सम्पर्क

Author: लोकप्रिय समाचार

ठुलो सिरु्रवारी जिल्लाकै पहीलो बालमैत्री वडा घोषणा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ ठूलोसिरुवारीलाई जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको छ । ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा बुधवार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले उक्त वडालाई बालमैत्री वडा घोषणा गर्नु भएको हो । उँहाले बाल बचाऊ,बाल संरक्षण,बाल विकास, र अर्थपुर्ण बाल सहभागिताजस्ता बाल अधिकारका सवाललाई स्थानिय निकायको नीति,संरचना,प्रणाली र कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धतिमा चौतारा साँगाचोकगढी नगरपालिका वडा १३ ले बाल मैत्री वडाका घोषणाका लागी बालबालिकाका सवाललाई सम्बोधन गर्ने नीति, रणनीति र कार्य योजनाको तर्जुमा,सार्वजनिक सांगठनिक संरचनामा बाल मैत्री इकाईको संस्थागत व्यवस्था,बालमैत्री आवधिक र बार्षिक योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वायन,बालबालिकाको हित प्रवद्र्धन गर्ने कार्यक्रममा उपयुक्त लगानी गर्ने व्यवस्था ,बालबालिका प्रति “नागरिक” स...

दशैँ तिहारमा ५ लाख सम्म छुट पाउने अफर लिएर आयो इ भी नेपाल मोटर्स ले

बिजनेस, बिदेश, समाचार
  काठमाडौं –ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटरमा दशैँ अफर ल्याएको छ जसको नाम हो लेभलिंग को सफर दशैँ तिहारमा डबल अफर भन्ने स्किम संचालन मा ल्याएको छ। नेपालि कर्पोरेट हाउसको इतिहास मा ३१ बर्ष पुरानो र नेपाल भरिको सबै ग्राहक को बिश्वास जित्न सफल ग्रुप को रुपमा परिचित कम्पनि बज्र ग्रुप हो ्र विश्वको बिभिन्न प्रसिद् ब्राण्ड नेपाल मा ३१ बर्ष देखी बिक्रि गर्दै आएको बज्र ग्रुप अन्तर्गत को कम्पनि ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटरमा दशैँ अफर ल्याएको हो । जसको नाम हो लेभलिंग को सफर दशैँ तिहारमा डबल अफर भन्ने स्किम संचालन मा ल्याएको हो्.यस स्किम मा घर मै बसेर एस एम एस EVNEPAL<space>1111 and send it to 35001 बाट १ लाख सम्म छुट पाउन सक्नु हुनेछ भने शोरुम गएर शोरुम ले दिएको कोड मा एस एम एस गरेर फेरी छुट पाउन सक्नु हुनेछ यसमा २ चोटी एस ए...

महिला आत्मनिर्भरता केन्द्रको ३० औं बार्षिक साधारणसभा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती
महिला आत्मनिर्भरता केन्द्र मेलम्चीको ३० औं बार्षिक साधारणसभा बुधवार मेलम्चीमा सम्पन्न भएको छ । २०४७ सालमा जिल्लाका सचेत र सक्रिय महिलाहरुको सक्रियतामा स्थापित यस संस्थाले महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । महिलाहिँसा,महिला आत्मनिर्भरता केन्द्र मेलम्चीको ३० औं बार्षिक साधारणसभा बुधवार मेलम्चीमा सम्पन्न भएको छ । २०४७ सालमा जिल्लाका सचेत र सक्रिय महिलाहरुको सक्रियतामा स्थापित यस संस्थाले महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । महिलाहिँसा, अन्याय, अत्याचार विरुद्ध लड्ने र मानव अधिकारको प्रत्याभूतिका साथै राज्यको निर्णायक तहमा महिलाहरुको पहुँच पुर्याउने उद्देश्यले संस्था स्थापना गरिएको पूर्व अध्यक्ष भगवती नेपालले जानकारी दिनुभयो संस्थाका कुल १५७ सदस्य र १० जना सहयोगी पुरुष सदस्य रहेका संस्थाका कार्यक्रम व्यस्थापक कृष्ण गुरुङले जानकारी दिनुभयो । संस्थाले मेलम्ची, हेलम्बु,...

दि हिमालयन भीगन फेस्टिभल आयोजना

बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार
भाद्र २८ काठमाडौं । नेपालका तीन प्रमुख स्थानमा दि हिमालयन भीगन फेस्टिभल आयोजना भ्इरहेको छ । भाद्र २८ देखि असोज ४ गतेसम्मको लागि एक हप्ता लामो हिमालयन भीगन फेस्टिभल २०२२ शुरु भएको हो । लुम्बिनीमा भदौको २८ २९ ,३०, ३१ र असोजको १ गते होटल सोल्टी कालीमाटी काठमाडौंमा , असोजको २, ३ एवं ४ गते होटल ग्राण्ड विराजचोक पोखरामा हुँदैछ । यस प्रकारको महोत्सव दक्षिण एशियामै पहिलो पटक हुन गइरहेको आयोजकहरूले बताएका छन् ।HVF Brochure विश्वमा बढ्दै गएको वातावरणीय प्रदुषण एवं ग्लोबल वार्मिङलाई कम गर्न, विश्वव्यापिरूपमा देखिएका क्यान्सरलगायतका असाध्य स्वास्थ्य समस्याहरूलाई निवारण गर्न, मानवमा देखिएको अमानवीय व्यवहारलाई निराकरण गर्न, विभिन्न खालका असन्तुलित र अप्राकृतिक तथा अव्यवहारिक गतिविधि आदिलाई समाधान गर्न भीगन (पूर्णशाकाहार) जीवन शैली अप्नाउनु पर्छ भन्ने निक्र्याल स्वास्थ्य विज्ञ, वैज्ञानिक, दार्शनिकलगायत...

तीनजना फरार अपराधी पक्राउ

समाचार
सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले एकैदिन तीन जना फरार अपराधी पक्राउ गरेको छ । पक्राउ पर्नेमा भ्रष्टाचार मुद्दामा अदालत , काठमाडौंले ३ महिना कैद र १० हजार जरिवाना तोकीएका बाह्रबिसे नगरपालिका ८ का उद्वव प्रसाद नेपाल रहेका छन् । उहाँसँगै जिल्ला अदालत काठमाडौंबाट सवारी ज्यान मुद्दामा २ बर्ष कैद तोकिएका मेलम्ची ८ का रामहरि चौलागाईं पक्राउ परेका छन् । नेपालको २०७७ चैत ३१ गते फैसला गरिएको थियोे भने चौलागाईंको भने २०६१ असार ९ गते फैसला भएको थियो । उनिहरुलाई आजै जेल चलान गरिएको छ । प्रहरीले सार्वजनिक अपराध मुद्दामा २०७२ चैत १८ गते १० हजार रुपैयाँ जरिवानाको फैसला भएका बाह्रबिसे ५ का २९ बर्षका राजकुमार बस्नेतलाई समेत पक्राउ गरेको छ । जिल्ला अदालत , सिन्धुपाल्चोकले तोकेको जरिवाना तिरेर बस्नेत मंगलबार नै छुटेको जिल्ला प्रहरी कार्यालय , सिन्धुपाल्चोकका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक शिव बु...

विद्यालयमा छड्के अनुगमन

समाचार
सिन्धुपाल्चोक बलेफी गाउँपालिकाको उपाध्यक्षद्धारा विद्यालयको छड्के अनुगमन तथा स्थलगत निरिक्षण गर्नु भएको छ । बलेफी गाउँपालिकाको वडा नं. ७ स्थित सरस्वती माध्यमिक विद्यालय र वडा नं. ८ स्थित जनचेतना आधारभुत विद्यालयमा गाउँपालिका उपाध्यक्ष सरु लामा तामाङले छड्के अनुगमन गरेको छ । गाउँपालिकाद्वारा बजेट व्यवस्थापन गरिएको दिवा खाजाको स्वच्छता, शैक्षिक गुणस्तरको स्थिति, विद्यालय, शिक्षक, विद्यार्थीहरुको अवस्थाकोबारे आवश्यक अनुगमन गरेको उपाध्यक्ष तामाङले बताउनुभयो । उहाँले विद्यालयको समस्याहरुको बारेमा समेत जानकारी लिँदै उक्त विषय सुधारका लागि आगामी कार्यपालिका बैठकमा प्रस्तावको रुपमा उठाउने र समाधानका लागि आफ्नो तर्फबाट कटिबद्ध भई अघि बढ्ने पुर्ण प्रतिबद्धता जनाउनुभयो । यसरी अचानक विद्यालयको छाड्के अनुगमनमा पुग्नुभएका उपाध्यक्षको काम देखेर स्थानीय शिक्षा प्रेमी एवं युवा नेता शंकर कार्कीले खुलेर प्रश...

यु एम ११ औ सभा राकेश श्रेष्ठ लगायत चौताराको शाखा नै सम्मानीत

ब्रेकिङ न्युज २, समाचार
काभ्रेपलाञ्चोक जिल्लामा प्रधान कार्यलय राखी सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा शाखा सञ्चालन गर्दै आएको यु.एम.बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा शाखाले बिभिन्न ब्यक्तीत्वलाइ सम्मान गर्दै मगंलबार आफ्नो ११ औं वार्षिक साधारणसभा गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष शिव श्रेष्ठको प्रमुख अतिथ्यतामा र पुर्ब अध्यक्ष नरमान श्रेष्ठको बिशेष अतिथ्यतामा सम्पन्न सभाले बाल बचतकर्तामा सबै भन्दा उत्कृष्ट अरुण श्रेष्ठ, ऋणीमा उत्कृष्ट राकेश श्रेष्ठ, नियमित बचतकर्तामा जनक श्रेष्ठ, उत्कृष्ट शेयर खरिदकर्तामा गम्भीर राना, जेष्ठ सदस्यमा नारायणबहादुर श्रेष्ठ, उत्कृष्ट कर्मचारीमा मुना तामाङलाई सम्मान गरेको छ । मूख्य कार्यालय काभ्रेको बनेपामा रहेको उक्त सहकारीको ८ वटा शाखा रहेको सहकारी मध्ये चौतारा शाखा उत्कृष्ट भई सम्मानित समेत भएको छ । शाखा प्रमुख रामकृष्ण कार्र्कीलाई सहकारीको अध्य...

कांग्रेस नेता बस्नेत र मुख्यमन्त्रीबीच भेट ४ करोड निकाशा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी गाउँपालिका क्षेत्रको बाढीपहिरो नियन्त्रणका लागि तत्कालका लागि १० करोड बजेट विनियोजन भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाको विकास र बजेटका विषयमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेसँग भेटवार्ता गर्ने क्रममा मुख्यमन्त्री पाण्डले बस्नेतको मागको सम्बोधन गर्दै पाण्डेले तत्काल ४ करोड बजेट सो क्षेत्रमा गइसकेको बताउँनु भयो । पाण्डेले १० करोड तुरुन्त कार्यान्वयन गर्नका लागि पनि सम्बन्धित निकायलाई निर्देशन दिनुका साथै थप बजेट निकासा गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ। नेता बस्नेतले सिन्धुपाल्चोकका दुबै क्षेत्रको विकासमा बराबरी बजेट दिनुपर्ने र प्राथमिकताका आधारमा काम अगाडि बढाउनुपर्ने मग गरेको बस्नेतका स्वकीय सचिव रामेश्वर आचार्य ले जानकारी दिनु...

नेपाल र चीनबीच अन्तरसंसदीय सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
– भीष्मराज ओझा काठमाडौँ, २७ भदौ (रासस) : नेपालको सङ्घीय संसद्को प्रतिनिधिसभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस (नेशनल पिपुल्स कंग्रेस) का बीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सभामुख अग्निप्रसाद सापकोटा र नेपालको औपचारिक भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुबीच द्विपक्षीय वार्तामा भएको सहमतिको आधारमा आज छ बँुदे सम्झौतापत्रमा हस्ताक्षर भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । सम्झौतापत्रअनुसार दुवै पक्ष आपसी विश्वास सुदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्ररूपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूल हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिन सहमत भएका छन् । यसैगरी दुवै पक्षले दुई...

चौसागढी१३माबालमैत्री वडा घोषणाहुने

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
बाल दिबस भदौ २९ गतेको दिन सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ ठूलोसिरुवारी बालमैत्री वडा घोषणा हुने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले एक समारोहका बिच बालमैत्री वडा घोषणा हुन लागेको वडा नं १३ बाल संरक्षण समितीका अध्यक्ष हरी बिक्रम नेपालले जानकारी दिनु भयो ।यँहा पनी थिच्नुहोस अनी पढ्नुहोसबालमैत्री स्थानीय शासनको अवधारणा यो वडा लाइ बाल मैत्री वडा घोषणा भए पछी जिल्लाकै पहिलो बाल मैत्री वडा हुने भएको छ ।५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा आउँदो २९गतेका दिन बालमैत्री वडा घोषणा गर्न लागिएको बताउँदै वडा अध्यक्ष रामप्रसाल गौतमले वडाले बालमैत्री वडा घोषणा गर्न का लागी ५१ वटा सूचक पुरा गर्नु पर्ने हुन्छ । यो सुचक पुरा गरिसकेको हुँदा बाल मैत्री वडा घोषणा गर्न लागीएको गौतमले बताउँनु भयो । वडा बालसंरक्षण समितिका अनुअसार वडामा बालविबाहमा न...