मेलम्चीमा १२ वटा डोजर परिचालित, ठूला ढुँगा फुटाउन सेनासँग अनुमति लिइँदै
मेलम्ची खानेपानी आयोजनाबाट अस्थायी रुपमा भए पनि उपत्यकामा खानेपानी ल्याउने काम अघि बढेको छ । मेलम्ची नदीको मुहान सफाइका क्रममा ठूला ढुङगा भेटिएपछि आयोजनाले नेपाली सेनालाई विष्फोटक पदार्थ उपलब्ध गराउन अनुमति माग्ने तयारी थालेको छ ।
मेलम्ची खानेपानी आयोजनाको पुनःनिर्माणको काम पुरानै चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिएपछि हाल मुहान सफाइको काम शुरुभएको छ । आयोजनाले फागुन दोस्रो सातासम्म मुहान सफाइको काम सम्पन्न गरी चैत अन्तिमसम्ममा अस्थायी रुपमा काठमाडौं उपत्यकामा पानी ल्याउने लक्ष्य राखेको मेलम्ची खानेपानी विकास समिति प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।
हाल मेलम्ची खोलाको मुहानमा १२ वटा डोजर र २२ वटा ट्रिपरले काम धमाधम अघि बढाएको पन्तले जानकारी दिनुभयो । मुहान सफाइमा माथिल्लो तहमा गिटीवालुवा मात्र भेटिए पनि तल्लो तहमा ठुलाठुला ढुङ्गा भेटिएपछि ब्रेकर प्रयोग गरी फु...
