ईलामका रमेश दुलालले ‘कागे’ कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पार्नु भएको छ ।
काग तिहारको अवसरमा काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा काग हरुको भेला गराइ १९औं ‘काग सम्मेलन’ गरिएको हो । ग्रीन सिटीअस्पताल बसुन्धराको आयोजनामा रत्नपार्कस्थित शान्तिबाटिकामा दुलालले काग बोलाइ जम्मा परेर १९औं काग सम्मेलन गरिएको हो । काग सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने ईलामका रमेश दुलालले ‘कागे’ कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पार्नुभएको थियो ।
विगत १८ वर्षदेखि काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आएका दुलालले यसवर्ष पनि काग बोलाएर सम्मेलन गरेको हो ।काग तिहारको दिनमा कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा रही आएको ले कागलाइ मिठा मिठा खाने कुरा दिएर आफुले खाने गरिन्छ ।
