अरनिको राजमार्ग लगाएतका क्षेत्रहरुमा सवारी आबत जाबतमा रोक
जिल्ला प्रशासन कार्यलय सिन्धु पाल्चोकले असोज १७ गतेदेखि २० गतेसम्म साँझ ७ बजे देखी बिहान ५ बजे सम्म अरनिको राजमर्ग साहयक मार्ग हरुमा एम्बुलेन्स, शबबहान,दम्कल र सुरक्षा निकायका साधन बाहेक अरुलाइ रोक लगाएको जिल्ला स्थित सुरक्षा समितीको बैठकले निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको अध्यक्षतामा बसेको आकस्मीक बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नदी किनारा छेउ छाउ बस्नेलाइ सुरक्षित स्थानमा राख्ने , बिपदका कारण कुनै घटना घटेमा तत्काल स्वास्थ्य उपचार का लागी सबै तैयारी अबस्थामा राख्ने सबै सुरक्षा निकाय, सामाजीक सघ सस्था,रेडक्रस सबै तैयारी अबस्थामा बस्ने लगाएतका निर्णय हरु भएको छ । जिल्ला प्रशासन कार्यालयले आजदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागबाट जानकारी प्राप्त भएकाले अबको केही दिन सतर्क रहन सबैमा अनुरोध गरेको छ । यसै बिच जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजद...
