सम्पर्क

ब्रेकिङ न्युज १

जुगल बोर्डिङका बिद्यार्थीले शुद्ध पानी पिउन पाउने

ब्रेकिङ न्युज १, समाचार
निर्मल बस्नेत सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा अवस्थित जुगल बोर्डिङ हाईस्कुलले बढ्दो वायुमण्डलिय प्रदुषण र हावाहुरीको असरलाई मध्यनजर गरि बिद्यालयमा जारको पानी व्यवस्था गरेको छ । अक्वा जुगल चौताराले उत्पादन गरेको जारको पानी बिद्यालयले लिने निधो गरेपछि बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले शुद्ध पानी पिउन पाउने भएका छन् । शनिबार जुगल बोर्डिङ हाई स्कुल चौताराका प्रधानाध्यापक ओमप्रकाश उप्रेती सहितको टिमले अक्वा जुगल कम्पनीको उत्पान क्षेत्रमै गई अवलोकन गरेको थियो । अक्वा जुगलका सञ्चालक कुलबिर सिं खड्कासंग सुलभ मूल्यमा पानेपानी उपलब्ध गर्ने गराउने आपसी समझदारी कामय गरिएपछि आईतबार नै बोर्डिङमा ५० भन्दा माथीे जारको पानी ल्याईएको बिद्यालयको प्रिन्सीपल ओमप्रकाश उप्रतीले बताउनुभयो । उहाँका अनुसार जुगल थालखर्क होल्चे खानेपानी उपभोक्ता समितिको २ वटा धारा र एक स्थानीयको घरको धारा प्रयोगमा ल्याउ...

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका– ५ ढाँडेबाट बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुगल गाउँपालिका– ७ का वडाध्यक्ष रवि तामाङ रहेका छन् । उच्च अदालत पाटनले उहाँविरुद्ध २०७८ फागुन २० गते बैंकिङ कसुर मुद्दामा ३ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । पक्राउ परेका वडाध्यक्ष तामाङलाई आईतबार सिन्धुपाल्चोक जिल्ला अदालत चौतारामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।...

तेस्रो लगानी सम्मेलन काठमाण्डौमा शूरु

बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
आज देखी काठमाडौँमा तेस्रो लगानी सम्मेलन शुरु भएको छ । आइतबार र सोमबार गरी दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक समारोहका बिच उद्घाटन गर्नुभयो । सम्मेलनउद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुनले स्वागत मन्तव्य सहित उपस्थितीलाइ स्वागत गर्नू भएको छ ।समारोहमा पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा , चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्ष लु चाउहुई, भारतको वाणिज्य एवम् उद्योग मन्त्री पियुष गोयल, संयुक्त अधिराज्य (युके) का विदेश, कमनवेल्थ वेल्थ र विकास कार्यालयका इन्डो–प्यासिफिक क्षेत्र हेर्ने राज्यमन्त्री आन्मुरी टुभेलियन, युनाइटेड नेसन कन्फ्रेन्स फर ट्रेड एन्ड डेभलपमेन्टका महासचिव म्याडम रेबेका ग्रेन्सपान, संयुक्त अधिराज्यको फरेन, कमनवेल्थ वेल्थ एन्ड डेभलपमेन्ट ...

उप निर्वाचन सम्पन्न आयोगद्धारा सबैमा धन्यबाद

ब्रेकिङ न्युज १, विचार, समाचार
२०८१ वैशाख १५ गते शनिबारका लागि निर्धा रित इला म जिल्ला प्रतिनिधि सभा सदस्यनिर्वा चन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वा चन क्षेत्र नं. १ कोप्रदेश सभा सदस्य निर्वा चन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वा चन, २०८१ शा न्ति पूर्ण र उत्साहजनकरूपमासम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका उपसिचब रामदत्त पाण्डेय द्धारा जारी बिज्ञेप्तीमा उक्त कुरा जनाइएको हो । बिज्ञेप्तीमा मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जा री रहेको छ । हालसम्मको विवरण अनुसा रइला म जिल्ला प्रतिनिधि सभा सदस्य निर्वा चन क्षेत्र नं. २ मा करी ब ५८ प्रतिशत र बझाङ जिल्ला प्रतिनिधि सभासदस्य निर्वा चन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वा चन क्षेत्र नं. १ मा करी ब ५० प्रतिशत मतदा न भएको छ ।यस उपनिर्वा चनमा इला म जिल्ला प्रतिनिधि सभा सदस्य निर्वा चन क्षेत्र न...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु

ब्रेकिङ न्युज १, राजनिती, समाचार
इलाम क्षेत्र –२ मा मतदान सुरु भएको छ । सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयो । शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उहाँले बताउनुभयो । यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।रासस...

गाउँपालिकाको गाडी दुर्घटना हुँदा प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना घाइते

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाको टाटा मोवायल हाइलेक्स गाडी लागर्चेमा दुर्घटना हुँदा प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते हुनेहरुमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेल, राम प्रसाद न्यौपाने, कान्छा तामाङ, शारदा उप्रेती, सरिता गौतम र दीपा कुमारी धमला रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक निरन्जन भट्टराईले जानकारी दिनुभयो । उहाँको अनुसार गाउँपालिकाबाट काठमाडौं आउँदै गरेको बा १ झ ६३०३ नं. को टाटा मोवायल हाइलेक्स गाडी अनियन्त्रित भई सडकबाट करिब १ किलोमिटर तल खसेको थियो । घाईते ६ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।...

नगर प्रमुख तामाङ द्धारा ७ वडा कार्यालय उद्घाटन तथा स्वास्थ्य चौकी भवन शिलान्यास

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरको वडा कार्यालय उद्घाटन तथा स्वास्थ्य चौकी भवन शिलान्यास सम्पन्न मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरको वडा कार्यालय भवन उद्घाटन गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले भवनको उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै नगर प्रमुख तामाङले गुणस्तरीय भवन बनेको भन्दै अब सेवापनि गुणस्तरीय हुनेकुरामा ढुक्क हुन आग्रह गर्नुभयो । हामी सबैको साझा भवन भएकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभयो । नगर प्रमुख तामाङले मुख्य सडक बाट वडा कार्यालय सम्म आउने सडक,वडा कार्यालय अगाडिको वाल लगायत संरचनाको मर्मतका लागी नगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । नगरपालिकाको वडा नम्बर ४ र १२ को प्रशासनिक भवन निर्माणाधीन रहेकाले लगभग सबै वडाको प्रशासनिक भवन निर्माण सम्पन्न हुन लागेको बताउनुभयो । मेलम्ची दुवाचौर शेर्माथाङ र फट्टे धार्ना मोटरबाटोको स्तर उन्नतिको ल...

सिन्धुपाल्चोकमा सुत्केरीको लागि ब्लड बैंक नहुँदा समस्या

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
    सिन्धुपाल्चोकमा यस बर्ष नवजात शिशुको मृत्युदर शुन्यमा रहेको सुखद समाचार प्राप्त भएको छ । गत आर्थिक वर्ष २०७९÷०८० नौ जना नवजात शिशुको मृत्यु भएकोमा चालु आर्थिक वर्षमा नवजात शिशु मृत्युको कुनै पनि घटना नहुनु सुखद् पक्ष रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईंले जानकारी दिनुभयो । उहाँले जिल्लामा सुत्केरीलाई आवश्यक पर्ने रगतका लागि ब्लड बैङ्क नहुँदा र भएका वर्थिङ सेन्टरमा पर्याप्त उपकरण समेत अभाव हुँदा समस्या परेको बताउनुभयो । अत्याधिक रत्तस्राव हुदा र समयमा अस्पताल नपुग्दा यो वर्षमात्र चौतारा साँगाचोकगढी नगरपालिकामा दुई वटा मातृ मृत्युदरको घटना भएको उहाँले बताउनुभयो । जिल्ला स्तरीय प्रजनन् स्वास्थ्य समन्वय समितिको बैठकमा गर्भवती, सुत्केरीलाई निःशुल्क हवाई सेवाबारे समेत जानकारी गराइएको थियो । बागमती प्रदेश सरकारले सिन्धुपाल्चोक सहित ११ जिल्लाका स्थानीय तहलाई...

अवैध यार्सागुम्बा र ढ्याङ्ग्रो च्याउ सहित २ पक्राउ

ब्रेकिङ न्युज १, समाचार
अवैध रुपमा बिक्रीका लागि बोकेर हिँडेको अवस्थामा यार्सागुम्बा र ढ्याङ्ग्रो च्याउ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–३ खुर्सानीबारी स्थित प्रहरी चेक पोष्टमा सवारी साधन चेक जाँच गर्ने क्रममा तातोपानीबाट बाह्रविसे तर्फ आउँदै गरेको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी नायव उपरिक्षक निरन्जन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका वडा नं.५ का २६ वर्षीय वाङ्गेल तामाङ र भोटेकोशी गाउँपालिकाकै २४ वर्षीय पासाङ नुर्पु तामाङ रहेका छन् । वाङ्गेलले चलाएको बा.प्र ०२–०३७ प २८७५ नम्बरको मोटरसाइकल पछाडि सवार नुर्पुले बोकेको झोलाभित्र यार्सागुम्बा– १०७० (तौल २०३.४३० ग्राम) वटा र निलो रङको प्लाष्टिकको झोलामा ल्याएको अवस्थामा साना ठुला गरि जम्मा ७३ (तौल ६६६.९२० ग्राम ) वटा ढ्याङ्ग्रो च्याउ फेला पारी बरामद गरेको हो । बर...

सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाडौँ, १२ वैशाखः सन् २०२३ मा विश्व मानव अधिकारको अवस्थासम्बन्धी एम्नेस्टी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनले विश्वमा मानव अधिकारको अवस्था सन्तोषजनक नभएको देखाएको छ । एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले आज सार्वजनिक मानव अधिकारसम्बन्धी वार्षिक प्रतिवेदनमा विश्वका विभिन्न ठाउँमा भइरहेका युद्ध, आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग, दुव्र्यवहारजस्ता कारणले मानव अधिकारको अवस्था सन्तोषजनक नभएको उल्लेख भएको बताउनुभयो । “द्वन्द्वमा परेका नागरिकहरूले उच्चतम मूल्य चुकाइरहेकोमा शक्तिशाली सरकारहरूले मानवतालाई प्रभावकारी अन्तर्राष्ट्रिय कानुन बिनाको एउटा युगमा पु¥याइरहेका छन्”, प्रतिवेदनमा भनिएको छ, “द्रुत गतिमा विकास भइरहेको आर्टिफिसियल इन्टेलिजेन्सका कारण पनि समस्या भइरहेको छ ।” प्रतिवेदनमा दुव्र्यवहारविरुद्ध उभिँदै र मानव अधिकार संरक्षण तथा साझा मानवताको सम्मानको ...