पौष मसान्त भित्र राहदानी लिन जिल्ला प्रशासनको अनुरोध
जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकमा नँया प्रमुख जिल्ला अधिकारी आए सँगै सुधारका कार्यहरु अगाडी बढेको छ । प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्य सिन्धुपाल्चोकमा आउँनु भए लगत्तेै बिहीबार सञ्चारकर्मीहरु सँग कुरा गर्दै समस्या देखीएका कुराहरुलाई समाधान गर्दै जिल्ला बासीलाइ छिटो छरितो र स्तरिय सेवा उपलब्ध गराउँन लागी पर्ने बताउँनु भएको थियो । उँहाले पहीले कार्यलय भित्रै सुधार गर्न पर्ने कुराहरु सुधार गर्ने बताउँदै नागरिकता , पासपोर्ट, लगाएत प्रशासन कार्यलयबाट पाउँन पर्ने सुबिधा लिनका लागी सर्बसाधरणलाइ कुनै समस्या नहोस भन्नाक लागी आफुले तत्काल छलफल गरी सुधार्न पर्ने कार्यहरुको सुधार गर्ने बताउँनु भएको थियो । उँहाले जिल्लामा रहेका सबै सरकारी कार्यालयहरुमा कार्यलय समय भरी सेवाग्रहीले सेवा पाउँने गरी कार्य गर्न सबै कार्यलय प्रमुख हरुलाइ अनुरोध गरिएको बताउँनु भएको थियो । यसका लगत्तै जिल्ला प्रशासन...
