सम्पादक संवाद: सामाजिक उत्तरदायित्व बढाउनतर्फ मिडियालाई सुझाव
युट्युबसहित सामाजिक सञ्जालले पहुँच लसँगै सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा सञ्चारका विज्ञहरुले राख्नुभएको छ ।प्रेस काउन्सिल नेपालले सामजिक संजालले पत्रकारितामा पारेको प्रभावका विषयमा शुक्रबार आयोजना गरेको सम्पादक सम्वादका सहभागीले पेसालाई मर्यादित, विश्वसनीय र दिगो बनाउनका लागि सामाजिक उत्तरदायित्वलाई केन्द्रबिन्दु बनाउनुपर्ने सुझाव राख्नुभएको हो ।सहभागी सम्पादकहरुले सूचना प्रविधिमा आएको परिवर्तनसँगै युट्युबसहित सामाजिक सञ्जालको सञ्चार माध्यममा देखिएका प्रभाव र चुनौतीलाई सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।“भ्युअर्स बढाउन मात्र दौडिएर भएन, देश र समाजप्रतिको उत्तरदायित्व के हो भन्ने पत्रकारले बिर्सनुभएन । सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत यी कुरा बुझ्नुपर्ने भएको छ” कार्यक्रमका सहभागी नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष किशोर नेपालले भन्नुभयो ।पछिल्लो समय समाच...
