फेब्रुअरी आयोडिनको महिना — भोटेकोशीमा सचेतना कार्यक्रम
फेब्रुअरी महिना राष्ट्रिय आयोडिन सचेतना महिनासँग सम्बन्धित कार्यक्रम भोटेकोशी गाउँपालिकामा सम्पन्न भएको छ ।
कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष दाबुटी शेर्पा लामाले आयोडिन शरीरलाई दैनिक रुपमा नभई नहुने सुक्ष्म पोषक तत्व रहेकाले आवश्यक मात्रामा आयोडिनको प्रयोग गर्न सबैमा आग्रह गर्नुभयो ।
कार्यक्रममा वडाध्यक्ष सुपा लामा , सुआहारा कार्यक्रमको मनोज मिश्र , गाउँपालिका स्वास्थ्य सँयोजक भुपेन्द्र लाल श्रेष्ठ लागायत स्थानियहरुको सहभागिता रहेको थियो ।
दीर्घकालिन रणनीति अनुसार नेपाल सरकारले सन् १९७३ देखि मानिस तथा जनावरले खाने नूनमा आयोडीन मिसाएर विक्री वितरण गरिने युनिभर्सल साल्ट आयोडाइजेशनको कार्यक्रम ल्यायो । साथै, सन् १९९९ मा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सही मात्रामा आयोडीन भएको नूनको लागि प्रमाणिकरण चिन्ह “दुई बालबालिकाको चिन्ह’ सामाजिक बजारीकरण अभियान अन्र्तगत जारी गर्यो ।...
