सम्पर्क

जम्मा ६१प्रतिशत मत खस्यो सिन्धुमा ५९प्रतिशत

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मंसीर ४गते देस भर केही सामान्य घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले प्रारम्भिक विवरण अनुसार करिब ६१ प्रतिशत मतदान भएको देखिएको जनाएको छ ।नवलपरासी पूर्वको देवचुली नगरपालिका वडा नं.४ को शान्ति सिर्जना आधारभूत विद्यालय, सुर्खेत जिल्लाको सिम्ता गाउँ पालिका वडा नं। ६ सिम्ता बहुमुखी क्याम्पस, गुल्मी जिल्लाको कालीगण्डकी गन्या भगवती मावि अर्वेनी र बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका नन्देश्वरी मावि पिपलचौर लगायत अन्य ८ स्थानसमेत गरी कूल १५ मतदान स्थलमा मतदान स्थगन भएको छ । स्थगन भएका मतदान केन्द्रमा आवश्यक तयारी गरी दुई दिनभित्र पुनः मतदान गराउने भएको छ ।मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि दलीय सहमति जुटाई काठमाडौँ उपत्यकालगायतका क्षेत्रमा मतगणना शुरू गर्ने र अन्य स्थानमा मतपेटिका सुरक्षित साथ संकलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न निर्देशन आयोगले भनेको छ । यता सिन्धुपाल्चोकमा पनी चौतारा साँगाचोकगढी नगरपालिका ९र १४मा केही सकांस्पद बस्तुहरु राखीएको भन्दै केही बेर मतदान स्थलमा त्रास फैलाउँन ओजिएको भएता पनी तत्काल जिल्ला सुरक्षा समितीले त्यसलाइ सामान्य बनाएको थियो जल्ला निर्वाचन कार्यलयका अनुसार सरदर ५६ प्रतिशत मत खशेको छ । जसमा प्रतिशतका आधारमा सबै भन्दा मेलम्ची नगरपालिकामा ६१.६३प्रतिशत मत खशेको छ भने सबै भन्दा कम लिसंखु पाखरमा ४५.६८प्रतिशत खशेको छ । कुल मतदाता संख्या २६०२७३रहेकोमा १४६३०४ मत खशेको जनाएको छ ।