निर्वाचनमा महिला नेतृत्वका लागि एकताबद्ध
आगामी स्थानीय तहको निर्वाचनमा महिला नेतृत्वको सावित गर्नका लागि बागलुङका महिला नेतृ एकजुट भएका छन् । अन्तरपार्टी महिला सञ्जालको समन्वयमा बागलुङका जुनसुकै पार्टीले महिला उम्मेदवारलाई अगाडि बढाउन अग्रसरता र सबै पार्टीका महिला नेतृलाई एकजुट बनाएको छ ।
बागलुङका विभिन्न राजनीतिक दलमा आबद्ध महिलाले संविधानमा भएको व्यवस्थानुसार मुख्य पदमा फरक लिङ्ग अनिवार्य गर्नका लागि आफ्नै पार्टीमा दबाब सिर्जना गर्न एकजुट भएर आवाज उठाएका छन् । उनीहरुले आफूहरु जुनजुन पार्टीमा भए पनि बागलुङका १० स्थानीय तहका प्रमुखसहित ८५ वटै वडामा महिला नेतृत्व स्थापित गर्नका लागि एकताबद्ध भएर दबाब दिने अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष कुशुम बुढाले जानकारी दिनुभयो ।
“अहिले नेपाली कांग्रेस, नेकपा ९ एमाले, नेकपा ९ माओवादी केन्द्र लगायतका दलमा रहेका महिलाले एकजुट भएर उम्मेदवारमा महिला अगाडि बढ्न दबाब दिइरहेका छौँ”, बुढाले भन्नु...
