सम्पर्क

ब्रेकिङ न्युज १

शिक्षा नै सर्वाङ्गिण विकासको मूल आधार हो ः मन्त्री बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
शिक्षा नै सर्वाङ्गिण विकासको मूल आधार भएकोस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बताउँनु भएको छ । उँहाले शारदामाध्यमिक बिद्यालयको ७३औँ बार्षिकउत्सव तथा अभिभावक भेलाको उद्धघाटन गर्दै शिक्षाको विकास हुन नसके अन्य कुनै पनि विकास नहुनेसमेत दावी गर्दै शिक्षाको मन्दिरलाई व्यवस्थित गर्न समुुदायका सबै व्यक्ति लाग्नुपर्ने बताउँनु भयो । विद्यार्थीको शैक्षिक गुणस्तरका लागि शिक्षक, विद्यार्थी र अभिभावकको गहन जिम्मेवारी रहने बताउँदै मन्त्री बस्नेतले “शिक्षाको विकास हुन सकेन भने अन्य केही पनि विकास हुन सक्दैन, त्यसैले शिक्षा नै सर्वाङ्गिण विकासको मुल आधार हो, यसलाई सबैले आत्मसात गर्नैपर्छ”, भन्नु भयो । । “विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक र अभिभावकको ठूलो दायित्व र जिम्मेवारी रहन्छ, जनप्रतिनिधिले त्यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारलगायत जनशक्ति ब्यवस्थापन गरिदिने हो”, भ...

सन्त नेता भट्टराई नेपाली जनतालाई सार्वभौम बनाउने त्यागी व्यक्तित्व : सभापति देउवा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
पाटन (ललितपुर), ८ पुस : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने संविधान जारी गर्ने त्यागी व्यक्तित्व भएको धारणा राख्नुभएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री सन्त नेता भट्टराईको शताब्दी जन्मदिवसका उपलक्ष्यमा आज नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित विमर्शसभामा सभापति देउवाले सन्त नेता भट्टराई नेपालका एक त्यागी व्यक्तित्वका रुपमा आफूले पाएको बताउनुभएको हो । “उहाँलाई मैले नख्खु जेलमा पहिलो पटक भेटेको हो, अत्यन्तै ‘सेन्स अफ ह्युमर’ भएको व्यक्ति हुनुहुन्थ्यो, कहिल्यै चिन्ता नलिने सच्चा त्यागी तथा निर्लोभी व्यक्तित्वका रुपमा उहाँले आफूलाई स्थापित गर्नुभएको थियो”, सभापति देउवाले भन्नुभयो, “उहाँले २०४७ सालमा तत्कालीन राजा र जनता सबैले अपनत्व गर्नेगरी नेपाली जनतालाई सार्वभौमस...

सामुदायिक मेलमिलाप सम्बन्धी ३ दिने तालीम सम्पन्न

ब्रेकिङ न्युज १, राजनिती, समाचार
मेलम्ची नगरपालिका न्यायिक समितिको आयोजना तथा सामुदायिक मेलमिलाप केन्द्र मेलम्ची सिन्धुपाल्चोकको समन्वयमा सामुदायिक मेलमिलाप जारी ३ दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । तालीमको समापन गर्दै न्यायिक समिती संयोजक एवम मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले तालिममा सिकेका कुरा समाजमा लागुगर्न आग्रह गर्नुभयो । सभ्य समाज निमार्णका लागी मेलमिलाप कर्ताहरुको महत्वपुर्ण भूमिका हुने हुँदा सबैलाई एउटै दृष्टिले हेरेर काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा निबर्तमान उपप्रमुख भगवती नेपालले मेलमिलाप कर्ताहरुलाई अझै सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले केहि समस्याहरु अझैपनि मेलमिलाप कर्ताहरुमा रहेको उल्लेख गर्दै ति समस्या समाधानका लागी केन्द्र सरकार देखिनै केहि ऐन सच्याउनुपर्नेमा जोड दिनुभयो । तालिमको उद्धब अधिकारी र सुरज ढकालले सहजिकरण गर्नुभएको थियो ।...

मेलचौर सामुदायिक स्वास्थ्य केन्द्रको साधारण सभा सम्पन्न 

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारासााँचोकगढी ७ मा रहेको मेलचौर सामुदायिक स्वास्थ्य केन्द्रको साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घघान गर्नु हुँदै कार्यक्रमका प्रमुख अतिथी चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ७का वडा अध्यक्ष डम्बर बहादुर तामङ्गले स्वास्थ्य सेवामा रहेर नागरिकको प्रत्यक्ष सम्पर्कमा रहेको मेलचौर सामुदायिक स्वास्थ्य केन्द्रलाइ वडाको तर्फबाट गर्न पर्ने सहयोगमा सकेसम्म कुनै पनी कमी हुन नदीने भन्दै आगामी दिनमा वडाको श्रोत साधनले भ्याए सम्म स्वास्थ्य, शिक्षा, खानेपानीलाइ पहीलो प्राथमिकतामा राखेर काम गर्ने बताउँनु भयो ।  तामाङ्गले स्वास्थ्य सेवाको स्तर उन्नतिका लागि योजन बनाइ प्रदेश सरकार संघीय मन्त्रालय लगायत सम्वन्धित जुन सुकै निकायमा गएर भए पनी स्तर उन्नतीको लागी पहल गर्नै पतिबद्धता ब्यक्त गर्नू भयो । । कार्यक्रममा चौतारा बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दंगाल, मालिका ...

नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको बैठकसँंगै रक्तदान

ब्रेकिङ न्युज १, समाचार
पृथ्वीजंग पाण्डे  नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको तेह्रौं पुर्ण बैठक, खुल्ला रक्तदान कार्यक्रमका साथै नेपाल शिक्षक संघ जुगलको छैटौं प्रतिनिधि सभा रत्न राज्य माध्यमिक विद्यालय जुगल – ५ चनौटेमा सफलताका साथ शनिबार सम्पन्न भएको छ । शुक्रबार पुर्ण बैठक राखिएको थियो भने शनिबार रक्तदान कार्यक्रम राखिएको नेपाल शिक्षक संघ सिन्धुपाल्चोकका अध्यक्ष ऋषिराम पौडेलले बताउनु भयो । खुला रक्तदान कार्यक्रममा शिक्षक कर्मचारी गरि ३० जनाले रक्तदान गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र भक्तपुर शाखाको प्राविधिक सहयोग र नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको आयोजनामा भएको रक्तदान कार्यक्रममा शिक्षक, कर्मचारी लगायत स्थानीयले रक्तदान गरेको जिल्ला सचिव रुद्र कार्कीले बताउनु भयो । नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष ऋषीराम पौडेलको अध्यक्षतामा भएको जिल्ला कार्यसमितिको बैठकले शिक्षक...

“स्थानियले स्थानिय स्तरमै गुणस्तरीय स्वास्थ सेवा पाउनुपर्छ” कृष्ण कुमार तामाङ (समीर)

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
बागमती प्रदेश सभा सदस्य एवं नेपाली काङ्ग्रेस संसदिय दलका सचिव कृष्ण कुमार तामाङ (समीर)ले सिन्धुभ्यालिका स्थानीयबासिहरुको आवश्यकता अनुरुप “स्थानियले स्थानिय स्तरमै सहज र सुलभ रुपमा गुणस्तरीय स्वास्थ सेवा उपभोग गर्न पाउनुपर्छ” भन्ने लक्ष्यका साथे निर्माणाधिन एकीकृत सेवा केन्द्रको भवनमा अत्याधुनिक प्रबिधीयुक्त मेडिकल ल्याव स्थापना गरि संचालन गर्नको लागि आफुले पहल गरिरहेको बताउनुभयो । माननीय तामाङ (समीर)ले मेलम्ची –३,हैबुङ्गमा निर्माणाधिन एकीकृत स्वास्थ सेवा केन्द्रको अवलोकन गर्ने क्रममा यस्तो बताउँनु भएको हो । अबलोकनका क्रममा प्राबिधिक टोलिलाई सांसद तामाङले स्वास्थ्य मन्त्री मोहन बस्नेतको निर्देशनमा आफुले सिन्धुपाल्चोकको विकासका लागी निरन्तर सक्रिय रुपमा काम गरिरहेको बताउनुभयो ।मेलम्ची नगरपालिका वडा नम्बर १,२,३,४ र ५ (सिन्धुभ्यालि) लाई समेट्ने गरि मेलम्ची –३,हैबुङ्गमा एकीकृत स्वास्थ सेवा केन्...

महसुल नतिर्ने एक सय ७७ ग्राहकको लाइन काटियो

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
म्याग्दी, ६ पुस : नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने एक सय ७७ ग्राहकको लाइन काटेको छ । प्राधिकरणको देशव्यापी बक्यौता असुली अभियानअन्तर्गत साउन महिनायता म्याग्दीमा सो सङ्ख्याका ग्राहकको लाइन काटिएको हो । केन्द्रका प्रमुख प्रताप बरालले लाइन काटेर चालु आर्थिक वर्षको पाँच महिनामा रु १८ लाख १२ हजार चार सय ५० बक्यौता असुल गरिएको जानकारी दिनुभयो । एक सय ७७ ग्राहकबाट रु २२ लाख दुई हजार एक सय ९६ महसुल बक्यौता उठाउनुपर्ने थियो । लाइन काटेपछि रु एक लाख ४९ हजार चार सय ४९ जडान शुल्क उठेको छ । केन्द्रअन्तर्गतका ग्राहकबाट रु ८१ लाख ८७ हजार नौ सय २९ बक्यौता असुल गर्न बाँकी छ । गत कात्तिक १२ गतेदेखि बक्यौता असुली अभियान सञ्चालन भएको थियो । यसैगरी बिजुली चोरी गरेका चार ग्राहकबाट रु एक लाख ३५ हजार एक सय ५६ रकम असुल भएको छ । नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वित...

व्यवसायी मैत्री कानुन निर्माण गदैछौँ ः मन्त्री चित्रकार

ब्रेकिङ न्युज १, समाचार
निर्मल बस्नेत/चौतारा वागमती प्रदेश सरकार उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले व्यवसायी मैत्री कानुन निर्माण गर्ने बताउँनु भएको छ । नेपालको वर्तमान कानुन उद्योगी र व्यवसायी मैत्री नभएकोले प्रदेश सरकारले निर्माण गरेको २०७६ सालको कानुन संसोधन गर्न लागेको उल्लेख गर्दै मन्त्री चित्रकलारले आर्थिक समृद्धिको पाटो नै उद्योग भएको बताउँनु भयोे । उहाँले घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकले जिल्ला स्थित सरोकारवालाहरुसँंग गरेको अन्तरक्रिया गोष्ठी कार्यक्रमको उद्धघाटनमा बोल्दै यस्तो बताउँनु भएको हो । मन्त्री चित्रकारले व्यवसायी हकहितको लागि मूख्य बाधक भनेको बिगतमा बनेको ऐन, नीति निर्देसिका नै भएको भन्दै हामी प्रदेश सरकारमार्फत व्यवहारीक र बस्तुवादी नियम बनाई नेपालको बजारमा बिक्ने र टिक्ने जनशक्तिको बिकास गर्न लागि पर्नेछौँ । र, सोको लागि अनुकुल वतावरण सिर्जना गर्न सव...

व्यवसायी मैत्री कानुन निर्माण गर्दै छौ ः मन्त्री चित्रकार

बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
वागमती प्रदेश सरकार उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले व्यवसायी मैत्री कानुन निर्माण गर्ने बताउँनु भएको छ । नेपालको वर्तमान कानुन उद्योगी र व्यवसायी मैत्री नभएकोले प्रदेश सरकारले निर्माण गरेको २०७६ सालको कानुन संसोधन गर्न लागेको उल्लेख गर्दै मन्त्री चित्रकलारले आर्थिक समृद्धिको पाटो नै उद्योग भएको बताउँनु भयोो । उँहाले घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकले जिल्ला स्थित सरोकारवालाहरुसंग गरेको अन्तरक्रिया गोष्ठी कार्यक्रमको उद्धघाटनमा बोल्दै यस्तो बताउँनु भएको हो । मन्त्री चित्रकारले व्यवसायी हकहितको लागि मूख्य बाधक भनेको बिगतमा बनेको ऐन, नीति निर्देसिका नै भएको भन्दै हामी प्रदेश सरकारमार्फत व्यवहारीक र बस्तुवादी नियम बनाई नेपालको बजारमा बिक्ने र टिक्ने जनशक्तिको बिकास गर्न लागि पर्नेछौँ । र, सोको लागि अनुकुल वतावरण सिर्जना गर्न सवैले जोड दिनुपर्ने बताउँनु...

भूतपूर्व विद्यार्थी एकता समाजले मनाईयो दोस्रो स्थापना दिवस

ब्रेकिङ न्युज १, समाचार
  चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ कदमबासमा वि.सं. २००९ सालमा स्थापना भएको विद्यालयका भूतपूर्व विद्यार्थी समाजले दोस्रो स्थापना दिवस मनाइएको छ । विद्यालयमा विभिन्न तह र कक्षामा अध्ययन गरी विद्यालय बाहिरिएको भूतपूर्व विद्यार्थीहरु रहने गरी स्थापना भएको समाजले २०७८ साल पौष ४ गते जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकमा दर्ता भएकोमा पौष ४ गते स्थापना दिवस मनाइएको समाजका अध्यक्ष सुनिल तामाङले बताउनु भयो । स्थापना दिवसको अवसर पारेरले समाजले विद्यालयलाई बुक कर्नर ¥याक हस्तानन्तरण र वडा स्तरीय आधारभूत तह ( नर्सरी – कक्षा ३) को स्मृति परीक्षण आयोजना गरिएको थियो । स्मृति परीक्षणमा वडामा रहेका ८ वटा विद्यालयहरु मध्ये सात विद्यालयको सहभागिता रहेको थियो भने ५ थान बुक कर्नर ¥याक हस्तान्तरण गर्नुभएको छ । यसअघि पनि समाजले एक थान बुक कर्नर ¥याक र रोष्टम हस्तान्तरण गरिसक्नु भएको अध्यक्ष तामाङले बताउनु...