सम्पर्क

Author: लोकप्रिय समाचार

बागमती प्रदेशसभा कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित

ब्रेकिङ न्युज १, राजनिती, समाचार
 बागमती प्रदेशसभा, नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन हुनुभएको छ । आज सम्पन्न यहाँ सम्पन्न निर्वाचनमा उहाँले २२ प्राप्त गरेर मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्नुभएको थियो । निर्वाचन समितिका अनुसार मुख्यमन्त्री लामाले १४ मत प्राप्त गनुभयो । निर्वाचनमा एक मत बदर भएको जनाइएको छ । निर्वाचनमा ३७ प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए । यस अगाडिको दलको नेताको निर्वाचनमा पनि बानियाँ र लामाबीच नै प्रतिस्पर्धा भएको थियो । तत्कालीन समयमा लामाले २१ मत प्राप्त गरेर दलको नेतामा चयन हुनुभएको थियो बानियाँले १६ मत प्राप्त गर्नुभएको थियो । बुधबार भएको निर्वाचनमा कांग्रेसका ३७ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।...

साउन १५ः खीर खाएर मनाइँदै

ब्रेकिङ न्युज २, समाचार
साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । “साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो । यो स्वास्थ्यका हिसाबले पनि उत्त...

भोटेकोसीमा फेरि बाढी, सतर्क रहन आग्रह

ब्रेकिङ न्युज १, समाचार
आज बिहान ३ः०० बजेदेखि भोटेकोसीमा फेरि ठूलो बाढी आएको छ । बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ । रसुवा र नुवाकाटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ । बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् । बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित ‘त्रिशूली–काठमाडौँ प्रसारण लाइन’को स्टेशनमा क्षति भएको छ । रासस...

बाहादुर सिंह लामा को पक्षमा १५

ब्रेकिङ न्युज १, समाचार
  बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले दल नेताको हैसियत गुमाउँनु भएको छ । नेपाली काँग्रेसको तर्फबाट मुख्य मन्त्री बन्नु भएको लामा ले ३७ मतमा जम्मा १५ मत मात्र प्राप्त गर्नु भएको छ । नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलमा ईन्द्रबहादुर बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, बिनु रायमाझी पौडेल, यमुना देवी श्रेष्ठ,उर्मिला नेपाल केसी,शान्ता ढकाल,प्रभात तमाङ, छिरीङ्ग दोर्जे लामा , मीना पराजुली , याङ्किला शेर्पा, मीन कृष्ण महर्जन,बिमल ठकुरी, मदुकुमार श्रेष्ठ,सुरजचन्द्र लामिछाने,सुरेश श्रेष्ठ, श्रीराम लामिछाने,सुना परियार, श्यामबहादुर खड्का, कृष्णबहादुर तामाङ ले विश्वासको मतको पक्षमा समर्थन गर्नु भएको छ । भने विश्वासको मतको बिपक्षमा बहादुरसिंह लामा तामाङ,कुन्दनराज काफ्ले,उत्तम जोशी लक्ष्मी श्रेष्ठ, रमेशकुमार महत, हरिप्रभा खड्गी,रामकुमार पहा...

सिन्धुलीमा बेपत्ता भनिएका हायू परिवार प्रहरीको सम्पर्कमा

ब्रेकिङ न्युज २, समाचार
यहाँको गोलन्जोर गाउँपालिका–६, बिखर कटेरी छेत्पाबाट एउटै परिवारका १६ जना सदस्य सम्पर्कविहीन भएको भनिए पनि उनीहरु आज जिल्ला प्रहरी कार्यालय पोखराको सम्पर्कमा आएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार सबैजना प्रहरीको सम्पर्कमा आएका हुन् । ५२ वर्षीया उर्मिला हायूको परिवारका सबै सदस्यहरू शनिबार बेलुका इभी गाडी रिर्जभ गरेर पोखरा घुम्न गएको भन्ने सूचना प्राप्त भएको उहाँले जानकारी दिनुभयो । आज दिउँसोसम्म उक्त घरमा कोही पनि नदेखिएपछि स्थानीय र प्रहरीले खोजतलास गरेका थिए । रासस...

अझै सम्पर्कमा आएका छैनन् हायू परिवार, शून्य छ आँगन

ब्रेकिङ न्युज २, समाचार
जङ्गलले ढाकिएको एकान्त ठाउँमा घर छ । भाँडाकुँडा छरपस्ट छन् । खरले छाएको भान्साघर जलेको छ । घर पालुवा पशुपन्छी भोकले कराइरहेका छन् । नपकाएको मासु गन्हाएको छ । १८ जनाले भरिएको त्यो घर अहिले शून्य छ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पामा बस्दै आएको एउटा हायू परिवारै रहस्यमय रूपमा सम्पर्कविहीन हुँदा जिल्लावासी नै चकित छन् । श्रीमान् बितेपछि ५२ वर्षीया उर्मिला हायू (आमा) को छत्रछायाँमा परिवार चलेको थियो । यही परिवार चार दिनदेखि हराइरहेको स्थानीयवासी बताउँछन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उर्मिलासहित २७ वर्षीया कमला हायू (छोरी), २३ वर्षीया कोमल माया हायू (बुहारी), २२ वर्षीया उषा हायू (छोरी), १९ वर्षीया सुजता हायू (छोरी), १८ वर्षीया अस्मिता हायू (छोरी) १२ वर्षीया बालिका शान्ता हायू (छोरी) सम्पर्कविहीन छन् । यस्तै, २९ वर्षीय राजु हायू (छोरा), २४ वर्षीय हिमाल हायू (छोरा), १६ वर्षीय ला...

नक्कली सुन देखाएर ठगी गरेको अभियोगमा दुई जना पक्राउ

ब्रेकिङ न्युज १, समाचार
नक्कली सुन देखाइ रु २१ लाख ५० हजार ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ घर भई हाल भक्तपुर ठिमि–८ बोडे बस्ने २८ वर्षीय बुद्धिबहादुर तामाङ तथा नुवाकोट मेगङ गाउँपालिका–८ घर भई हाल भक्तपुर चागुनारायण–८ सुडाल बस्ने २२ वर्षीय सुमन तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार नक्कली सुन देखाइ प्रतितोला रु एक लाख १० हजारमा दिन्छु भनी प्रलोभनमा पारी गत फागुन २५ गते ओखलढुङ्गाका ढकबहादुर बुढाथोकीबाट रु १२ लाख र जेठ २७ गते दोलखा भीमेश्वर–५ का अर्जुन बस्नेतबाट रु नौ लाख ५० हजार लिई फरार रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट सुनजस्तो देखिने पहेलो धातु (एक केजी) एक थान बरामद गरिएको थियो । दुवै जनालाई...

सुनकोशी नदीमा पाँच वर्षदेखि पुल निर्माण अलपत्र

ब्रेकिङ न्युज १, समाचार
काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माण सुरु गरिएको पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ । काभ्रेपलाञ्चोकको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकाको सापिङका विभिन्न वडा तथा बस्तीमा सडकको पहुँच पुर्‍याउने उद्देश्यले विसं २०७७ भदौमा पुल निर्माणको सम्झौता गरिएको थियो । निर्माण कम्पनीले उक्त मोटरेबल पुलको काम समयमा नगर्दा भुम्लुका हजारौँ नागरिकले सास्ती खेप्दै आउनुपरेको हो । सिन्धुपाल्चोकको चेहेरेलाई सडक सञ्जालसँग जोड्न लागि सुनकोशी नदीमा मोटरेबल पक्की पुल निर्माणार्थ सडक विभाग र अमर कन्स्ट्रक्सन प्रालिबीच विसं २०७७ भदौ १० गते सम्झौता गरिएको थियो । विसं २०८० जेठ २ गतेसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता गरिए पनि निर्माण व्यवसायीले विभिन्न बाहाना बनाउँदै काममा आलटाल गरेकाले पाँच वर्षसम्म पुल अलपत्र बनेको स्थानीय बताउँछन् । विभागअन्तर्गतको पुल सेक्टर कार्यालय...
सङ्खुवासभा समाज कतारको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा मादेन लिम्बु सर्वसम्मत

सङ्खुवासभा समाज कतारको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा मादेन लिम्बु सर्वसम्मत

बिदेश, ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार सङ्खुवासभा समाज कतारले “चौथो अधिवेशन” भव्य रूपमा सम्पन्न गरेको छ । समाजका अध्यक्ष राजेन्द्र खनालको सभापतित्व तथा कोशी समन्वय परिषद् कतारका अध्यक्ष पदम कुमार घिमिरेको प्रमुख आतिथ्यमा खुल्ला र बन्द सत्र गरी दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्र बाट आगामी कार्यकालका लागी सङ्खुवासभा जिल्ला पाँचखपन नगरपालिका वडा नं. १ का बिरेन मादेन लिम्बु अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा पदम प्रसाद सिम्खडा, प्रथम उपाध्यक्षमा भवानी शंकर पौडेल, द्वितीय उपाध्यक्षमा मान बहादुर तामाङ, महासचिवमा शिव कुमार खत्री, उप महासचिवमा सञ्जय के.सी सचिवद्वय उमेश सुबेदी र विक्रम निरौला कोषाध्यक्षमा प्रकाश लिम्बु, सह कोषाध्यक्षमा खड्ग बस्नेत, साहित्य संयोजकमा राज कुमार सुवेदी,महिला संयोजकमा कृष्णा राई निर्वाचित हुनुभएको छ । यसैगरी कार्यसमिति सदस्यहरूमा द...
सांगितिक प्रस्तुति दिन कतार पुगेका दोहोरी गायक पन्थी गुल्मी सेवा समाजद्वारा सम्मानित

सांगितिक प्रस्तुति दिन कतार पुगेका दोहोरी गायक पन्थी गुल्मी सेवा समाजद्वारा सम्मानित

बिदेश, ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार,लोकप्रिय समाचार दैनिक, कतार आफ्नो सांगीतिक प्रस्तुति दिन कतार पुगेका दोहोरी गायक बाबुराम पन्थी सम्मानित हुनुभएका छ । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको “११ औं महाधिवेशनमा प्रस्तुति दिन पुगेका गायक तथा सर्जक पन्थी सम्मानित हुनुभएको हुन् । कतारमा रहेका गुल्मेलीहरूको साझा संस्था गुल्मी सेवा समाज कतारले एक कार्यक्रमको आयोजना गर्दै कलाकार पन्थीलाई सम्मान गरेको हो । गुल्मी सेवा समाज कतारका काःवा अध्यक्ष सुरज चन्द बोहोराको सभापतित्व तथा गायक पन्थीकै प्रमुख आतिथ्यमा “भेटघाट तथा सम्मान कार्यक्रम” सम्पन्न भएको हो । सम्मान कार्यक्रममा समाजका, संस्थापक सदस्य बाबुराम महत,समाजका काःवा अध्यक्ष सुरज चन्द बोहोरा, प्रमुख संरक्षक बुद्ध पाण्डेय, प्रमुख सल्लाहकार कमल अर्याल, सल्लाहकार कुमार अविरल पन्थी, लगायत अन्य व्यक्तित्वहरूले खादा ओढाएर सम्मान पत्र ग्रहण गर्दै सम्मान गर...