सम्पर्क

Author: लोकप्रिय समाचार

काँग्रेस नेता तामाङको श्रद्धाञ्जली सभा

ब्रेकिङ न्युज १, समाचार
नेपाली काँग्रेस चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का पुर्ब सभापति स्व. चक्र बहादुर तामाङको निधनमा दुःख ब्यक्त गर्दै नेपाली काँग्रेसले श्रद्धाञ्जली सभा गरेको छ । कार्यक्रममा नेपाली काँग्रेसले तत्काल राहतका लागि रु. २५ हजार रुपैया समेत मृतकको परिबारलाई प्रदान गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्टी सभापती बिकास लामाले नेपाली काँग्रेसका स्थानिय नेता समेत रहनु भएका तामाङ गाउँ बिकासका लागी अति चिन्तित रहने र पार्टीका लागि हरेक समयमा उपस्थित भई पार्टीको काममा लाग्नु भएको ब्यक्ती गुमाउन परेकोम चिन्ता ब्यक्त गर्दै श्रदाञ्जलि दिनुभयो । उहाँले स्वर्ग भनेको प्रशँसा हुनु भएको बताउँदै स्व. चक्र बहादुरले राम्रा काम गरेको र उहाँ स्वर्गमा रहनु भएको कुरा बताउनुभयो । कार्यक्रमका बिशेष अतिथि नेपाली काँग्रेस दोलखा जिल्ला सभापति बर्मा लामाले २०३७÷३८ साल तिर डडुवामा आउँदा देखिको साथि गुमाउन परे...

कांग्रेस नेता खड्काद्धारा विद्यालयलाई सहयोग

ब्रेकिङ न्युज २, समाचार
नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता देवेन्द्र खड्काले चौताराको एक विद्यालयमा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गर्नुभएको छ । सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर एक प्रदेश सभा ‘ख’का सभापति देवेन्द्र खड्काले चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ३ खालेस्थित समाज बिकास आधारभुत विद्यालयमा कम्प्युटर तथा पिन्टर हस्तान्तरण गर्नुभएको हो । खड्काले विद्यालयलाई २ सेट कम्प्युटर र १ थान प्रिन्टर हस्तान्तरण गर्नुभएको हो । आफ्नो व्यक्तिगत खर्चमा उहाँले कम्प्युटर र प्रिन्टर हस्तान्तरण गर्नुभएको बताउनुभएको छ ।...

ज्यामिरे साना किसानको साधारणसभा जग्गादाना सम्मान र व्यवस्थापन हस्तान्तरण

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
पाण्डब अधिकारी ज्यामिरे मेलम्ची नगरपालिका वडा नं. ९ मा रहेको ज्यामिरे साना किसान कृषि सहकारी संस्था लि. को तेस्रो बार्षिक साधारण सभा तथा व्यवस्थापन हस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले सहकारीको मर्म र भावना अनुरूप शेयर सदस्यहरुलाई कृषि, पशु लगायतका व्यवसायमा लाग्न व्यवसायिक योजना साथ अघि बढ्न आग्रह गर्नुभयो। सहकारीको माध्यमबाट किसानलाई आत्मनिर्भर बनाई आम्दानी बृद्दि गराउने नगरपालिकाको रणनीति रहेको बताउँदै प्रमुख अतिथि अर्यालले उत्पादन, प्रशोधन , बितरण, प्रबर्द्दनको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्दता जाहेर गर्नुभयो। ’कृषिमा अत्याधिक व्यक्ति संलग्न रहे पनि हाम्रो परम्परागत निर्वाहमुखी खेतीका कारण फाइदा लिनु पर्ने वर्गले फाइदा लिन सकेको छैन।’– नगर प्रमुख अर्यालले भन्नुभयो – ’नगण्य संख्यामा केही ...

राप्रपा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ द्धारा निर्वाचित केन्द्रीय सदस्यलाई सम्मान

ब्रेकिङ न्युज २, राजनिती
नेत्रबहादुर बस्नेत राष्ट्रीय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक क्षेत्र नम्बर १ द्धारा केन्द्रीय सदस्यमा विजयी हुनुभएको नेताहरुलाई सम्मान गरिएको छ । एक समारोहका बिच निर्बाचित केन्द्रीय सदस्य दईन्द्र बहादुर ठकुरी, केन्द्रीय सदस्य यसिम्न ढुँगाना, लगाएतलाई सम्मान गरिएको हो । सम्मान पटी मन्तब्य राख्दै केन्द्रीय सदस्य ठकुरीले निर्वाचनमा राजा र हिन्दु राष्ट्रका नाममा भोट माग्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशनमा पनि हिन्दु राष्ट्र र राजतन्त्रको बिषयलाइ प्राथमिकता दिएको बताउनुभयो । ‘राजा र हिन्दु राष्ट्रको बिषयमा हामी अलिकति पनि परिवर्तन नभएको बताउँदै ठकुरीले पार्टीभित्र राजतन्त्र चाहिन्छ भन्ने हाम्रो अजेन्डामा पार्टीभित्र कसैको विमति नरहेको समेत बताउनुभयो । नेपालमा धर्म निरपेक्षता र सँघीयता लागु भएपछी मुलुकलाई ठूलो भार परेको बताउँदै केन्द्रीय सदस्य ठकुरीले सबै मिलेर बस्न...

टेलिसिरियल ‘इकुपिताङ ’मा ब्यस्त टुपि एन्टिना

मनोरन्जन
‘टुपि एन्टिना’ नामबाट प्रख्यात कलाकार तथा निर्देशक घनश्याम तिमल्सिना यतिबेला टेलिसिरियल बनाउन ब्यस्त रहनुभएको छ । उहाँ पछिल्लो समय नयाँ टेलिसिरियल ‘इकुपिताङ ’ मा ब्यस्त देखिनुहुन्छ । उहाँले त्यहाँ पिएको भुमिका निभाउनुभएको छ । डेभिड सिलवालको सम्पादनमा बनेको उक्त सिरियलमा उनका २० वर्षदेखिका पुराना साथी सोलेमान शंकर (इंकु) पनि सँगै देखिनुभएको छ । उहाँले आफ्नो २० वर्ष पुरानो साथीसँग पर्दामासँगै देखिन पाएकोमा गर्भ महसुस गरेको पनि बताउनुभयो । सर्ट मुभिका टप निर्देशक समेत रहेका घनश्याम ‘छोरी’ टेलिसिरियलको लेखक निर्देशक समेत रहनुभएको छ । ‘छोरी’ सिरियलमा नेपाली समाजमा रहेको महिला हिंसा र दुब्र्यवहारबारे देखाइएको छ । उक्त सिरियल महिला हिंसा विरुद्धको चेतनामुलक सन्देशका लागि बनाइएको घनश्याम बताउनुहुन्छ । उहाँले कोरोनाको समयमा पनि नेपाली चलचित्र ‘बदला रिर्टनस’ बनाउनुभएको हो । उहाँले अझै चलचित्र...

नगर प्रमुखद्धारा वडा कार्यालय भवनको शिलान्यास

ब्रेकिङ न्युज १, समाचार
चौतारा सांगाचोकगढी नगरपालिका ५ नं वडा कार्यालयको नयाँ भवन बन्ने भएको छ । शनिवार चौतारा सांगाचोकगढी नगरपालिका मेयर अमानसिं तामाङले भवनको सिलान्यास गर्नुभएको हो । वडा अध्यक्ष नरमान श्रेष्ठका अनुसार ६ महिना भित्र १ करोड ९६ लाख लागतमा निमार्ण सम्पन्न गर्ने गरी निमार्ण कम्पनीले काम सुरु गरेको छ । सेवाग्राहीलाई प्रभावकारी सेवा दिने विषयलाई प्राथमिकता दिँदै १४ वटै वडामा व्यवस्थित भवनमा स्थापित कार्य जारी रहेको मेयर अमानसिं तामाङले बताउनुभयो । कार्यक्रममा स्थानिय जनप्रतिनिधी, नागरिक समाज, टोल विकास संस्थाका प्रतिनिधि, पत्रकार तथा सर्बसाधारणहरुको सहभागिता रहेको थियो ।...

कन्सोर्टियम नेपालको नेतृत्वमा मोहन दंगाल

ब्रेकिङ न्युज २, समाचार
दिपेन्द्र श्रेष्ठ बालसहभागितामा कार्यरत संस्थाहरुको साझा समूह कन्सोर्टियम नेपालको २२ औ साधारणसभा तथा नवौं अधिवेशनले चाइल्ड नेपालका कार्यक्रम निर्देशक मोहन दंगालको अध्यक्षतामा सर्वसम्मत रुपमा कार्यसमिती चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा सन्तोष महर्जन, महासचिबमा प्रदिपकुमार लामिछाने, सचिवमा अनिता पाण्डे, कोषाध्यक्षमा सरोज आचार्य, सदस्यहरुमा प्रकास बसी, स्वस्तिका शर्मा, निरिजना भट्ट, विश्वास लामिछाने, बद्री सुवेदी, संजय कुसवाह, गंगा गुरुङ्ग, र पशुपति चौधरीलाई सर्वसम्मत चयन गरेको हो ।  ...

प्रेस चौतारी काभ्रेद्धारा स्वर्गीय पत्रकार नानीरामको परिवारलाई सहयोग

ब्रेकिङ न्युज १, समाचार
प्रेस चौतारी नेपाल,काभ्रेल स्वर्गीय पत्रकार नानीराम नेपालको परिवारलाई रू ५० हजार ३१ सहयोग गरेको छ । हृदय घात भई असमाहिक निधन हुनुभएका नेपालको परिवारलाई सहयोग गर्नका लागि प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकले सुरुवात गरेको सहयोग कोषमा प्रेस चौतारी नेपाल काभ्रे सम्बद्ध साथीहरूबाट सँकलित उक्त रकम सहयोग गरिएको प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझीले जानकारी दिनुभयो । सहयोगको लागि काभ्रे प्रेस चौतारी नेपाल परिवारलाई सिन्धुपाल्चोकका प्रेस चौतारि नेपालका अध्यक्ष बिदुर आचार्यले धन्यवाद ब्यक्त गर्नुभयो ।...

चौताराको गैरीगाउँमा आगलागी

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ स्थित गैरी गाउँमा आँगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । राजन श्रेष्ठ को १ तले ढलान घरमाथी रहेको जस्ता र काठको टहरो मा रहेकोे चुलो मा पिँडालु बसालेको मा चुलो बाट अचानक नजिकै रहेको सुकेको मकै मा आगो सल्कन गै आगोलागी भएको प्रहरीले जानकारी दिएको छ । उक्त आगोलागीबाट कुनै पनि मानवीय तथा चौपाया छेती नभएको समेत प्रहरीले जनाएको छ । उक्त ट्रस्ट मा राखिएको धान ,चामल ,कोदो,मकै र कपडा हरु जलेर नस्ट भएको भएको छ । उक्त आगोलागी नेपाली सेना ,शस्त्र प्रहरी ,नेपाल प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा आएको र क्षतिको पूर्ण विवरण भने को विवरण आउन बाकी रहेको छ ।...

मैत्रीपुण टेबुल टेनिस प्रतियोगितामा नेपाल प्रहरी अगाडी

खेलकुद
कर्मचारी ,बैंकर्स र सुरक्षाकर्मी बिच भएको मैत्रीपुर्ण टेबुलटेनिस प्रतियोगितामा नेपाल प्रहरीले जित निकालेको छ । प्रतियोगितामा सिंगल तर्फ सिन्धुपाल्चोक प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक राजन अधिकारी प्रथम हुनुभयो । यस्तै प्रहरी नायव निरीक्षक अजित राज बस्नेत दोस्रो हुनुभयो भने रमेश श्रेष्ठ तेस्रो हुनुभएको छ । डबल्स तर्फ पनि प्रहरीकै टिम प्रहरी उपरीक्षक अधिकारी, प्रहरी नायव निरीक्षक बस्नेत प्रथम हुँदा द्धितिय तर्फ प्रहरी हवल्दार दिनेश स्याङतान र प्रहरी जवान तारा वहादुर थामीको टिम बन्यो । प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिकाको कर्मचारी वद्री भुजेल र सुनील सापकोटाले भने तेस्रो स्थानमै चित्त बुझाउनु परेको छ । उक्त प्रतियोगितामा खेलको उत्कृष्ट खेलाडी समेत प्रहरी उपरीक्षक अधिकारी घोषीत हुनुभयो । विहिबार वनदेवी कभर्ड हल,चौतारामा आयोजित मैत्रीपूर्ण टेवुल टेनिस प्रतियोगिता–२०७८ मा श्री गोरखबक...