मौन अवधिमा मतदातालाई पैसा बाँडेको आरोपमा काठमाडौं ५ ९२०का एमाले उम्मेदवार दीपक निरौलासहित तीनजनालाई प्रहरीले करिब पाँच घन्टा नियन्त्रणमा लिएको नयाँपत्रीका दैनिकले समाचार छापेको छ । समाचार अनुसार निरौला सँगै बुढानीलकण्ठ नगरपालिका– ६ का वडाध्यक्ष रवि खड्का र एमाले बुढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले शुक्रबार साँझ साढे ७ बजेतिर नियन्त्रणमा लिएको थियो । यो क्षेत्रमा प्रतिनिधिसभातर्फ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा रहनु भएको छ।
स्थानीयबासीले उम्मेदवार निरौलासहितको टोलीले बुढानीलकण्ठ– ६ स्थित एक घरमा पैसा बाँडिरहेको खबर गरेपछि प्रहरी पुगेको थियो । बा.२० च ९६८९ नम्बरको गाडी बाहिर राखेर उनीहरू घरभित्र रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर महाराजगन्ज वृत्तमा राखेको थियो । गाडी पनि नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएको तीनैजनालाई मध्यराति छाडिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले उम्मेदवार निरौलासहित तीनजनालाई नियन्त्रणमा लिएको र छानबिनका लागि निर्वाचन आयोगलाई खबर गरिएको बताउँनु भयो । ‘पैसा बाँडेको विषयमा विवाद भएपछि हामीले तीनजनालाई नियन्त्रणमा लिएका हौँ । पैसा बाँडेको हो–होइन भन्ने विषयमा निर्वाचन अनुगमन समितिबाट छानबिन होला,’ उहाँले भन्नुभयो । निर्वाचन आयोगको टोलीको उपस्थितिमा गाडीको खानतलासी गरेपछि उम्मेदवार निरौलासहितका तीनैजनालाई छाडिएको थियो ।
निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)का सदस्यसचिव कमल भट्टराईले उम्मेदवार निरौलासहितका केही व्यक्ति पैसासहित समातिएको र प्रहरीले नियन्त्रणमा लिएको सूचना आयोगमा आएको बताउँनु भयो । ‘काठमाडौं क्षेत्र नम्बर ५ मा केही व्यक्ति पैसासहित समातिएको र प्रहरीले नियन्त्रणमा लिएको सूचना आयोगमा आएको छ । पहिलो त सुरक्षा निकायले नै एक्सन लिने हो, लिइहाल्यो । अब थप कारबाही प्रमाणका आधारमा निर्वाचन कसुरअनुसार हुँदै जान्छ,’ उहाँले भन्नु भयो ।
स्थानीय र कांग्रेस कार्यकर्ताले निरौलासहित पैसा बाँड्ने कार्यमा संलग्नहरूमाथि कारबाहीको माग गर्दै शुक्रबार मध्यरातिसम्म महाराजगन्ज प्रहरी कार्यालयअगाडि नाराबाजी गरेका छन् । सँगै एमाले कार्यकर्ताले राज्यशक्तिको दुरुपयोग गरेर आफ्ना उम्मेदवारको चरित्र हत्या गर्न खोजेको भन्दै रिहाइको माग गरेर नाराबाजी गरिरहेका छ।
पक्राउ परेका एमाले उम्मेदवार निरौलाले भने आफू एक क्यान्सरका बिरामीलाई भेट्न त्यहाँ गएको विषयलाई अनावश्यक आरोप लगाइएको दाबी गर्नु भएको छ । तर, मौन अवधिमा उम्मेदवारले यसरी मतदातासँग भेटघाट गरेको घटना शंकास्पद देखिएको एक प्रहरी अधिकारीले बताए ।
एमाले काठमाडौं ५ निर्वाचन परिचालन कमिटीले साँझ विज्ञप्ति जारी गर्दै छिमेकी र पार्टीका शुभेच्छुकसमेत रहेका क्यान्सरका बिरामी लामाको स्वास्थ्य अवस्था बुझ्न जाँदा राज्य संयन्त्रको दुरुपयोग गर्दै प्रहरी बोलाउने तथा पैसा बाँडेको भनेर बदनाम गराउने कार्य गरिएको जनाएको छ । ‘पार्टी शुभेच्छुकसमेत रहनुभएका आफ्नै छिमेकीलाई भेट्न जाँदा गरिएको यस्तो हर्कतको हामी भत्र्सना गर्न चाहन्छौँ । साथै, प्रहरी प्रशासनको समेत दुरुपयोग गरिएकोमा यसको छानबिन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराउन चाहन्छौँ,’ निर्वाचन परिचालन कमिटीका संयोजक शान्ति अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एमालेको बुढानीलकण्ठ नगर कमिटीका सचिव श्रीकृष्ण श्रेष्ठले बिरामी भेट्न गएका आफ्ना उम्मेदवारबारे विनाप्रमाण पैसा बाँडेको हल्ला गरेर घटनालाई अतिरञ्जित गरिएको बताउँनु भयो । ‘आफ्नो निर्वाचन क्षेत्रको एकजना क्यान्सरपीडित बिरामीको अवस्था बुझ्न, उहाँलाई सान्त्वना र साथ दिन हाम्रो उम्मेदवारले जनप्रतिनिधिलाई पनि साथमा लिएर जानुभएको थियो । तर, त्यही वेला पराजित मानसिकता बोकेका केही व्यक्तिहरूले सुनियोजित तरिकाले विनातथ्य–प्रमाण, मानवीय मूल्य–मान्यताजस्तो संवेदनशीलतालाई समेत ख्याल नगरी हचुवाका भरमा आरोप लगाएर होहल्ला गरेका हुन्न’ श्रेष्ठले भन्नु भयो ‘उम्मेदवार र एउटा ठूलो पार्टीको जिल्ला अध्यक्षजस्तो जिम्मेवार व्यक्ति त्यत्तिकै बिरामीको घरमा जाँदैन भन्ने संवेदनशीलतालाई समेत उनीहरूले ख्याल गरेन। केवल हो–हल्ला गरेर घटनालाई अतिरञ्जित मात्रै गरे । त्यो अवस्थामा प्रहरी आएका कारण उहाँहरू छलफलका लागि प्रहरीसँगै जानुभएको हो, घटनाले नराम्रो रूप नलियोस भनेर उम्मेदवार निरौलासहितका एमाले नेता–कार्यकर्ताले प्रहरीलाई सहयोग गरेका हुन ।’
आरोप प्रमाणित भए के हुन्छ कारबाही ?
निर्वाचन कसुर तथा सजाय ऐनको दफा २१ मा नगद वा जिन्सी दिन वा लिन नहुने व्यवस्था गरिएको छ । उपदफा ९१० मा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसको रूपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुन नहुने उल्लेख छ । यस्तो कार्य गरिए कसुर गर्ने व्यक्तिलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था उपदफा २ मा छ ।
क्यान्सरपीडितको अवस्था बुझ्न जाँदा सुनियोजित तरिकाले आरोप लगाइयो श्रीकृष्ण श्रेष्ठ एमाले बुढानीलकण्ठ नगर कमिटी सचिव
आफ्नो निर्वाचन क्षेत्रको एकजना क्यान्सरपीडित बिरामीको अवस्था बुझ्न, उहाँलाई सान्त्वना र साथ दिन हाम्रो उम्मेदवारले जनप्रतिनिधिलाई पनि साथमा लिएर जानुभएको थियो । तर, त्यही वेला पराजित मानसिकता बोकेका
केही व्यक्तिहरूले सुनियोजित तरिकाले विनातथ्य–प्रमाण, मानवीय मूल्य–मान्यताजस्तो संवेदनशीलतालाई समेत ख्याल नगरी हचुवाका भरमा आरोप लगाएर होहल्ला गरेका हुन् । उम्मेदवार र एउटा ठूलो पार्टीको जिल्ला अध्यक्षजस्तो जिम्मेवार व्यक्ति त्यत्तिकै बिरामीको घरमा जाँदैन भन्ने संवेदनशीलतालाई समेत उनीहरूले ख्याल गरेनन् ।
केवल हो–हल्ला गरेर घटनालाई अतिरञ्जित मात्रै गरे । त्यो अवस्थामा प्रहरी आएका कारण उहाँहरू छलफलका लागि प्रहरीसँगै जानुभएको हो, घटनाले नराम्रो रूप नलियोस् भनेर उम्मेदवार निरौलासहितका एमाले नेता–कार्यकर्ताले प्रहरीलाई सहयोग गरेका हुन् ।
महोत्तरीमा उम्मेदवारको गाडीबाट डेढ लाख बरामद
महोत्तरी क्षेत्र नम्बर १ (ख)का प्रदेश सभा उम्मेदवार विष्णुकुमार योञ्जनको गाडीबाट प्रहरीले डेढ लाख रुपैयाँ बरामद गरेको छ । पैसा बाँड्न लागेको सूचनाका आधारमा प्रहरीले उहाँलाई केही समय नियन्त्रणमा समेत राखेको थियो ।
महोत्तरीमै अवैध मतपत्र प्रहरीले बरामद गरेको छ । बर्दिवास– ३ स्थित गौरीडाँडाबाट स्वस्तिक छाप लगाएको मतपत्र बोकेको एचआर ३६ एस ५४७१ नम्बरको भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको हो । सूर्य चिह्नमा स्वस्तिक छाप लगाएको दुई सय ६२ थान नमुना मतपत्र फेला परेको छ । यस विषयमा छानबिन भइरहेको महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए ।
यसैबीच, कास्कीमा गण्डकी प्रदेशका अर्थमन्त्री मौन अवधिमा प्रचारमा हिँडेको भन्दै विवाद भएको छ । अन्नपूर्ण गाउँपालिका– १ मा एमाले कार्यकर्ताले उहाँलाई अवरोध गरी कारबाहीको माग गरेका थिए । –नयापत्रीकाबाट)
