सम्पर्क

ब्रेकिङ न्युज १

बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ : मन्त्री बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, २४ भदौ : स्वास्थ्य तथा जनसङख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा एक बालिका मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने स्पष्ट पार्नुभएको छ । इजिप्टको राजधानी कायरोमा आयोजित जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किनुभएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै केही दिन पहिले कान्ति बाल अस्पतालमा पाँच वर्षीय बालिका रेजिशा गोपालीको समयमा उपचार नपाउँदा मृत्यु भएको घटनाका दोषीमाथि कारबाही हुने बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त घटना भएको समय म बाहिर भए पनि चासोका साथ हेरेको छु । मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ । जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ ।” मन्त्री बस्नेतले इजिप्टको कायरोमा सम्पन्न सम्मेलनमा जनसङख्या बसाइँसराइँ र...

तामाङ कलाकार संघमा विशाल

ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, साहित्य
नेपाल तामाङ कलाकार संघको१६ औं बार्षिक साधारणसभा तथा आठौँ अधिवेशन भएको छ अधिबेशनबाट बाट चर्चित गायक तथा संगीतकार बिशाल काल्तान अध्यक्ष मा निर्बाचित हुनु भएको छ भने बरिष्ट उपाध्यक्ष रोशन फ्युबा तामाङ ,उपाध्यक्ष सुभाष मोक्तान ,महासचीब खेम मोक्तान,सचीब निर्मला घिसिङ, कोषाध्यक्ष योगेश लामा रसदस्यहरुमा बुद्ध लामा, जितु लोप्चन ,रेश्मा बम्जन, आस्मान लोप्चन ,जीबन बम्जन ,बैरागी मोक्तान लक्ष्मी स्याङतान्,अञ्जु थोकर, मिन योञ्जन,बसन्ती लामा,अनिता गोले,सुमिना लो, मिलन थिङ पराङ,प्रदिप लामा , स्मारिका थिङ तामाङ,रहनु भएकोछ । शनीबार जोरपाटी स्थित याङरिमा हिल सिटिमा सम्पन्न १६ औं साधारणसभा एवं ८ औं अधिवेशनबाट काल्तानको अध्यक्षतामा २१ सदस्यीय केन्द्रिय कार्यसमिति निर्वीरोध भएको हो।  ...

मलङ्गवामा कर्फ्यु जारी

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
मलङ्गवा (सर्लाही), २३ भदौ : सर्लाही सदरमुकाम मलङ्गवामा कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज साँझ ५ बजेदेखि भोलि विहान ८ बजेसम्म कर्फ्यु जारी गरिएको जानकारी दिनुभयो ।शुक्रबार साँझ मलङ्गवा नगरपालिका चोकमा कृष्ण जन्माष्टमीको अवसरमा निर्माण गरिएको कृष्ण भगवानीको मूर्ति विसर्जन गरी फर्किने क्रममा दुई पक्षबीच विवाद भएको थियो । विवाद ढुङ्गा हानाहान र झडपमा परिणत भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । ढुङ्गा लागेर लागेर मूर्ति विसर्जनमा सहभागी भएका केही व्यक्ति र प्रहरी समेत घाइते भएका छन् । आज दिउँसो फेरि दुवै पक्षबीच ढुङ्गा हानाहान हुनथालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले १२ सेल आश्रुग्यास प्रहार गरेको प्रहरी ...

शिक्षक युनियन सिन्धुमा सुनुवार

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल सिन्धुपाल्चोक जिल्ला कार्यसमितिको दोश्रो जिल्ला अधिवेशनले मिन बहादुर सुनुवारको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिती निर्वाचित गरेको छ । शनिबार चौतारामा सम्पन्न भएको माध्यमिक विद्यालय शिक्षक युनियनका केन्द्रीय अध्यक्ष टीका प्रसाद न्यौपानेको प्रमुख अतिथ्यता र केन्द्रीय अर्थ उपमहासचिव यज्ञ घिमिरेको विशेष आतिथ्यतामा अधिवेशन भएको हो । अधिबेशनले महिला उपाध्यक्षमा भिमा राई पुरुष उपाध्यक्षमा बलराम नेपाल, सचिबमा प्रकाश सापकोटा, सह–सचिवमा सोम बहादुर सिंगर, कोषाध्यक्षमा रञ्जित शाह, र सदस्यहरुमा गोबिन्द त्रिताल, तारा दाहाल, प्रदिप कोइराला, गोबिन्द प्रसाद भुसाल, प्रेम बहादुर चलाउँने, अदिप अधिकारी, गिता सापकोटा, र डिक बहादुर राई निर्विरोध निर्वाचित हुनु भएको छ । अधिवेशनको खुला सत्रमा युनियनका पूर्व केन्द्रीय सदस्य बोधराज भट्रराई, चौतारा साँगाचोकगढी नगरपालिकाका स...

महिला संघको तिज विशेष बाह्रविसेमा

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार, स्वास्थ्य
नेपाल महिला संघ सिन्धुपाल्चोकले शुक्रबार बाह्रविसेमा तिज विशेष कार्यक्रम गरेको छ । शुक्रबार बाह्रविसे बजारमा एक कार्यक्रम आयोजना गरी नेपाल महिला संघ, नेपाल तरूण दल, नेपाल बिद्यार्थी संघ र लोकतान्त्रिक आदिवासि जनजातिको विभिन्न पदमा मनोनित भएकाहरूलाई सम्मान तथा बधाइ दिदै महीला संघले तिज बिशेष कार्यक्रम गरेको हो ।कार्यक्रममा प्रमुख अतिथी नेपालि कांग्रेस महामन्त्री गगन कुमार थापाले कार्यक्रमको उद्धघाटन गर्नु हँुदै राजा संग लडेको कांग्रेस पार्टी भित्रको रजौटा संग लड्न नडराउने बताउनुभएको छ । उहाँले १५ औँ महाधिवेशनमा पार्टी भित्रको परिवारवादलाई परास्त गरि तल्लो स्तरबाट नेतृत्व चयन हुने दाबी गर्नुहँुदै कांग्रेस भित्र प्रभाव छाड्न महिलाको भुमिका अहम हुने बताउँनु भयो । पार्टीभित्रको गुटको अन्त्य र पार्टीभित्रको विभेद अन्त्यका लागि टिकट वितरणको प्रणाली परिवर्तन गर्नुपर्ने समेत थापाले सो अबशरमा बताउनु...

टिफरको ठक्करबाट बालिकाको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका — १२ साँगाचोक डडुवा जाने चोक स्थित टिफरले ठक्करदिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनजागृति माध्यमिक विद्यालय पढ्ने अन्दाजी १० बर्षकी बेली बिक रहेकी छिन् । चौताराबाट बन्देउ तर्फ जाँदै गरेको बा ५ ख ६७९० नम्बरको टिफरले बालिकालाई ठक्कर दिदा उनको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।...

वडाध्यको सुविधाबाट अक्षयकोष स्थापना ः उत्कृष्ट विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउपालिकाका वडा नं. ६ का वडा अध्यक्ष वडाध्यक्ष चक्रबहादुर बस्नेतले आफु वडाअध्यक्ष भएबापत जनप्रतिनिधीले पाँउने सेवा सुबिद्याबाट अक्षयकोष स्थापना गर्नुका साथै वडाका उत्कृष्ट विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत गर्नु भएको छ । वडाध्यक्षहरूलाई मासिक १८ हजार भत्ता र कम्तीमा पनी दुई वटा बैठकको भत्ता २ हजार ५ सय गरी मासिक २० हजार ५ सय पाउने रकम अक्षय कोष स्थापना गरि जम्मा गरिएको छ । ५ वर्षसम्म प्राप्त हुने सबै सेवा सुविधा अक्षय कोषमा जम्मा गरेर त्यसबाट प्राप्त हुने ब्याजबाट वडा भित्र विभिन्न सामाजिक काम गर्न सुरुवात समेत वडा अध्यक्ष बस्नेतले सुरुवात गर्नु भएको छ । विभिन्न सामाजिक काम गर्ने गरी अक्षयकोषको स्थापना गरेका छन् । सरकारले उपलब्ध गराउने सेवा सुविधाबाट सुनकोशी गाउँपालिका–६ का वडाध्यक्ष चक्रबहादुर बस्नेतले विभिन्न सामाजिक काम गर्ने गरी अक्षयकोषको स्थापना ग...

मेलम्चीको पानी दसैँअघि उपत्यकामा वितरण गर्न मुस्किल

ब्रेकिङ न्युज १, समाचार
वर्षायाममा बन्द गरिएको मेलम्ची खानेपानी काठमाडौँ उपत्यकामा दसैँअघि वितरण गर्न मुस्किल भएको छ । पानी पठाउने मुख्य स्थान एक नम्बर गेट र पानी खोल्ने र बन्द गर्ने नौ नम्बर गेटबाहिर बाढीले ढुङ्गा, माटो थुपारेका कारण दसैँअघि पानी लैजान सकिने सम्भावना कम रहेको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो । ढुङ्गा, माटोले के कति पुरिएको छ भन्ने बर्सात सकिएपछि मात्रै थाहा हुने उहाँले बताउनुभयो । “अहिले मुहान क्षेत्रमा पुग्न सक्ने अवस्था छैन । प्राविधिकहरूको भनाइ अनुसार १६ मिटरभन्दा बढी हेडवक्र्स र सुरुङको मुख वरपर ढुङ्गा, माटो र गेग्य्रान थुप्रिएको छ,” श्रेष्ठले थप्नुभयो । मेलम्ची खोलामा धमिलो पानी आउन थालेपछि असार १८ गतेदेखि आयोजनाको हेडवक्र्सबाट सुरुङमा पानी हाल्न रोकिएको छ । आयोजनाले सुरुङमा पानी पठाउन रोकेका कारण ठुलो क्षति नभएको आयोजनाले जनाएको छ । मेलम्चीको...

एक सय १५ वर्ष पुरानो मन्दिर पुनःनिर्माण

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक, २० भदौ : पूर्वसभामुख अग्नीप्रसाद सापकोटाले चौतारा पुरानो बजारस्थित एक सय १५ वर्ष पुरानो ऐतिहासिक एवं पुरातात्विक महत्त्व बोकेको कृष्ण मन्दिरको उद्घाटन गर्नुभएको छ । नेकपा(माओवादी केन्द्र)का उपाध्यक्षसमेत रहनु भएका सापकोटाले आज एक कार्यक्रमकाबीच श्रीकृष्ण जन्माष्टमीको दिन पारेर उक्त मन्दिरको उद्घाटन गर्नुभएको हो । उहाँले कृष्ण मन्दिर जस्तै पुरातत्व महत्त्व बोकेका मन्दिरको खोज अनुसन्धान गरी यस्ता मन्दिरहरूलाई संरक्षण, सम्वर्द्धन गर्नुपर्ने बताउनुभयो । संस्कृति आत्मा हो भन्दै परम्परा संस्कृतिलाई जोगाइराख्नुपर्ने उहाँको भनाइ छ । आआफ्नै परम्परा संस्कृति छन् तिनीहरूलाई जोगाइ युवापुस्तालाई बोध गराई नैतिक शिक्षा दिनु आजको आवश्यकता रहेको नेता सापकोटाले बताउनुभयो । यस्तै चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले नगरपालिका यस्ता पुरातात्विक सम्पदाको संरक्षणमा सधैँ लागिर...

आत्महत्या सम्बन्धी समाचार सम्प्रेषण गर्दा सञ्चारमाध्यम संवेदनशिल हुनुपर्ने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
आत्महत्या सम्बन्धी समाचार सम्प्रेषण गर्दा सञ्चारमाध्यम संवेदनशिल हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।बागमती प्रदेशकी वन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीको प्रमुख आथित्यतामा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको अयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा भएको आत्महत्या रिपोटिङ सम्बन्धी कार्यशाला गोष्ठीमा सहभागीहरुले यस्तो बिषयमा जोड दिएका हुन । कार्यक्रममा बागमती प्रदेशकी वन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीले प्रमुख अतिथी आसन बाट बोल्दै आत्महत्या जस्तो संवेदनशिल विषयमा सञ्चारमाध्यमले सजगता अपनाएर सूचना दिनुपने बताउनु भएको छ । कार्यक्रममा बोल्दै मन्त्री भन्डारीले नकरात्मक सोचले आत्महत्या बढेको बताउनुभयो । उहाँले स्थानीय सरकारले विद्यालय, समूदाय, टोलटोलमा विभिन्न कार्यक्रम गर्नुपर्नेमा जोड दिदैं अभिभावकले आफ्ना सन्तानहरु प्रति बढि चासो निगरानी गर्न सके आत्महत...