सम्पर्क

Author: लोकप्रिय समाचार

भोलि बस्ने मन्त्रिपिरषद् बैठकबाट स्थानीय तहको निर्वाचन मिति घोषणा हुन्छ ः कार्की

ब्रेकिङ न्युज १, समाचार
सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चुनावको मिति सोमबार घोषणा हुने बताउनुभएको छ । सरकार निर्वाचनको मिति तोक्न आलटाल गरेको भन्दै आलोचना भइरहेको बेला कार्कीले सोमबार बस्ने मन्त्रिपिरषद् बैठकबाट स्थानीय तहको निर्वाचन घोषणा हुने बताउनुभएको हो । निर्वाचनको मिति घोषणामा सरकारले आलटाल गरेको हो कि भन्ने शंका उत्पन्न भएको बेला मन्त्री कार्कीले मिति घोषणमा सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो । ‘भोलि (सोमबार) मन्त्रिपरिषद्को बैठक बसेर जेठ ४ गने चुनाव गर्न निर्णय गरिन्छ’ मन्त्री कार्कीले भन्नुभयो,’अहिले मिति घोषणाको सम्बन्धमा जुन किसिमको कुरा गरिदैँछ यसमा कुनै किसिमको शँकामा नरहन म सबैमा आग्रह गर्दछु ।’ निर्वाचन आयोगले सिफारिस गरेको मितिमा चुनाव सम्पन्न गर्ने कार्कीले जानकारी दिनुभयो । आयोगले सिफारिस गरेको एकसाता भईसक्दा पनि मिति घोषणा नगरेपछि सरकारले आ...

‘कान्छी नानी’ भन्दा मन दुख्छ—२८ वर्षीया उपाध्यक्ष सिर्जना तामाङ

अन्तर्वाता
लोकप्रिय नेत्रज्योती सञ्चार समूहको अभियान ‘स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल’ अन्तर्गतको कुराकानीमा जुगल गाउँपालिका, सिन्धुपाल्चोककी उपाध्यक्ष सिर्जना तामाङ हुनुहुन्छ । प्रस्तुत छ, उपाध्यक्ष तामाङसँग गरिएको कुराकानीको सम्पादित अंशः १) आजभोलि केमा व्यस्त हुनुहुन्छ ? अहिले कोभिडका कारण सबै अस्वस्थ छौं । कार्यालय बन्द छ । भिडभाड गरेर काम गर्ने अवस्था छैन, फिल्डमा गएर काम गर्न सक्ने अवस्था पनि छैन । यद्यपि, नियमित गर्नुपर्ने कामहरू गरिरहेका छौं । २ ) जनप्रतिनिधि भएर काम गर्दाको अनुभव कस्तो रह्यो ? देशमा संघीयता आइसकेपछि मैले यो अवसर पाएँ । गाउँपालिका उपाध्यक्ष भएर काम गरेको पनि पाँच वर्ष पूरा हुँदैछ । मेरो लागि यो सुनौलो अवसर हो । धेरै कुरा सिक्ने अवसर मिल्यो । नीतिगत, व्यवस्थापकीय र न्यायिक सवालका विषयमा त झन् आफैं संलग्न भएर काम गर्ने मौका मिल्यो । यसबाट जीवनकै महत्त्वपूर्ण सिकाइ भएक...

विभिन्न माग लिएर पाँचपोखरीका जनप्रतिनिधिहरु सिंहदरवारमा

ब्रेकिङ न्युज २, समाचार
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका जनप्रतिनिधिहरुले राष्ट्रिय विपद व्यवस्थापन कार्यालय र राष्ट्रिय विपद जोखिम प्रधिकरण कार्यालय सिंहदरवारमा पुगेर आफ्ना समस्याहरु राखेका छन् । गाउँपालिकाको अध्यक्ष टासी लामा (ह्योल्मो)को नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत दिनेश कुमार पोखरेल सहित ८ वटै वडाकधा अध्यक्षहरुले सिंहदरबार राष्ट्रिय विपद व्यवस्थापन कार्यालय र राष्ट्रिय विपद जोखिम प्रधिकरण कार्यालय पुगेर विभिन्न माग राख्नुभएको छ । उहाँहरुले २०७२ सालको भुकम्पले निजि अवास पूर्णरूपमा क्षती भइ गाउँपालिका भित्र लाभग्राही कायम हुन बाँकी घरधुरी लाभगा्रही कायम गर्न र इन्द्रावती नदि र याग्री लार्के बाढीका कारण क्षति पुगेको निजी आवासलाई पुनः निर्माण गर्नको निम्ति दवाव दिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभयो ।...

काँग्रेस क्षेत्रिय सभापतीद्धारा ह्विलचियर प्रदान

ब्रेकिङ न्युज १, समाचार
नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का क्षेत्रिय सभापती बालकृष्ण बस्नेतले अपाँगता भएका ब्यक्तिहरुलाई ह्विलचियर र खाद्यान्न सहयोग गर्नुभएको छ । बाह«विसे नगरपालिका वडा नं. ७ घुम्थाङ राक्से गाउँमा रहेका बिकुलाल तामाङ र अर्जुन थापालाई क्षेत्रिय सभापति बस्नेतले वस्नेत उक्त सहयोग गर्नुभएको हो । दुवै अपाँगता भएका ब्यक्तिहरुको सपना ह्विलचियरमा बस्ने भएको थाहा पाएपछी बस्नेतले उक्त सहयोग गर्नुभएको हो । ह्विलचियर र खाद्यान्न सहयोगपछी आफ्नो भनाई राख्दै क्षेत्रिय सभापति बस्नेतले जनताको हरदुखमा मलम पट्टी लगाउन काँग्रेस सदैब लागिपरेको बताउनुभयो ।...

गृहमन्त्रीद्वारा मेलम्ची खोलाको पुल उद्घाटन

ब्रेकिङ न्युज २, समाचार
गृहमन्त्री बालकृष्ण खाणले मेलम्ची खोलामा निर्माण भएको पुल (बेलिब्रिज) उद्घाटन गर्नुभएको छ । गत साउन १६ र १७ मेलम्ची खोलामा आएको बाढीले चनौटेबजारस्थित पुल बगाएको थियो । हेलम्बु गाउँपालिका– २ र ७ जोड्ने सो पुल नेपाली सेनाले बनाएको हो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते स्थानीय चनौटे र भिरखर्क जोड्ने पुल नेपाली सेनालाई निर्माण गर्ने जिम्मेवारी दिएको थियो । करिब नौ सातामा तयार गरिएको पुल आजै सडक विभागलाई हस्तान्तरण गरिएको छ । ४८.७७ मिटर लम्बाइ र ४.२० मिटर चौडाइ रहेको उक्त पुलको भारवहन क्षमता २४ टन छ । बाढी आएर पुल बगाएपछि खोला वारिपारि गर्न निकै कष्ट बेर्होदै आएका स्थानीयवासीलाई नयाँ पुल निर्माणपछि अत्यावश्यक खाद्य सामग्री ओसारपसार र बिरामी हुँदाका बखत उपचारका लागि काठमाडौँलगायतका स्थानमा जान सजिलो भएको छ । बाढीले रातो पुल बगाएपछि तीन स्थानीय तहको सडक सञ्...

स्थानीय तहको चुनावको मिति केही दिनमै घोषणा हुने

ब्रेकिङ न्युज १, समाचार
सरकारले एक, दुई दिनभित्रै स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले जेठ ४ गते एकै चरणमा चुनाव गर्ने प्रस्ताव गरेको पाँच दिन हुँदा पनि सरकारले निर्णय गर्न ढिलाइ गरेको भन्दै आलोचना भइरहेको छ । तर आवश्यक तयारी नपुगेकाले अस्ति बिहीवार मन्त्रिपरिषद्को बैठक बस्न नसकेको र अब बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सरकारले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने राज्यमन्त्री उमेश श्रेष्ठले अब बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सम्भावना रहेको बताउनुभयो । उज्यालोसँगको कुराकानीमा उहाँले तोकिएकै समयमा चुनाव गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । मन्त्रिपरिषद्को नियमित बैठक सोमवार र बिहीवार बस्ने गर्छ । यसअघि आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलमा जेठ ४ गते चुनाव गर्ने समझदारी भएको थियो । सरकारले स्थानीय तहको चु...

रेडक्रसद्धारा कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री सहयोग गर्ने

ब्रेकिङ न्युज २, स्वास्थ्य
नेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोक शाखाले जिल्लामा कोरोना सँक्रमित भएकाहरुलाई स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ । रेडक्रसले कोभिड — १९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत उक्त स्वास्थ्य सामाग्री वितरण गर्ने भएको कार्यक्रमका ब्यवसायीक स्वयमसेवक भरतप्रसाद कोईरालाले जानकारी दिनुभयो । उक्त सामाग्री कोरोना सँक्रमितलाई हस्तान्तरित गरिने समेत कोईरालाले बताउनुभयो । यसअघिपनी रेडक्रस सिन्धुपाल्चोकले कोभिड — १९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत कोरोना रोकथाम तथा नियन्त्रण, स्वास्थ्य खानेपानी तथा सरसफाइ स्वच्छवता कार्यक्रम, स्वास्थ्य तथा स्वच्छताका लागि जोखिम सञ्चार, सामुदायिक संलग्नता र जवाफदेहिता कार्यक्रम, समुदायमा आधारित निगारानी तथा केस सर्बेक्षण खोजपड्ताल कार्यक्रम,कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि समुदाय स्तरमा खानेपानी,सरसफाइ तथा स्वच्छवता कार्यक्रम,मानसिक स्...

जनताको घरदैलोमा मद्धत नेपालको निशुल्क स्वास्थ्य शिविर

ब्रेकिङ न्युज १, स्वास्थ्य
जनताको घरदैलोमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने लक्ष्यका साथ मद्धत नेपालको सहयोग र नेपाली काँग्रेस सिन्धुपाल्चोकका सचिव झलक नेपालको पहलमा चौतारा नगरपालिकाको सवै वडाहरुमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आज चौतारा साँगाचोकगडी नगरपालिका वडा न.२ सविक बतासे भोटेफुल्पिङ मा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा १ सय ५० ले सेवा लिएको जिल्ला सचिव नेपालले जानकारी दिनुभयो । सचिव नेपालले अत्यासलाग्दो चिसो, भारी वर्षा र हिमपातको प्रवाह नगरी जनताको सेवा घरदैलोमै गई जनताको स्वास्थ्य उपचारमा खटिनु हुने डा. टाशी शेर्पा लगायतको स्वास्थ्यकर्मी टिमको कामले आफुहरु सधै ऋणी रहको बताउनुभयो । बृद्ध, बालवालिका , असहाय लगायतका उपचारका लागी गाउँ पसेको मद्धत नेपालले हालसम्म एक हजार ४ सयको निशुल्क उपचार गरिसकेको छ । ग्रामिण भेगका दुःखी ,पिडीत कोभिडलाई लक्षित गरी सानो रोग लाग्दा पनि अस्पतालबाट बञ्...

राप्रपा सुनकोशी गाउँपालिकाको पार्टी कार्यालय उद्धाटन

ब्रेकिङ न्युज २, राजनिती
राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले सुनकोशी गाउँपालिकामा पार्टी कार्यालय उद्घाटन गरेको छ । केन्द्रीय सदस्य दईन्द्र बहादुर ठकुरीको प्रमुख आतिथ्यतामा भएको कार्यालय उद्धघाटन कार्यक्रममा केन्द्रीय सदस्य यष्मीन ढुगाँनाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा राप्रपा सिन्धुपाल्चोकका अध्यक्ष निलध्वज थापा , २ नम्बर क्षेत्रीय अध्यक्ष रामेश्वर खड्का , चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र थापा , राप्रपाको पूर्व केन्द्रीय सदस्य जितबहादुर भारती लगायतको सहभागिता रहेको थियो । कार्यालय उद्धघाटनकै अवसर पारेर जिल्ला अध्यक्ष थापाले सुनकोशी गाउँपालिका अध्यक्ष देवीप्रसाद न्यौपानेलाई नगद २५ हजार हस्तान्तरण समेत गर्नुभएको छ ।...

हिमपातले जनजिवन कष्टकर

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको उच्च हिमाली भू—भागमा भारीमात्रामा हिमपात हुँदा जनजिवन कष्टकर बनेको छ । बिहिवारदेखी लगातार पानीले हिमाली क्षेत्रमा चिसो बढ्नुका साथै उच्च हिमालय क्षेत्र पाँचपोखरी, ओखरेनी, हेलम्बु, मुडेमा हिमपातले जनजिवन प्रभावित भएको छ । चिसो बढेसँगै जिल्लाका स्थानियबासी घरबाहिर निस्कन सकेका छैनन् भने कृषकहरु भने हिमपात र वर्षा भएपछि अन्नबालि सप्रेन भो भन्दै खुसी भएका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २, शेर्माथाङ सहित सो गाउँपालिकाका अधिकाँश उच्च क्षेत्र हिउँले ढाकिएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले यो मौसमी प्रणाली...