ सम्म लाइ

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार सङ्घीय संसद्मासरकारको नीति तथा कार्यक्रम प्रस्तुतगर्नु भएको छ । निती तथा कार्यक्रममा दिवा खाजा विस्तारसहित विद्यालय शिक्षामा सुधार गर्न विद्यालय क्षेत्र विकास योजना कार्यान्वयनमा ल्याउने उल्लेख छ । नीति तथा कार्यक्रममा शिक्षामा प्रविधियुक्त शिक्षालाई विकास गर्न भौतिक पूर्वाधार निर्माण गर्ने, सामुदायिक विद्यालयमा सूचना प्रविधिको विस्तार गर्न इन्टरनेट सुविधा ५० प्रतिशत शुल्कमा उपलब्ध गराउने, गुणस्तरीय शिक्षा प्रणालीको विकास गर्ने, विद्यालयको न्यूनतम पूर्वाधार कार्य सम्पन्न गर्ने, विज्ञान गणित शिक्षकको अभाव हुन नदिन शिक्षक दरबन्दी थप गर्ने, नमूना विद्यालयलाई सुविधासम्पन्न बनाउँदै सञ्चालनमा ल्याउने, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिवर्तन गर्ने उल्लेख गरिएको छ ।नेपाल-सरकारको-नीति-तथा-कार्यक्रम-२०७९_८० विश्वविद्यालयलाई राष्ट्रिय महत्वका आधारमा व...

त्रिपुरासुन्दरीको पहीलो प्रथमिकता शुल्क मिनाह

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाँउपालिकाको पहीलो लोकप्रिय काम भनेको सर्बसाधरण नागरिकले अनाबश्यक तिर्न पर्ने शुल्क मिनाह गर्ने निर्णय गरेर नव निर्बाचित पदाधिकारीहरुको कार्य शुभारम्भ गरेको छ । गाउँपालिका प्रमुख भक्त ध्वज बोहोराले पद भार ग्रहण गर्दै सिफारिसहरुमा लाग्ने शुल्क निशुल्क गर्ने निर्णय गर्नु भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेलले जानकारी दिनु भयो । उँहाका अनुसार पञ्जीकरण,ब्यक्तीगत घटना दर्ता समय सिम३५दिन भित्र दर्ता हुन आएमा निशुल्क रहेको र अन्य शुलक हरुमा मालपोत बाहेकका सबै खाले सिफारिसमा लिइदै आएको शुल्क निशुल्क गर्ने अध्यक्ष ज्युको निर्णय भएकाले सबै वडाहरुलाइ सोही अनुसार शुलक नलीन पत्रचार गरिसकीएको समेत कुइकेलले जानकारी दिनु भयो । नेपाली काँग्रेसले निर्बाचन जितेका स्थानहरुमा यसरी अनाबश्यक लिइएको शुल्क हरु हटाउँने पहीलो प्राथमिकतामा परेको छ ।...