सम्पर्क

ब्रेकिङ न्युज १

कार्कीसमाजद्धारा जेष्ठनागरिकलाई सम्मान

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुली,भाद्र २७ सिन्धुली जिल्ला कमलामाइ नगरपालिकामा मुडुला कार्कीहरुले एक समारोहको आयोजना गरी जीवनको ७० बसन्त पार गरी परिवार र समाजमा अग्रजको भुमिका निर्वाहमा रहेका बृद्ध बृद्धाहरुलाईसम्मान गरेका छ ।क्षेत्री जातीमा पर्ने मुडुला कार्कीहरुको छाता साझा सस्था मुडुला कार्की कुलायन व्यवस्था समिति नेपाल कमलामाई नगर समितिको आयोजनामा भएको सो कार्यक्रममा ७० जना बृद्ध बृद्धा र एकल महिलाहरुलाई दोसल्ला ओढाई कदरपत्र प्रदान गरी सम्मान गरिएको हो । कमलामाई नगर समितिका अध्यक्ष भुवबहादुर कार्कीको सभापत्विमा संचालित सो कार्यक्रमको प्रमुख अतिथि मुडुला कार्की कुलायन व्यवस्था समिति नेपाल केन्द्रीय समितिका सदस्य शंकर कार्की हुहुन्थ्यो कार्यक्रमको प्रमुख नतिथकिो आसनबाट बोल्दै उँहाले समाज र परिवारका अग्रजहरुको सम्मान र आदर गर्न सकियो पछिल्लो पिढीकालागि नैतिक जिम्मेवारी बोध हुने कुरामा जोड दिनु भएको थियो ।     ...

३०गते बाह्र्रबिसेमा तीज विशेष सांस्कृतिक कार्यक्रम हुने

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाले महिलाहरुको पर्व हरितालिका तीजको अवसर पारी तीज बिशेष साँस्कृतिक कार्यक्रम गर्नेे भएको छ । बाह्र्रबिसे नगर पालिकाका कवर्ड हलमा स्वास्थ्य मनत्री माननीय मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा राष्ट्र्ीय कलाकारहरुको बिशेष अतथ्यतामा सस्कृती कार्यक्रम गर्न लागीएका बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनु भयो । यसै बिच नगरपालिकाले एक सुचना जारी गर्दै बाह्रबिसे कर्भडहल खुर्सानीबारीमा आगमी भदौ ३० गते शनिबार तीज विशेष साँस्कृतिक कार्यक्रममा उपस्थिती हुनका लागि सम्पुर्ण महिला दिदिबहिनीहरुमा अनुरोध गरेको छ ।  ...

मेलम्चीनगरद्धारा पाँचपोखरीलाइ आर्थीक सहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धु पाल्चोक जिल्ला मेलम्ची नगरपालिकाकाले पाँचपोखरी थाङपाल गाउँपालिकालाइ रु दशलाख रुपैया को आर्थीक सहयोग गरेको छ । मेलम्ची नगरपालिकाले बाढी, पहिरोबाट प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामालाई रु दश लाखको चेक हस्तान्तरण गर्नुहुदै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बिपत सबैलाइ पर्छ तर बिपदलाइ हटेर होइन डटेर सामना गर्नु पर्छ भन्नु भयो । उँहाले मेलम्ची नगरपालिका आफै पनी बिपदमा छ तै पनी हामीले थोरै भए पनी सहयोग गर्ने निर्णय गरेका छौ भन्दै चेक हस्तानन्तरण गर्नु भयो । छिमेकी पालिकाहरुमा समस्या पर्दा केहि सहयोग पुगोस् भन्ने उद्धेश्यले सहयोग गरिएको नगर प्रमुख तामाङले बताउनुभयो ।मेलम्ची नगरपालिकाको चेक लिँदै पाँचपोखरी थाम्पाल गाँउपालिकाका अध्यक्ष टासी लामाले मेलम्ची नगरपालिकाले पाँचापोखरी थाम्पाल गाँउपालिकामा परेको समस्यालाइ समाधान गर्न चासो देखाएकोमा आफुलाइ खुशी लागेको बत...

कृषि क्षेत्रको विकासमा प्रदेश सरकारको साथ छ : मुख्यमन्त्री जमकट्टेल

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
मनहरी (मकवानपुर), २६ भदौः बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले कृषि क्षेत्रमा गरिएको लगानीमा प्रदेश सरकारले साथ दिने बताउनुभएको छ । आज मकवानपुरगढी गाउँपालिका–५ सानो सुकौरामा माइती नेपाल र द कोकाकोला फाउन्डेसनको सहकार्यमा निर्माण हुन लागेको एकीकृत कृषि फार्म तथा तालिम केन्द्र भवनको शिलान्यासका अवसरमा मुख्यमन्त्री जमकट्टेलले कृषि र पशुसम्बन्धी तालिम र व्यावसायिक काममा प्रदेश सरकारको पनि सहयोग रहने बताउनुभयो । उहाँले एकीकृत कृषि फार्म तथा तालिम केन्द्रलाई आवश्यक कृषिजन्य सामग्री तथा अन्य सहयोग गर्न तयार रहेको बताउनुभयो । मानव बेचबिखनमा परेका महिलालाई लक्षित गरी सीपमूलक तालिम प्रदान गर्न लागेकोमा उहाँले धन्यवाद समेत व्यक्त गर्नुभयो । उहाँले माइती नेपालको इतिहास लामो रहेकाले सरकारले गरिनुपर्ने सहयोगमा आफू प्रतिबद्ध रहेको बताउनुभयो । माइती नेपालका संरक्षक अनुराधा कोइरालाको अध्य...

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

ब्रेकिङ न्युज १, समाचार
नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो तर नेम्वाङको बाटोमै निधन भएको उहाँका स्वकीय सचिव कृष्णप्रसाद काफलेले जानकारी दिनुभयो । शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश महर्जनका अनुसार, नेम्वाङलाई आज बिहान १ः२० बजे अस्पताल ल्याएको थियो । डा. महर्जनका अनुसार, नेता नेम्बाङको ४ः२० मिनेटमा निधन भएको औपचारिकरुपमा अस्पतालले घोषणा गरेको हो । विसं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवी बनाउनुभएको थियो ।...

ऋण नतिर्ने सहकारीका ऋणीहरुको सेवा रोकीन्छ आइतमान तामाङ

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
  सहकारीबाट ऋण लिएर नतिर्ने सहकारकिा ऋणीहरुलाई सहकारी सस्थाको अनुरोधमा स्थानीय सरकारले प्रदान गर्ने बिभिन्न सेवाहरु रोक्न सकिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभएको छ । उँहाले महिलाहरुको सहभागितामा संचालित इन्द्रावती महिला बिकास बचत तथा ऋण सहकारी संस्थाको १९ औँ बार्षिक साधारण सभाको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो ।सोमबार आयोजित कार्यक्रममा उहाँले सहकारी संस्थाहरुको बिकासले ग्रामिण क्षेत्रमा रहेका आफ्ना शेयर सदस्यहरुको आर्थिक अबस्था परिवर्तनको लागि उल्लेख्य भुमिका खेल्दै आएकोमा खुशि व्यक्त गर्दै आगामि दिनमा पनि उत्पादनमुलक र व्यवसायमुलक क्षेत्रमा ऋण लगानी गर्न आग्रह गर्नुभयो । उहाँले उत्पादनमुलक ठाउँमा गर्ने लगानीमा नगरपालिकाले पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोहीे अबसरमा बागमति प्रदेशका पूर्व पशुपक्षिं बिकास राज्यमन्त्री इन्द्रमाया गुरुङ, मेलम्च...

सांसदसँग रासस- संसद् सत्ताधारी दलले आफू अनुकूल सञ्चालन गर्ने रहेछन् : सांसद शाह

ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, २५ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय अभ्यासमा नयाँ छ । तर रास्वपाका सांसदले संसद्मा उठाउने आवाज भने लामो समय संसदीय अभ्यासमा भिजिसकेका दलका सांसदको भन्दा कम छैन । रास्वपाबाट समानुपातिक सांसद चुनिनुभएका असिम शाहको करिब नौ महिनाको संसदीय अभ्यास भने उहाँले चाहेजति सन्तोषजनक छैन । उहाँकै शब्दमा भन्दा, ‘एक्सन ओरिन्टेट’ काम गर्न सदन र सरकार दुवै असफल छन् । ‘सांसदसँग–रासस’ संवादका क्रममा क्रममा सांसद शाहले सुरुआती दिनमा संसदीय अभ्यास र गतिविधि बुझ्नै समय लागेको तर पछि बुझ्दै गएपछि संसद् पनि स्वतन्त्र ढङ्गले सञ्चालन हुने नसकेको आभाष भएको बताउनुभयो । “सुरुमा हामी आफै सिकिरहेका थियौँ । हाम्रो आफ्नै भोगाइ र सिकाइ रह्यो । तर बुझ्दै जाँदा संसद् सत्ताधारी दलबाट आफ्नो अनुकूल सञ्चालन हुने रहेछ भन्ने थाहा भयो”, सांसद शाह भन्नुहुन्छ, “हामीले पटक–पटक सदन अवरोध नगर्न अनुरोध गरिरह्यौँ...

फेरी सलबलाए जुरे पहिरो

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको जुरेमा फेरी सुख्खा पहिरो गएको छ । आज बिहान करिब ९ बजेदेखी जुरेमा सुख्खा पहिरो खस्न थालेको छ । पहीरोले सडक अवरुद्ध तथा कुनै मानवीय क्षती भने भएको छैन । आजभन्दा ठीक नौ वर्षअघि २०७१ साउन १७ गते जुरेमाथिबाट पहाड खस्दा जुरेको सिङ्गो बस्ती पुरिएको थियो । १४५ जनाको ज्यान समेत गएको थियो भने सयौँ मानिस विस्थापित भएका थिए । यस बर्ष आज बिहानैदेखी जगंलको बिचबाट पहिरो गई रहेको छ । त्यहाँ कुनै मानवीय बस्ती नभएका कारण कुनै क्षेती भने भएको छैन र सडक पनी अबरुद्ध भएको छैन ।             तस्वीर सामाजिक संञ्जाल फेसबुकबाट...

वडा सदस्य गिरी द्धारा स्वास्थ्य सामाग्री बितरण

ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाचोकगढी न पा वडा न ९ का वडा सदस्यहरु तथा दिलिप गिरिलगाएतले नगरका ७,८,९,१०मा स्वास्थ्य सामाग्री बितरण गर्नू भएको छ। सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगर पालिका वडा नं ८ स्थित इर्खु स्वास्थ्य चौकीलाइ Oxygan Concentarator Machine १ थान र जल्केनी स्वास्थ्य कार्यलयलाइ २थान वडा नं ९लाइ २थान र ७लाइ १थान मेसिन दिइएको छ प । सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाचोकगढी न पा वडा न ९ का वडा सदस्य दिलिप गिरिले आइतबार उक्त कन्स्ट्र्रेटर मेसिन वडा न ८का वडा अध्यक्ष मार्फत इर्खु स्वास्थ्य चौकीलाइ प्रदान गर्नू भएको हो ।  वडा न ९ंका वडा अध्यक्ष बिमल श्रेष्ठले आफ्नो वडा सदस्य दिलिप गिरी ,र कुल बहादुर कार्की, भगवान गिरी , मङ्गल बहादुर श्रेष्ठ, हरिशरण गिरी र खिल राज गिरीको सहयोगमा उक्त सामान दिइएको बताउँनु भयो । वडा नं ८का अध्यक्ष अमृत दङ्गालले वडा नं ७,८,९,१० लगाएतका नागरिक...

कांग्रेसले पहिलो पटक आयोजना गरेको बिपी साहित्य महोत्सवको रौनक

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
-भीष्मराज ओझा काठमाडौँ, २४ भदौ : नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद कोइरालाको एक सय १०औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको बिपी साहित्य महोत्सवको उद्घाटन तथा पहिलो दिनका कार्यक्रम भव्यरूपमा सम्पन्न भएका छन् । महोत्सव आज भदौ २४ देखि २६ गतेसम्म चल्नेछ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको त्रि–दिवसीय ऐतिहासिक महोत्सवको उद्घाटन तथा अन्य कार्यक्रममा पार्टीका नेता कार्यकर्ताका साथै प्राज्ञिक तथा विद्वान बुद्धिजीवी, अध्येता एवं राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुचि राख्नेलगायत व्यक्तित्वको बाक्लो सहभागिता थियो ।महामानव बिपी कोइरालाको एक सय १०औँ जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना, नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिबार र फाइनआर्टको सहयोगमा महोत्सवको आयोजना गरिए...