जम्मा ६१प्रतिशत मत खस्यो सिन्धुमा ५९प्रतिशत
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मंसीर ४गते देस भर केही सामान्य घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले प्रारम्भिक विवरण अनुसार करिब ६१ प्रतिशत मतदान भएको देखिएको जनाएको छ ।नवलपरासी पूर्वको देवचुली नगरपालिका वडा नं.४ को शान्ति सिर्जना आधारभूत विद्यालय, सुर्खेत जिल्लाको सिम्ता गाउँ पालिका वडा नं। ६ सिम्ता बहुमुखी क्याम्पस, गुल्मी जिल्लाको कालीगण्डकी गन्या भगवती मावि अर्वेनी र बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका नन्देश्वरी मावि पिपलचौर लगायत अन्य ८ स्थानसमेत गरी कूल १५ मतदान स्थलमा मतदान स्थगन भएको छ । स्थगन भएका मतदान केन्द्रमा आवश्यक तयारी गरी दुई दिनभित्र पुनः मतदान गराउने भएको छ ।मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि दलीय सहमति जुटाई काठमाडौँ उपत्यकालगायतका क्षेत्रमा मतगणना शुरू गर्ने र अन्य स्थानमा मतपेटिका सुरक्षित साथ स...
