सम्पर्क

Author: लोकप्रिय समाचार

मेलम्चीमा करेन्ट लागेर एक जनाको मृत्यु

ब्रेकिङ न्युज २, समाचार
मेलम्चीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मेलम्ची १३ फट्कशिलामा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा डिओ फुटेर करेन्ट लाग्दा नेपाल विद्युत प्राधिकरण मेलम्ची हेलम्बु वितरण केन्द्रका कर्मचारी ईश्वर गुरागाईँको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो । करेन्ट लागेर धुलिखेल अस्पतालमा उपचार क्रममा  भएको प्रहरीले जनाएको छ ।...

एक सय ६३ जनामा सङ्क्रमण पुष्टि

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
देशभर आज एक सय ६३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज तीन हजार सात सय ४६ जनामा गरिएको परीक्षणमध्ये सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज एक सय ३० जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने प्रतिशत ९८.६ रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ३० पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर र चितवन रहेका छन् । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, जाजरकोट, हुम्ला, डोल्पा, जुम्ला, मुगु, बझाङ र दार्चुला रहेका छन् । यस्तै होम आइसोलेशनमा दुई हजार तीन सय ४६ जना, संस्थागत आइसोलेशनमा ८४, सघन उपचार कक्ष (आइसियु)मा १७ जना र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ । आज कोरोना भाइरसविरुद्धको खोप चार लाख ८० हजार आठ सय १८ जनाले खोप लगाएका छन् ।रासस...

शिक्षक महासंघको पत्र चौतारालाइ

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  सिन्धु पाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका शिक्षक महासंघे नगर प्रमुख केष्ण प्रसाल सापकोटालाइ ध्यानकर्षण पत्र बुझाएको छ । शिक्षक महासघं चौतराकासाँगाचोकगढी नगरपालिकाका अध्यक्ष राजु पराजुलीको अध्यक्षतामा गएको टोलीले शुक्रबार ज्ञापन पत्र बुझाएको हो । अध्यक्ष राजु पराजुली सहअध्यक्ष राजेन्द्र प्रसाद सापकोटा, सचिब सुवर्ण लाल श्रेष्ठ द्धारा हस्ताक्षरित पत्र नगर उपप्रमुख सिता थापाको बिशेष उपस्थितीमा उक्त पत्र बुझाइएको हो ।  ...

मेलम्ची नगर प्रमुख सहितलाइ बालेनको स्वागत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाका मेलम्ची नगरुपालीकाका प्रमुख आएतमान तामाङ उपप्रमुख उमा प्रधान सहितका पदाधिकारीहरुलाई काठमाण्डौ महानगरपालीकाका प्रमुख बालेन शाह उपप्रमुख उमा प्रधान लगायतलाइ स्वागत गर्न भएको छ । यसका साथै पर्यटन बिकास संस्कार सस्कृतीको जगेर्ना कसरी गर्न सकिन्छ र कसरी समृद्ध नगर बनाउन सकिन्छ भन्ने बिषयमा समृद्ध छलफल भएको नगर प्रमुख आइतमान तामाङले बताउँनु भएको छ । भाद्र शुक्ल चतुर्दशीको दिन काठमाडौंका महानगरबासी नेवार समुदायले इन्द्रजात्रा उत्सव मनाउने परम्परा छ । राजा गुणकामदेवले सर्वप्रथम इन्द्रजात्रा उत्सव मनाउन शुरु गरेको यसै दिनलाई राजा जयप्रकाश मल्लले रथयात्रा गर्ने परम्परा बसालेका जनाइएको छ । चोखो भएर बिहानै इन्द्रध्वज उठाउने, लिङ्गो पूजा गरी शिरमा पुष्प गुच्छाले सजाई, छाता सहितको गजूर र जमिनसम्म छुने कपडाको ध्वजा हनुमान् ढोका अगाडि तलेजु भवानीको मन्दिर सामु राखिन्छ ।त्यस ध्...

चौसागढीको कृषिमा मुख्य प्राथमिकता

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाले कृषि तथा सामाजिक विकाशलाई मुख्य प्राथमिकता राखेको बताएको छ । नगर जनप्रतिनिधीहरुले पद बहालीगरेको १०० दिनको अवसरमा नगरपालिकाले गरेका काम तथा आगामी योजनाका कार्यहरुको बारेमा जानकारी गराउँन आयोजना गरिउको पत्रकार अन्तरक्रिया कार्यक्रम मा उक्त कुराको जानकारी दिइएको हो । (चौतारासाँगाचोकगढीनगरपालीकाको १००दिनको प्रगती बिबरण हेर्न यँहा थिच्नुहोस)अन्तरक्रीया कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद सापकोटाले नगरपालिकाको पहिलो प्राथमिकतामा शिक्षा, स्वास्थ्य, र कृषिलाई मध्यनजर गर्दै भौतिक पूर्वाधारको काम अगाडि बढाईएको समेत बताउनुभयो । नगरपालिका क्षेत्रभित्रको पूर्वी शहरी आयोजना प्राथमिकता, नगरपालिकाभित्र खानेपानी आयोजना लगायत शिक्षक दरबन्दी, शैक्षिक गुणस्तर बढाउने योजना प्रस्तुत गर्नुभएको थियो । साथै नगरपालिकाले रोजगारीकोे निम्ति उद्यमशिलता कार्यक्रम, नगरपा...

जनमतको कदर गर्न सिन्धु काँग्रेसको आग्रह

ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
जनमतको कदर गर्न सके मात्र राज नेताका कामहरु सफल हुने हुदा जनमतको कदर गर्न‘ राजनेताहरुको पहीलो दाइत्व रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्व मन्त्री मोहनबहादुर बस्नेतले बताउँनु भएको छ । जनमत अनुसार गठबन्धन नभए स्विकार गर्न नसकिने कुरा दोहोर्याउनु हुँदै बसनेतले यस्तो बताउँनु भएको हो । सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं १ मा आफुले टिकट नछोड्ने संकेत गर्दै हाइट र पदले नभै जनमत अनुसार गठबन्धन हुनुपर्नेमा जोड दिनुभयो । शुक्रबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा भएको १०९ औँ बीपी जयन्ती तथा जनताको साथमा कांग्रेस अभियानको पहिलो चरणको समापन कार्यक्रमा प्रमुख अतिथिको आशन बाट बोल्नु हुँदै बस्नेतले उक्त कुरा बताउनुभएको हो । उँहाले बिपिको आदर्शलाई नेपाली कांग्रेसले अक्षरस सिरोधार्य गर्दा नेपालको छिटै सम्मुनत हुने बताउँदै नेपाली कांग्रेस विपिको आदर्शबाट थोरै मात्र चुक्यौ भने नेपालमा प्र...

बिभिन्न कार्यक्रम गरी मनाइयो साक्षरता दिबस

ब्रेकिङ न्युज १, समाचार, साहित्य, स्वास्थ्य
‘साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण’ भन्ने आदर्श वाक्यका साथ नेपालमा पनि ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो । दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सन्देश दिनुहुँदै साक्षरता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्याङ्नको मापनसहितको प्रतिवेदन समेत सार्वजनिक गरेको छ । यसै सन्धर्भमा सिन्धुपाल्चोक जिल्लामा पनी बिभिन्न कार्यक्रम गरि यो दिबस मनाइएको छ । जिल्लाको सदर मुकाम चौतारासाँगानचोक गढी नगरपालिकामा पनी शैक्षिक गुणस्तर सिकाइ अभिवृद्धिमा सरोकारवालाको भूमिका भन्ने शीर्षकमा अन्तरक्रियात्मक कार्यक्रम...

बिराटनगरमा जसपाको निर्वाचन केन्द्रीत प्रशिक्षण कार्यक्रम

राजनिती, समाचार
जनता समाजवादी पार्टी, नेपालको प्रदेश नम्बर १ समितिले निर्वाचन केन्द्रीत एक दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बिराटनगरको कञ्चनजङ्गा पार्टी प्यालेसमा बिहीबार आयोजित कार्यक्रममा पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई, केन्द्रीय कार्यकारिणी सदस्यहरु युवराज कार्की, रणध्वज कन्दङ्वा, परसुराम बस्नेत, मधेश प्रदेशका पूर्व मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, लगायतले प्रशिक्षण दिनु भएको थियो । पार्टीका राजनीतिक समिति सदस्यहरु, केन्द्रीय समितिका सदस्यहरु र प्रदेश स्तरिय अगुवा नेताहरुलाई ५ वटा समुहमा विभाजन गरी प्रशिक्षण दिइएको प्रदेश नम्बर १ समितिका अध्यक्ष प्रविण चाम्लीङले बताउनु भयो । प्रशिक्षीत प्रशिक्षकहरुले प्रदेश नम्बर १ का १४ वटै जिल्लामा ५ वटै समुह बनाएर भाद्र ३० गतेभित्र प्रशिक्षण दिने गरी कार्य तालिका तय गरिएको छ । प्रशिक्षणमा पार्टीको नीति, विचार, शिद्दान्त, मुद...

मेलम्ची लगाएत लाइ काठमाण्डौको स्वागत

ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार, साहित्य
काठमाडौं महानगरपालिका द्वारा आयोजित इन्द्रजात्राको पुर्वसन्ध्यमा बिहीबारकाठमाडौंको होटल सोल्टीमा भगिनी सम्बन्ध रहेको नगरपालिका र गाउँपालिकाको प्रमुख तथा उपप्रमुखहरुलाई विविध संस्कृतिक कार्यक्रम सहित स्वागत गरेको छ । यही क्रममा मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङ्ग लगाएत लाइ स्वागत गरिएको थियो । देश तथा विदेशमा आफ्नो भगिनी सम्बन्ध रहेका नगरपालिका र गाउँपालिकाहरुलाई इन्द्रजात्राको अवसर पारेर आमन्त्रण गरेका महानगरले इन्द्रजात्रा सहित ४ दिन सम्म काठमाडौंको विभिन्न ठाउँको संस्कार, संस्कृति लगायत पुरातात्त्विक कलाहरुको अवलोकन गराउने कार्यक्रम रहेको छ । १२ औँ देखि १८ औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोकाको दरबार क्षेत्रमा हुने इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्त्वपूर्ण जात्रा हो। जसमा राष्ट्र प्रमुखरुको पनि अनिवार्य उपस्थित हुने प्रच...

जसपाको कर्णाली खसान राष्ट्रिय समितिका साथैबिभिन्न समिती गठन

ब्रेकिङ न्युज २, राजनिती, समाचार
जनता समाजवादी पार्टी, नेपालको खसान राष्ट्रिय समिति ÷कर्णाली गठन भएको छ । सुर्खेतको विरेन्द्रनगरमा आयोजित भेलाले देवीकृष्ण न्यौपानको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो ।समितिको उपाध्यक्षहरुमा रघुवीर मिजार, लाले कुमाल, भरत केसी, कर्णबहादुर थापा, गगन सारु, यादव गुरुङ मुख्य सचिवमा चन्द्रकला विक, सचिवहरुमा खेमराज अर्याल, सन्तोषी विश्वकर्मा, माधवप्रसाद उपाध्याय, हरिलााल बाङगघरे र फत्तबहादुर सोती रहेका छन् भने समितिको कोषाध्यक्षमा कर्णवीर विक रहनु भएको जसपाले जनाएको छ ।यसै गरी समितिको सदस्यहरुमा गणेशबहादुर नेपाली, कृपाराम बस्नेत, विष्णा शाही, विक्षा खत्री, चित्रबहादुर वली, अमर खत्री, राजबहादुर भाम र तिलक बस्नेत रहनु भएको छ। यसै गरीजसपाको सुदुरपश्चिम प्रदेश खसान राष्ट्रिय समिति गठन भएको छ जनता समाजावदी पार्टी, नेपालको सुदुरपश्चिम प्रदेश खसान राष्टिय समिति गठन भएको छ । डडेल्धुरा जिल्लाको अम...