सम्पर्क

ब्रेकिङ न्युज १

निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ७१ जनाले लिए सेवा

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका—९ भोटसिपामा २ सय ७१ जनाले निःशुल्क स्वास्थ्य चेक जाँच गराएका छन् । ईन्द्रावती गाउँपालिका वडा नं. ११ बोडगाउँ आधारभुत अस्पतालको समन्वय तथा सहकार्य, जय नेपाल संस्था र ईन्द्रावती–९ वडा कार्यालयको संयुक्त आयोजनामा गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ७१ जनाले सेवा लिएका हुन् । शिविरमा डा.सुमन कर्माचार्य, डा.अनिता तिमल्सीना, डा. धर्मेन्द्र पाण्डे लगायत बिदेसी ईटालियन डा.हरुको टोलीले सेवा प्रदान गरेको थियो । वडामै सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको ईन्द्रावती–९ का वडा अध्यक्ष बाबुराम लामाले बताउनुभयो । गाउँमै निःशुल्क स्वास्थ्य चेकजाँच गर्न पाएपछि स्थानीय खुसी भएका छन् ।...

नगर बाल सञ्जालमा श्रेष्ठ

ब्रेकिङ न्युज १, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा नगरभित्र माध्यमिक विद्यालयमा बाल क्लब र स्काउटमा आबद्ध २ छात्रा र २ छात्र सहभागीमा बालभेला, अभिमुखीकरण तथा पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ । भेलामा नगरपालिकाका उपप्रमुख सीता थापा, सामाजिक विकास संयोजक रामप्रसाद गौतम, विभिन्न वडाका वडाअध्यक्षहरुको उपस्थिति रहनुभएको थियो । भेलामा उपस्थित बालबालिकालाई बालबालिका कर्मी ललित रानाले बाल अधिकार र बालबालिकाको नेतृत्व तथा सशक्तीकरणका लागि प्रशिक्षण गर्नु भएको थियो । अब बन्ने नयाँ समितिले बालबालिकाको क्षेत्रमा अझ सक्रिय रहनु पर्ने र नगरलाई बाल मैत्री घोषणा गर्न तोकिएका सूचकहरु पूरा गर्न नगर बाल सञ्जालको महत्त्पूर्ण भूमिका रहने कुरा बताउदै भेलालाई सम्बोधन गर्नु भएको थियो । कार्यक्रम सञ्चालन बालबालिका तथा महिला शाखाका शाखा अधिकृत गोविन्द ढुङ्गेलले गर्नुभएको थियो । गत वर्ष गठित बाल सञ्...

पत्रकारितालाई जीवित बनाइराख्न कार्टुन विधा जोगाउनुपर्छ: काउन्सिल अध्यक्ष बस्नेत

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
  प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा कार्टुन विधाको व्यावसायिकताका लागि काउन्सिलले रचनात्मक काम गरिरहेको जानकारी दिनुभएको छ ।काउन्सिलको आयोजना, कार्टुनिस्ट क्लबको संयोजन र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नक्सालमा भएको सञ्चार माध्यममा कार्टुन र आचारसंहिता विषयक अन्तरक्रिया कार्यक्रममा बस्नेतले पत्रकारितामा कार्टुन विधाको व्यवसायिक सुरक्षा आवश्यक रहेको औँल्याउनुभयो । ‘कार्टुनले पत्रकारितालाई रचनात्मक र रोचक बनाउछ । यो हेर्दा नकारात्मक जस्तो लागे पनि यसले दिने सन्देश सधैँ सकारात्मक हुन्छ । पत्रकारिताको विज्ञापन बजार, अनलाइन पत्रकारिता सँगसँगै कार्टुन विधालाई अघि बढाउन पहल जरुरी छ ।’ अध्यक्ष बस्नेतले भन्नुभयो, ‘पत्रकारितालाई जिवित बनाइराख्न पनि कार्टुन विधा बाँच्नुपर्छ । आधुनिक पत्रकारितामा कार्टुनलाई समावेश गर्न सकियो भने पत्रकारिता जिवित रहन्छ ...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

ब्रेकिङ न्युज १, समाचार
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल÷मट्टितेलको मूल्यमा क्रमशः प्रतिलिटर रु ११ र रु ५ घटाएको हो । निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६९ तथा डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६५ कामय भएको छ । यसैगरी, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७१ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६७ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७२ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६८ तोकिएको छ । यसअघि, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिलटर एक सय ८० तथा डिजेलको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ ५० पैसा, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ८२ र डिजेलको ...

जेष्ठ नागरिक र सुत्केरी महिलाहरुलाई पोषिला खाद्य वितरण

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सुनकोशी गाउँपालिका– ५ नम्बर वडाले दशैंको पुर्वसन्ध्यामा वडा भित्रका जेष्ठ नागरिक, सुत्केरी महिला बालबालिकाहरुलाई विभिन्न सामग्रीहरु वितरण गरेको छ । वडा कार्यालयको लक्षित वर्ग कार्यक्रम अन्र्तगत जेष्ठ नागरिकहरुलाई हर्लिस र एक थान थर्मश,सुत्केरी महिलाहरुलाई पोषणका सामग्रीहरु अण्डा, गेडागुडी लगायत विभिन्न प्रकारका मसलाहरु प्रदान गरिएको हो । सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना,वडाध्यक्ष जालबहादुर लामाले सुत्केरी र वृद्धाहरुलाई उक्त सामग्री प्रदान गर्नुभएको थियो । वडा कार्यालयको लक्षित कार्यक्रम अन्र्तगत नै सरस्वती आवि शिल्कुमा अध्ययनरत सबै विद्यार्थीहरुलाई स्कुल ब्याग,महिला समुहको कार्यालयका लागि आवश्यक फर्नीचर पनि वडाले उपलब्ध गराएको थियो । त्यस्तै युवा तथा खेलकुद कार्यक्रम अन्र्तगत भुमेश्वरी मावि, रतनकोट आवि र सरस्वती आधरभुत विद्यालयलाई खेलकुदका सामग्रीहरु पनि प्रदान ग...

गैतमद्धारा सिद्धीगणेश लाइ सरस्वती मन्दिर हस्तान्तरण

ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका – ७ माका रेशम गौतमले सोही वडामा रहेको सिद्धीगणेश माध्यमिक बिद्यालयलाइ एक समारोहका बिच सरस्वतीको मन्दीर निर्माण गरी हस्तानन्तरण गर्नु भएको छ । श्री सिद्धिगणेश माध्यमिक विद्यालयलाई सरस्वती मन्दिर हस्तान्तरण गरे सँगै गौतमले पाँच वटा मन्दीर निर्माण गरी हस्तानन्तरण गर्नू भएको हो । २०७३ साल असोज २७ गते अकल्पनीय तरिकाबाट भएको दुर्घटनाबाट दिबगंत हुनु भएका उँहाका धर्म पत्नीको नाममा सिद्धी गणेश माबीमा रु एक लाखको अक्षय कोषको स्थपना समेत गर्नु भएको छ । गौतमको धर्म पत्नी निनुमाँया अक्षय कोषको स्थपना गरेर छात्रबृती सञ्चालन गरिएको छ । उँहाले यस अघी दुर्घटना स्थल साबीक भोटसिपा ५ हाल इन्द्रावती गाँउपालिका १०मा नैना देबी मन्दीर निर्माण गरि समुदायलाइ हस्तानन्तरण गर्नु भएको छ भने चौतारासाँगाचोकगढी नगरपालिका ७को पालेको थुम्कामा राधाकृष्णको मन्दीर निर्माण गरी स...

सुरक्षाको योजना साथ अगाी बढ्न नगर प्रमुख तामाङको आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
चाडपर्वको बेला बजारमा चोरी हुने भएकाले बिशेष सुरक्षा योजना बनाएर लाग्न मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले सुरक्षा कर्मीहरु सँग अनुरोध गर्नु भएको छ । उहाँले इलाका प्रहरी कार्यालय मेलम्चीले आयोजना गरेको ६८ औँ प्रहरी दिवस अवसरमा गरिएको वृक्षारोपण तथा सरसफाई कार्यक्रमलाइ सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो ।  उँहाले २४ सै घण्टा नागरिकको सुरक्षामा खटिने निकाय प्रहरी रहेकाले प्रहरी प्रती सधै सम्मान गर्नुपर्ने बताउँदै चोरीका घटनाहरु बढ्दै गएको को ले त्यस तर्फ तर्फ सबैको धएान जान जरुरी रहेको बताउँनु भयो । उँहाले उल्लेख गर्दै हरेक नागरिकले प्रहरीलाई सहयोग गर्नुपर्नेमा तामाङले जोड दिनुभयो । उहाँले बजार सुन्दर, सफा र आकर्षक बनाउने दायित्व हाम्रै भएकाले सरसफाइ लगायत बजार ब्यबस्थापनको काममा लाग्न सबै नागरिकलाइ आग्रह समेत गर्नुभयो । इलाका प्रहरी कार्यालय मेलम्चीले ६८ औँ प्रहरी दिवसका अवसरमा...

महभीरमा बन्यो विद्यालय, स्थानीय खुशी

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–३ महभिरमा विद्यालय निर्माण भएपछि स्थानीय खुसी भएका छन् । नगरकै विकट र दुर्गम तामाङ समुदायको मात्र बसोबास रहेको महभीर गाउँमा श्री आदर्श आधारभूत विद्यालय निर्माण भएपछि यस क्षेत्रका स्थानीयवासिन्दा उत्साहित भएका छन् । प्राथमिक तहको पढाइकै लागि पनि डेढ घण्टा हिँडेर छिमेकी गाउँमा पुग्नुपर्ने समस्याबाट गाउँका केटाकेटीले त्यही समयदेखि मुक्ति पाएका छन् । स्कुल अभावकै कारण पढ्नबाट वञ्चित विद्यार्थीले आफ्नै गाउँमा पढ्ने अवसर पाएकोमा खुशी लागेको स्थानीय बासिन्दा बताउनुहुन्छ । नेपालहिल्फे वाइलंग्रीस इ.भी., जर्मनीको आर्थिक सहयोगमा सो भवन निर्माण गरिएको विद्यालय व्यबस्थापन समितिका अध्यक्ष पोडे तामाङले जानकारी दिनुभयो । शुक्रबार नयाँ भवनको प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा नगरप्रमुख कृष्णप्रसाद सापकोटा र दातृसंस्था नेपालहिल्फे वाइलंग्रीस इ.भी., जर...

२४ वटा सडक ५ बर्ष भित्र पिच गर्ने संकल्प गरेको छु , मन्त्री दुलाल

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
आफ्नो निर्वाचन क्षेत्रको सबै मुख्य २४ वटा सडक ५ बर्ष भित्र पिच गर्ने संकल्प गरेको बाग्मति प्रदेशका भौतिक पूर्वाधार बिकाश मन्त्री युवराज दुलालले बताउँनु भएको छ । उँहाले उक्त कुरा ऐसेलुखर्क माध्यमिक बिद्यालयले समावेशी चाडपर्व २०८० को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै यस्तो बताउँनु भएको हो । ऐसेलुखर्क माबिमा पढेका धेरै विद्यार्थीहरु सरकारको विभिन्न ओहोदाहरुमा रहेर देशको सेवा गरिरहेकोमा आफुलाइ खुशी लागेको बताउँदै यसमा बिद्यालयले गौरवको महसुस गरिरहेको बताउनुभयो । आफ्नो कर्म थलोको सेवा गर्न छोडेर बिदेश गएर कहिल्यै देशको बिकास नहुने भएकोले आफुले शिक्षा लिएका ठाउँको सेवा गर्नू पर्ने उहाँको भनाई थियो । विद्यार्थी भनेको देशको भबिस्य भएको बताउँदै उहाँले विद्यार्थीलाइ आफ्नो लागि मात्र नभई देशकै हितमा काम गर्ने खालको बनाउनु पर्नेमा जोड दिनुभयो । त्यस्तै मन्त्री दुलालल...

नेपालीलाई उद्धार गर्न इजरायल गएको विमान आज राति १ः३० बजे आइपुग्ने

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, समाचार
काठमाडाैँ २५ असोज : इजरायलमा हमास समूहको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई उद्धार गर्न गएको नेपाल एयरलाइन्सको विमान आज राति १ः३० बजे काठमाडौँ आइपुग्ने भएको छ । विमान दुई सय ५३ नेपाली नागरिक लिएर इजरायलबाट काठमाडौँका लागि उडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।नेपाली नागरिकको उद्धारका लागि विमान आज बिहान ३ः३० बजे दुबई हुँदै त्यसतर्फ प्रस्थान गरेकाे थियो । उद्धारका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउद विमानमा आफैँ इजरायल जानुभएको थियो । इजरायलबाट स्वदेश फर्कन चाहने नेपाली ल्याउनका लागि नेपाल एयरलाइन्सको दुई सय ७४ सिट क्षमता भएको वाइडबडी विमान इजरायल गएको हो ।शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए । एक जना नेपालीको अवस्था अझै अज्ञात छ । इजरायलस्थित नेपाली राजदूतावासले नपाली नागरिकलाई सुरक्षित स्थानमा सर्न र उद्धार हुन आग्...