सम्पर्क

ब्रेकिङ न्युज १

साल्ट ट्रेडिङले दसैँअगावै तोरीको तेल उत्पादन गर्ने

बिजनेस, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादनगर्ने भएको छ । दसैँअघिदेखि हेटौँडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले जनाएको छ । तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत वढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोगगर्न पाउने कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेशकुमार झाले बताउनुभयो । कर्पोरेशनले अहिले आयोडिनयुक्त नून, एसटिसी ब्राण्डको खाना पकाउने ग्यास, चामल, गेडागुडी, स्थानीय उत्पादनलाई प्याकिङगरी उपभोक्तामाझ पु¥याउँदै आएको छ । पछिल्लो पाँच वर्षयता कर्पोरेशनको कारोवार निरन्तर बढिरहेको छ । आर्थिक वर्ष २०७३÷७४ मा कर्पोरेशनले रु आठ अर्ब ५८ करोडको उपभोग्य वस्तुको बिक्री गरेको थियो । आव २०७४÷७५ मा रु नौ अर्ब ६८ करोड, आव २०७५÷७६ मा रु आठ अर्ब २५ करोड, आव...

फरार प्रतिवादी पक्राउ

ब्रेकिङ न्युज १, समाचार
इलाका प्रहरी कार्यालय मेलम्चीले फरार प्रतिवादी पक्राउ गरेको छ । २०७६ असार १५ गतेको फैसलाले बहुबिबाह मुद्धामा १ बर्ष कैद र ५ हजार जरिवाना त्यस्तै चोरी मुद्धामा १ महिना कैद र ८ लाख ४३ हजार ३ सय ९६ रुपैयाँ जरिवाना सजाँय फैसला भएका मेलम्ची ७ दुवाचौरको ३७ वर्षिय लाल बहादुर भनिने जय बहादुर वाईवालाई सोमबार पक्राउ गरिएको हो । पक्राउ परेका वाईवालाई जिल्ला कारागार चौतारा चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक शिव बुढाथोकिले जानकारी दिनुभयो । जिल्ला अदालत चौतारामा दाखिला गरेकोमा अदालतको आदेसमा निजलाई लागेको कैद जरिवाना सजाँय असुलका लागि सोमबार जिल्ला कारागार चौतारा चलान गरेको बुढाथोकीले बताउनुभयो ।...

पनौतीका ७३ घर सम्पदामैत्री बनाइँदै

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार, साहित्य
काभ्रेपलाञ्चोक, २६ भदौ (रासस) ः पनौती नगरपालिकाको संरक्षित क्षेत्रअन्तर्गत ऐतिहासिक पनौती सहरमा पूरानो शैलीका घर बनाइँदैछन् । नगरको वडा नं ७ स्थित सम्पदा क्षेत्रमा पर्ने एक हजार चार घरमध्ये पहिलो चरणमा ७३ घर सम्पदामैत्री बनाउन थालिएको हो । यसका लागि नगर कार्यालयले स्थानीयलाई प्रोत्सहानस्वरुप आर्थिक सहयोग गरिरहेको छ । नगरले संरक्षित स्मारक क्षेत्रमा रहेका पूराना शैलीका निजी भवनको संरक्षण तथा बाहिरी आवरण सम्पदामैत्री बनाउनेसम्बन्धि प्रोत्साहन मापदण्ड–२०७७ जारी गरी स्थानीयलाई प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको हो । नगरको सहयोगमा स्थानीयले पूरातत्व विभागले दिएको मापदण्डअनुसारको नीजि आवास निर्माण गर्नुपर्ने हुन्छ । नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार नगरस्थित सम्पदा शाखाले स्थानीयले सम्पदामैत्री संरचना निर्माणबारे अनुगान, आवासको नक्सा पूरातत्व विभाग तथा नगरबाटै अन्...

प्रहरीमा भर्ना खुल्यो

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
म्यादी प्रहरीमा भर्ना खुलेको छ।myadi prahari एकलाख पन्ध्रहजार जनालाइ नियुक्त दिने गरिु म्यादी प्रहरीमा भर्ना खुलेको छ यही भदौ ३० गते  देखी असोज ६ गते  सम्ममा दरखास्त दिइ सक्नु पर्ने छ ।

नेकपा एमाले इन्द्रावतीमा आचार्यको संयोजकत्वमा ६०१निर्वाचन समितीघोषणा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेकपा एमाले इन्द्रावती गाँउपालिकाका प्रबक्ता समेत रहनु भएका पालिका कमिटीका अध्यक्ष शशिनाथ आचार्यको संयोजकत्वमा ६०१ सदस्यीय निर्वाचन मुल परिचालन कमिटी घोषणा गरिएको छ जसमा पालिका कमिटी र मातहत कमिटीका सबै पार्टी सदस्य र जनवर्गीय संगठन, इन्द्रावती काठमाडौं सम्पर्क मञ्चका नेतालाई समेत समेटेर ६०१सदस्यीय समिती बनाइएको समाचार प्राप्त भएको छ । शनीबार पाटी नेता माननीय शेर बहादुर तामागंको प्रमुख अतिथ्यतामा भएको नेकपा एमाले इन्द्रावतीको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उक्त घोष्णा गरिएको हो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि इन्द्रावती दर्जनौ एमालेमा प्रवेश गर्नुभएको छ। कार्यक्रममा पार्टीका नेताहरू दावा तामाङ, डम्बर अर्याल, हस्त पंडित, झम्क नेपाल लगायतका प्रदेश कमिटी, जिल्ला कमिटी, जन वर्गीय संगठनका नेताहरु लगायतको उपस्थिति रहेको थियोे । भेला मार्फत पालिका कमिटीले ३ महिने अभियान घोषणा गर...

कुभिण्डेमा एमालेको भेला, माओबादीले धोका दिएको अमानसिंहको आरोप

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका कुबिण्डेमा नेकपा एमालेको भेला तथा नबप्रबेशीहरुलाइ स्वागत कार्यक्रम गरिउको छ । शनिवार नेकपा एमाले चौतारा साँगाचोकगढी वडा नं ४ कुभिण्डेको वडा भेला तथा पार्टीमा स्वागत कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा चौतारा साँगाचोकगढी नगरपालिकाको पूर्व नगर प्रमुख अमानसिं तामाङसहितका माओवादी नेताहरु एमालेमा प्रबेश गरेका कारण नव प्रबेशी नेता तथा कार्यकर्ताहरुलाई स्वागतार्थ आयोजना गरिएको सो कार्यक्रममा बोल्दै पुर्ब नगरप्रमुख तामाङले माओवादीले आफ्नो मुद्दा भूलेर परिवारवादमा सीमित भएको बताउँदै माओबादीले सर्बसधरणलाइ धोका दिएको बताउँनु भयो । आगामी निर्वाचनबाट एक्ला एक्लै निर्वाचनमा गए माओवादीको अवस्था छर्लङ्ग हुने र कुभिण्डेमा एमाले पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताउँनु हँदै तामागंले ‘देशको वर्तमान अवस्थामा नेकपा एमाले नै सच्चा कम्युन...

शिक्षक महासंघको पत्र चौतारालाइ

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  सिन्धु पाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका शिक्षक महासंघे नगर प्रमुख केष्ण प्रसाल सापकोटालाइ ध्यानकर्षण पत्र बुझाएको छ । शिक्षक महासघं चौतराकासाँगाचोकगढी नगरपालिकाका अध्यक्ष राजु पराजुलीको अध्यक्षतामा गएको टोलीले शुक्रबार ज्ञापन पत्र बुझाएको हो । अध्यक्ष राजु पराजुली सहअध्यक्ष राजेन्द्र प्रसाद सापकोटा, सचिब सुवर्ण लाल श्रेष्ठ द्धारा हस्ताक्षरित पत्र नगर उपप्रमुख सिता थापाको बिशेष उपस्थितीमा उक्त पत्र बुझाइएको हो ।  ...

मेलम्ची नगर प्रमुख सहितलाइ बालेनको स्वागत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाका मेलम्ची नगरुपालीकाका प्रमुख आएतमान तामाङ उपप्रमुख उमा प्रधान सहितका पदाधिकारीहरुलाई काठमाण्डौ महानगरपालीकाका प्रमुख बालेन शाह उपप्रमुख उमा प्रधान लगायतलाइ स्वागत गर्न भएको छ । यसका साथै पर्यटन बिकास संस्कार सस्कृतीको जगेर्ना कसरी गर्न सकिन्छ र कसरी समृद्ध नगर बनाउन सकिन्छ भन्ने बिषयमा समृद्ध छलफल भएको नगर प्रमुख आइतमान तामाङले बताउँनु भएको छ । भाद्र शुक्ल चतुर्दशीको दिन काठमाडौंका महानगरबासी नेवार समुदायले इन्द्रजात्रा उत्सव मनाउने परम्परा छ । राजा गुणकामदेवले सर्वप्रथम इन्द्रजात्रा उत्सव मनाउन शुरु गरेको यसै दिनलाई राजा जयप्रकाश मल्लले रथयात्रा गर्ने परम्परा बसालेका जनाइएको छ । चोखो भएर बिहानै इन्द्रध्वज उठाउने, लिङ्गो पूजा गरी शिरमा पुष्प गुच्छाले सजाई, छाता सहितको गजूर र जमिनसम्म छुने कपडाको ध्वजा हनुमान् ढोका अगाडि तलेजु भवानीको मन्दिर सामु राखिन्छ ।त्यस ध्...

जनमतको कदर गर्न सिन्धु काँग्रेसको आग्रह

ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
जनमतको कदर गर्न सके मात्र राज नेताका कामहरु सफल हुने हुदा जनमतको कदर गर्न‘ राजनेताहरुको पहीलो दाइत्व रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्व मन्त्री मोहनबहादुर बस्नेतले बताउँनु भएको छ । जनमत अनुसार गठबन्धन नभए स्विकार गर्न नसकिने कुरा दोहोर्याउनु हुँदै बसनेतले यस्तो बताउँनु भएको हो । सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं १ मा आफुले टिकट नछोड्ने संकेत गर्दै हाइट र पदले नभै जनमत अनुसार गठबन्धन हुनुपर्नेमा जोड दिनुभयो । शुक्रबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा भएको १०९ औँ बीपी जयन्ती तथा जनताको साथमा कांग्रेस अभियानको पहिलो चरणको समापन कार्यक्रमा प्रमुख अतिथिको आशन बाट बोल्नु हुँदै बस्नेतले उक्त कुरा बताउनुभएको हो । उँहाले बिपिको आदर्शलाई नेपाली कांग्रेसले अक्षरस सिरोधार्य गर्दा नेपालको छिटै सम्मुनत हुने बताउँदै नेपाली कांग्रेस विपिको आदर्शबाट थोरै मात्र चुक्यौ भने नेपालमा प्र...

बिभिन्न कार्यक्रम गरी मनाइयो साक्षरता दिबस

ब्रेकिङ न्युज १, समाचार, साहित्य, स्वास्थ्य
‘साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण’ भन्ने आदर्श वाक्यका साथ नेपालमा पनि ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो । दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सन्देश दिनुहुँदै साक्षरता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्याङ्नको मापनसहितको प्रतिवेदन समेत सार्वजनिक गरेको छ । यसै सन्धर्भमा सिन्धुपाल्चोक जिल्लामा पनी बिभिन्न कार्यक्रम गरि यो दिबस मनाइएको छ । जिल्लाको सदर मुकाम चौतारासाँगानचोक गढी नगरपालिकामा पनी शैक्षिक गुणस्तर सिकाइ अभिवृद्धिमा सरोकारवालाको भूमिका भन्ने शीर्षकमा अन्तरक्रियात्मक कार्यक्रम...