सम्पर्क

Author: लोकप्रिय समाचार

नेपाल किड्सको सहयोगमा विद्यार्थीहरुलाई ट्याकसुट वितरण

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ मा अवस्थित श्री आदर्श विद्या मन्दिरमा अध्ययनरत विद्यार्थीहरुका लागि नेपाल किड्सका अध्यक्ष हरिशरण गिरीले निःशुल्क ट्याकसुट वितरण गर्नु भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिर तामाङको पहलमा समाजसेवी हरिशरण गिरीले नेपाल किड्स संस्थाको तर्फबाट बालविकासदेखि कक्षा ५ सम्म अध्ययन गरेका ६३ जना विद्यार्थीहरुलाई ट्याकसुट वितरण गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि वडा नं. ९ का वडा अध्यक्ष विमल श्रेष्ठले विद्यार्थीहरुलाई ट्याकसुट वितरण गर्नु भएकोमा समाजसेवी हरिशरण गिरीले गर्नुभएको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले वडा भरिकै विद्यालयहरुमा विभिन्न किसिमको सहयोग गर्दै वडाको शैक्षिक सुधारमा हातेमालो गर्नुभएको पनि बताउनुभयो ।ट्याकसुट वितरण कार्यक्रमका पाल्नुभएका संस्थाका अध्यक्ष हरिशरण गिरी, उपाध्यक्ष शान्ति गिरी, सदस्यद्वय नारायण भट्टराई र भगवान गिरीलाई शिक्...

यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक यातायात पुनः सुचारु

ब्रेकिङ न्युज २, समाचार
यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् । सोमबार नै सरकार र यातायात व्यवसायीबीच मध्यरातमा सहमति भएको थियो । सहमति भए पनि मङ्गलबार सार्वजनिक यातायात नचल्दा सर्वसाधारणले सास्ती खेप्नु परेको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो । सोमबार गृहमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका उच्च पदस्थ अधिकारी र यातायात व्यवसायीबिच पटक–पटक वार्ता पश्चात् सहमति भएको थियो । सहमतिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गण्डकी प्रदेश सरकार समक्ष पठाइएको थियो । सोही सहमतिका आधारमा गण्डकी सरकारले नियमावली स्थगन गरेको हो । सङ्घीय सरकारसँग सहम...

नवनियुक्त प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य शन्तराम बिडारी को हुन् ?

जिबनशैली, विचार, समाचार
थाहा नगरपालिका वडा नं. ६, टिस्टुङ बज्रबाराहीका स्थायी बासिन्दा शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहनु भएको छ भने हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषयको प्राध्यापन कार्यमा कृयाशिल हुनुहुन्छ । विगत दुई दशकदेखि सक्रिय पत्रकारका रूपमा नेपाल समाचारपत्र दैनिक, गोरखापत्र दैनिक, एबिसी टेलिभिजन, बुधबार साप्ताहिक, साँघु साप्ताहिक लगायत विभिन्न मिडियामा काम गर्दै आएका उहाँ हाल दामन पोष्ट साप्ताहिक र दामन पोष्ट डटकमको सम्पादकका रूपमा पनि कार्यरत रहनुभएको छ । उहाँले यसअघि जनसञ्चार साप्ताहिक र साप्ताहिक आवाज साप्ताहिकको कार्यकारी सम्पादक, अनलाइन पोर्टल नेप्लिज डट ओआरजीको वरिष्ठ सहसम्पादक र सेन्टरखबर डटकमको सम्पादक भएर समेत काम गरिसक्नुभएको छ । बिडारीले रत्नराज्य लक्ष्मी क्याम्पसबाट पत्रकारिता तथा आमसञ्...

नेकपा एकीकृत समाजवादीद्वारा मेलम्ची नगरपालिकामा १२ बुँदे मागपत्र पेश

राजनिती, समाचार
 नेकपा (एकीकृत समाजवादी) मेलम्ची नगर समितिले नगरप्रमुख आइतमान तामाङ समक्ष १२ बुँदे मागपत्र पेश गरेको छ । नगरवासीको जनजीविकासँग जोडिएका विषय समेटिएको उक्त मागपत्रलाई नगरप्रमुख तामाङले महत्वपूर्ण भन्दै आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष विनोद खनालका अनुसार सो मागपत्रमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि प्रवद्र्धन, नदी कटान रोकथाम, युवालाई स्वरोजगार कार्यक्रम लगायत जनपक्षीय विषयहरू समेटिएको छ । अध्यक्ष खनालले नगरप्रमुखको सकारात्मक धारणा स्वागतयोग्य रहेको बताउँदै, माग सम्बोधनमा पार्टीको तर्फबाट निरन्तर संवाद र दबाब जारी रहने जानकारी दिनुभयो । कार्यक्रममा केन्द्रिय सदस्य इन्द्रमाया गुरुङ , नगर अध्यक्ष रामलाल बिक, सचिव सहदेव तिवारी लगायत सहभागी हुनुहुन्थ्यो । त्यसैगरी, नेकपा (एकीकृत समाजवादी) पाँचपोखरी थाङ्पाल गाउ...

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाको प्रभावकारी रूपमा कार्यान्वयन गरिने

ब्रेकिङ न्युज १, समाचार
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले  मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाको प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  प्राधिकरणले आज यहाँ पत्रकार सम्मेलन गर्दै विगतबाट पाठ सिक्दै यो वर्ष क्षति न्यूनीकरणका लागि प्रभावकारी रुपमा कार्ययोजनाको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको हो ।  प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धुप्रसाद बास्तोलाले विपद्जन्य पूर्वसूचनालाई प्रभावकारी बनाउँदै प्राधिकरणले आउँदो मनसुनलाई दृष्टिगत गर्दै मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि सरोकार भएका निकायबीच समन्वय र सहकार्य बढाउने बताउनुभयो । पूर्वसूचना तथा चेतावनी प्रणालीलाई सुदृढ गर्दै जोखिममा रहेका वर्ग, क्षेत्र र समुदायसम्म समयमा सूचना पु¥याइने उहाँले जानकारी दिनुभयो । कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरिने प्रतिबद्धता पनि उहाँले व्...

कुमार बस्नेतद्वारा शिक्षासामग्री वितरण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जेठ १९ – सुनकोशी ५ रतनकोट आधारभूत बिद्यालयमा पुर्व स्वस्थ मन्त्रि मोहन बहादुर बस्नेतको निर्देशनमा सुनकोशी गाउँपालिका वडा नं. ५ का नेपाली काँग्रेस वडा सभापति तथा समाजसेवी युवानेता कुमार बस्नेत र उहाँकी धर्मपत्नी सावित्री खड्का बस्नेतको ब्यक्तिगत सहयोगमा रतनकोट आधारभूत विद्यालयका कक्षा ECD देखि ५ सम्म अध्ययनरत ३७ जना विद्यार्थीहरूलाई अंग्रेजी पुस्तक, स्टेशनरी सामग्री र ज्यामितीय शैक्षिक सामग्री वितरण गरिएको छ।शिक्षामा समान पहुँच र गुणस्तरीय सिकाइ सुनिश्चित गर्न सामुदायिक विद्यालयमा समेत अंग्रेजी माध्यमबाट पढाइको व्यवस्था होस् भन्ने उद्देश्यसहित यो महत्वपूर्ण पहल गरिएको हो। कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापनय समितिका अध्यक्ष स्याम कुमार लामाले गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि युवा नेता कुमार बस्नेत हुनुहुन्थ्यो। विशेष अतिथि समाजसेवी प्रमोद लामा, विद्यालयका प्...

गेरुवा गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई तालिम

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
जेठ १८ नेपालगञ्ज ÷बास नेपालको सहजीकरण र गेरुवा गाँउपालिकाको आयोजनामा पालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई स्थानिय कानुन निर्माण र गाँउ सभा सञ्चालन बिषयमा तालिम सम्पन्न भएको छ । बर्दियाको ठाकुरद्धारा स्थित बर्दिया टाईगर रिसोर्टमा शनिबार र आईतवार गरी दुई दिन सम्म सञ्चालन भएको उक्त तालिममा नेपालका सरकारका पुर्ब अर्थ सचिव तथा राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयुक्त कृष्णहरी बासकोटाले प्रशिक्षण दिनुएको थियो । दुईदिन सम्म सञ्चालन भएको तालिमा प्रशक्षिक बासकोटाले सभाको बैठक र कार्यप्रणाली, सभाको ब्यवस्थापन सम्बन्धी कार्यबिधि, स्थानिय तहको योजना तर्जुमा तथा कार्यन्वयन, स्थानिय तहको न्यायीक कार्य सम्बन्धी ब्यवस्था, स्थानिय तहमा अख्तियारले औंल्याउने गरेको बेरुजुको अबस्था कम गर्ने रणनितिक उपाय,, स्थानिय तहमा गठबन्धका बिभिन्न समिति र तिनका कर्तब्य तथा आपसी समन्वयको अबस्थाका बारेमा प्रशिक्षण...

जेठ १९ : दरबार हत्याको २४औँ स्मृति दिवस

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ, १९ जेठ : पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो । त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा परी त्यसै दिन निधन भएको थियो । अर्ध मूच्र्छित अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो । दीपेन्द्र अर्ध मूच्र्छित भई अस्पतालमा उपचाररत रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो । दीपेन्द्रको पनि २०५८ जेठ २२ गते निधन भएपछि ज्ञानेन्द्रलाई नै राजा घोषणा गरिएको थियो । तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उप...

ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीद्धारा शैक्षिक सामग्री प्रदान

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले आज शैक्षिक सामग्री – कापी, कलम, सिसाकलम, कलम,जेमेट्री बस्क, इरेजर, स्वीटर, ड्रेस कपडा,सिलाई ज्याला र अभिभावक सहयोग वितरण गरेको छ ।   आज मेलम्ची नगरपालिका भित्रका बालसुधार मावि, तेर्से मावि, जलवाईदेवि मावि, लाभगाउँ आधारभूत विद्यालय, ज्योति भञ्ज्याङ आधारभूत विद्यालय र प्रज्ञा आधारभूत विद्यालयमा वितरण सम्पन्न गरेको छ । तेर्से माविमा आयोजित कार्यक्रममा मेलम्ची ६ का वडा अध्यक्ष प्रेमबहादुर तामाङले रेष्टले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा निरन्तर रुपमा सहयोगको अपेक्षा गर्नुभयो । रेष्टले सिन्धुपाल्चोकमा २०५७ सालबाट निरन्तर काम गर्दै आइरहेको संस्थाका जिल्ला कार्यक्रम संयोजक कुमार भट्टराइले जानकारी दिनुभयो । जिल्लामा १३७९ जनालाई यस वर्ष शैक्षिक सहयोग गर्ने तयारी रहेको भट्टराइले जानकारी दिनुभयो । रेष्ट केन्द्रीय कार्यालयका सह कार्यकारी निर्देशक...

राप्रपा नेपालका अध्यक्ष कमल थापासहित आठ जना पक्राउ

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, १८ जेठः काठमाडौँको नारायणचौरमा आज भएको प्रदर्शनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । पक्राउ परेकाहरूलाई हाल परिसरमा राखिएको उहाँले बताउनुभयो । यसरी पक्राउ पर्नेमा थापासहित प्रतिनिधिसभा सांसद दीपक सिंह, ललितपुरकी शिला राणा, भक्तपुर थिमीका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिनालगायत रहेका छन् । राजतन्त्रको पक्षमा राप्रपा, राप्रपा नेपाललगायतले केही दिनदेखि यहाँ प्रदर्शन गरिरहेका छन् ।rss...