नागरिकले घरदैलोको सरकारको आभाष गरेका छन् – वंशलाल तामाङ
सन्तोष सिग्देल
मुलुकमा संघियता सुरू भएयता पहिलो पटक निर्वाचित जनप्रतिनिधिको पहिलो कार्यकाल सकिनै लागेको छ । यस अन्तरालमा केही स्थानिय तहका जनप्रतिनिधिको कार्यकाल गालि खांदैमा बित्यो भने केही जनप्रतिनिधिको कार्यकाल वाहवाहिमा सकिनै लाग्यो ।
संघियता पछि नागरिकले घरदैलोको सरकारको आभाष पाएका छन् । कतिपय स्थानिय तहहरूले उदाहरणीय काम गरेका छन् । नागरिकको आवश्यकता केही हदसम्म पूरा भईसकेका छन् । त्यस्तै मध्येको एउटा उदाहरण हो, सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिका ।
इन्द्रावति गाउँपालिकाले आम नागरिकको जनभावना अनुसार योजना तथा परियोजना संचालन गरेको गांउपालिकाका अध्यक्ष वंशलाल तामाङले बताउनुभयो ।
गाउँपालिकाको कार्यपालिकामा अल्पमत भएपनि हालसम्म कुनै पनि विषयमा अवरोध सृजना हुने वातावरण नआएको अध्यक्ष तामाङको अनुभव छ । पालिकाले आम नागरिकको मागअनुसार योजनाबद्व तरिकाले बिकास निर्माणको काम गरेको अ...
