आलेख सेवा ः समावेशी बन्दै संस्कृत शिक्षा
महोत्तरी, १७ साउन (रासस)ः मधेसमा अत्यन्त पिछडिएको मानिने खत्वे जाति समुदायका नवीन मण्डलले संस्कृत भाषाकै अध्ययन जारी राखेर उच्च शिक्षा प्राप्त गर्ने रहर पाल्नुभएको छ । महोत्तरीको मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयबाट यसपालि माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नुभएका मण्डललाई संस्कृत भाषा साहित्य अध्ययनको चाहना बढेको हो । एकताका उच्च कुलीन ब्राह्मणका लागि मात्र शिक्षाको अवसर दिने संस्कृत पाठशालाको नाउँ मात्र फेरिएको छैन । राजकीय संस्कृत माध्यमिक विद्यालय सबै जातजाति र समुदायको साझा बन्दैछ । मधेसका दलित समुदायका मण्डल आफ्नै दाजु दीपेन्द्र मण्डलको सल्लाहमा संस्कृत पढ्न मटिहानी पुग्नुभएको हो । दाजु दीपेन्द्रले पनि केही वर्षअघि यसै संस्कृत विद्यालयबाट प्रवेशिका उत्तीर्ण गर्नुभएको थियो । दाजुकै प्रेरणाले संस्कृत पढ्न थाल्नुभएका जिल्लाकै भ्रमरपुराका बासिन्दा नवीन संस्कृत भाषा...
