सम्पर्क

Author: लोकप्रिय समाचार

मेलम्चीमा अनुगमनः कानूनी मापदण्ड पुरा नगर्ने स्वास्थ्य संस्था बन्द

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका र इलाका प्रहरी कार्यालय मेलम्चीद्वारा मेलम्ची क्षेत्रका निजी स्वास्थ्य संस्था, डेन्टल क्लिनिक , पोलिक्लिनिक , क्लिनिकहरूमा मंगलबार संयुक्त अनुगमन गरिएको छ । अनुगमनका क्रममा कानूनी प्रक्रिया र स्वास्थ्य मापदण्ड पूरा नगरी सञ्चालन भएका विभिन्न स्वास्थ्य संस्थामाथि कारबाहीको प्रक्रिया अघि बढाइएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो । उहाँका अनुसार जनस्वास्थ्य ऐन २०७५, जनस्वास्थ्य नियमावली २०७७, बागमती प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) ऐन २०८१ तथा प्रदेश स्वास्थ्य सेवा (दोस्रो संशोधन) नियमावली २०८१ बमोजिम मापदण्ड नमान्ने संस्थामाथि कानूनी कारबाही गरिनेछ । अनुगमन टोलीले मेलम्ची बजारमा रहेका इन्द्रावती डेन्टल क्लिनिक प्रा.लि. र जुगल डेन्टल क्लिनिकलाई अनुमति र मापदण्ड पूरा नगरेको भन्दै तत्काल बन्द गर...

कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

ब्रेकिङ न्युज १, समाचार
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा देवमणि भट्टराईले जानकारी दिनुभयो । “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन”, उहाँले भन्नुभयो । यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन...

राष्ट्रियता र लोकतन्त्रका निमित्त कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता गर्दैन : सभापति देउवा

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २८ असोजः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियता र लोकतन्त्रका पक्षमा कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता नगरेको बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा उहाँले जुनसुकै कालखण्डमा पनि देशमा उत्पन्न विषम परिस्थितिलाई ठीक ढङ्गले पहिचान गर्ने र मुलुकलाई जटिलताबाट सहजतातर्फ पु¥याउने कांग्रेसको विशेषताले नै पार्टीलाई सदैव जनताको प्यारो पार्टीका रुपमा स्थापित गरिरहेको उल्लेख गर्नुभयो । ‘जेनजी’ आन्दोलनका क्रममा साङ्घातिक हमलामा परी घाइते हुनुभएका उहाँ आज पहिलोपटक सार्वजनिक रुपमा देखिनुभएको हो । उक्त आन्दोलनपछि पहिलो पटक भएको कांग्रेस केन्द्रीय समिति बैठक आज बसेको हो । उहाँले लोकतन्त्र प्राप्तिको सङ्घर्षमा होस् वा देशमा भएका सबै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको आन्दोलन होस्, सदैव सही एजेण्डा तय गरी देशलाई उ...

भदौ २३ र २४ गतेको घटनाको छानविन गरी दोषीलाई कारबाही होस् ः सभापति देउवा

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
  काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले (भदौ २३ र २४ गते) भएको घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग माग गर्नु भएको छ। उँहाले ३५ दिन पछी सार्वजनिक हुँदै नेपाली काँग्रेसको केन्द्रिय कार्यलयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै उँहाले यस्तो बताउँनु भएको हो । मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै देउवाले ‘त्यति मात्र होइन नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी सम्पतिमाथि तोडफोड लुटपाट र आगजनी गरिएको छ ।’यसको तुरुन्त छानबीन गरि दोषीलाइ कार्बाही गर्न पर्छ भन्नु भयो । देउवाले भदौ २३ गतेको जेनजीको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ हुँदा अर्कै रुप लिएको कारण निर्दोष नवयुवक...

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन बढ्यो आठ हजार एक सय

ब्रेकिङ न्युज २, समाचार
स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मङ्गलबार सुनको मूल्य तोलामा आठ हजार एक सय रुपियाँले बढेको जनाएको छ । महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई लाख ४८ हजार पाँच सय रुपियाँ कायम भएको हो । सोमबार छापावाल सुन तोलामा दुई लाख ४० हजार चार सय रुपियाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको हो । यसैबिच, चाँदीको मूल्य मङ्गलबार बढेर तोलामा तीन हजार ३२५ रुपियाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो । सोमबार चाँदी तोलामा तीन हजार २२० रुपियाँ कायम भएको थियो । रासस...

वर्षातका कारण बन्द रहेको मेलम्चीको पानी काठमाडौँ

ब्रेकिङ न्युज २, समाचार
वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौँ ल्याइएको छ । वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गत वर्षको असार १० गते बन्द गरिएको पानी मर्मतपश्चात काठमाडौँ ल्याइएको हो । वर्षातले क्षति गरेको कही ठाउँमा मर्मतपश्चात अहिले पानी सङ्कलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेकोे मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वर्षातले क्षति गरेको ठाउँमा मर्मत गरी र पानीको बहाब कम भएसँगै अहिले हामीले मेलम्चीको पानी काठमाडौँ ल्याउन सफल भएका छौँ । सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको छ ।” काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेको छ । मेलम्ची खानेपानी बन्द गरिएको बेला विभिन्न स्रोतबाट दैनिक १३ देखि १४ करोड लिटर पानी ...

सन्दीप बस्नेतको नेतृत्वमा बाह्रबिसेमा जेनजी गठन

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकाका समाज सेवी सन्दीप बस्नेतको नेतृत्वमा १५१ सदस्यीय जेनजी समुह गठन गरिएको छ । समाजमा जेनजीको नाममा अराजक गतीबिधी बढ्न थालेको हुँदा त्यसलाइ खबरदारी गर्न, र सम्बिधानको रक्षा गर्नका लागी लोकतान्त्रीक जेनजी नगर समिती गठन गरिएको संयोजक बस्नेतले जानकारी दिनु भयो । लोकतान्त्रीक जेनजी समुहले भ्रष्टचार, अनियमीतताको बिरोध गर्ने समाजमा शान्ती कायम गर्न सहयोग गर्ने समाजमा हुने बिकृतीको अन्त गर्ने सामाजीक बिकासमा सहजता गर्ने लगाएतका सामाजीक सेवामा समर्पीत रहने समेत बस्नेतले बताउँनु भयो ।  ...

बाढीबाट क्षतिग्रस्त बिपी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा

ब्रेकिङ न्युज २, समाचार
यही असोज १७ र १८ को अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनेको बिपी राजमार्गमा अस्थायी सडक निर्माण कार्य तीव्र गतिमा सम्पन्न भएपछि आजदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ । गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग आजदेखि खुलाइएको छ । शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ‘ट्रयाक’ खुलाएपछि परीक्षण गरी आज बिहानदेखि राजमार्ग पूर्ण रूपमा खुलाइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । आज बिहानैदेखि सवारीसाधन सञ्चालनमा ल्याउने गरी रातको समयमा समेत कामलाई निरन्तरता दिइएपछि राजमार्ग पूर्ण रूपमा खुलाउन सम्भव भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको हो । शुक्रबार साँझसम्ममा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपाल...

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा मेलम्ची नगरपालिकाका कर्मचारीले १ दिनको तलब सहयोग गर्ने

ब्रेकिङ न्युज १, समाचार
सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा मेलम्ची नगरपालिकाको सम्पुर्ण कर्मचारीले १ दिनको तलब सहयोग गर्ने भएका छन् । जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोडमा क्षति भएको भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा सम्पुर्ण कर्मचारीको १ दिनको तलब सहयोग गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारी दिनुभयो । १ दिन बराबरको तलब दुई लाख असी हजार हुने उँहाले बताउनुभयो । यस अघि पनि मेलम्ची नगरपालिका तथा यहाँका कर्मचारीले बिभिन्न बिपदहरुमा सहयोग गर्दै आएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।...

एनजिओ र दातालाई दोष नदेऊ — जेनजेड आन्दोलन जनताको हो

विचार
नेपालको जेनजेड आन्दोलनपछि केही स्वतःघोषित राष्ट्रवादी, पुराना दलका निष्ठावान र केही मिडियाले एउटा खतरनाक कथा फैलाइरहेका छन् — यो जनआन्दोलन कुनै विदेशी निधि वा एनजिओको खेल हो भन्ने। यो केवल गलत मात्र होइन, अन्यायपूर्ण पनि हो। यसले असल परिवर्तन चाहने नयाँ पुस्ताको आत्मसम्मानमाथि चोट पुर्‍याउँछ। पहिले कुरा प्रष्ट गरौं — सबै एनजिओ राम्रा हुँदैनन्। धेरै सामाजिक अगुवा पेशागत एनजिओ कामदार बनेका छन्, यो पनि समस्या हो । तर सबै एनजिओ वा दाताहरू खराब छन् भन्ने सोच गलत र ढोंगी हो। राज्य र दलहरूले जनतालाई सेवा गर्न असफल भएकाले नै एनजिओहरू जन्मिएका हुन्। सयौँ वर्षदेखि जातीय विभेद, लैङ्गिक असमानता, गरिबी र राजनीतिक भ्रष्टाचारका कारण राज्य नपुगेका ठाउँमा यिनले काम गरेका छन्। एनजिओ र दातृ सहयोगबिना नेपालले एचआईभी, टीबी, मलेरिया नियन्त्रण, मातृ–शिशु स्वास्थ्य, अपाङ्ग अधिकार, दलित, लैङ्गिक तथा यौनिक अल्पसं...