सम्पर्क

Author: लोकप्रिय समाचार

आज काठमाडौँमा यो वर्षकै बढी चिसो

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस रहेको थियो । चिसो बढेसँगै मौसम पूर्वानुमान महाशाखाकाले तापक्रम क्रमशः घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । काठमाडौँ उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै चिसो सुरु हुन्छ । केही दिन अघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । राति प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही ब...

सिन्धुपाल्चोक१मानेपाल र २मा बस्नेतको अग्रताकायमै

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधीसभा क्षेत्र नंं १सरेश नेपाल(नेकपाएमाले) ६४६६ मत आउँदा गठबन्धनका उम्मेद्वार माधव सापकोटा सुवोध(नेकपामाओवादी केन्द्र) ले५५३६ मत पाउँनु भएको छ । यस क्षेत्रमा नेकपा एमालेका सरेश नेपालले ९३०मतले अगाडी रहनुभएको छ । यसै गरी प्रतिनिधि सभा क्षेत्र नं १, प्रदेशसभा –१ मसिना खड्का,( नेपाली काँग्रेस) ले ७३४६र डिबी तामाङ, एमालेले ७३२८ मत पाउँनु भएको छ । नेपाली काँग्रेसका खड्का १८मतले अगाडी रहनु भएको छ । यस्तै प्रतिनिधि सभा क्षेत्र नं २ मा नेपाली काँग्रेसका मोहनबहादुर बस्नेत ले६५९२ नेकपा एमालेका शेरबहादुर तामाङले ४६४० मत ल्याउँनु भएको छ । यस क्षेत्रमा बस्नेत १९५२मतले अगाडी रहनु भएको छ । यसै गरी यो समाचार तैयार पार्दा सम्म प्रतिनिधि सभा क्षेत्र नं २, प्रदेशसभा –१ नेकपा माओवादी केन्द्र का युवराज दुलालले ६६७२र नेकपा एमालेका अमानसिँह तामाङले ४४२९ मत ल्याउँनुभएको छ । यँहा युबरा...

सिन्धुमा पहिलोपटक ‘नो भोट’ आवाज

ब्रेकिङ न्युज १, राजनिती, समाचार
मंसीर ४ गते भएको निर्बाचनमा सिन्धुपाल्चोक जिल्लाभरका एक लाख ४६ हजार ३ सय ४ मतदाताले तीनसय २० मतदान केन्द्र पुगेर मतअधिकार प्रयोग गरे । यसरी मतदान भइरहँदा , सिन्धुपाल्चोक र काभ्रे जिल्लाको दोसा“धमा रहेका बेलडा“डा, दोलालघाट, बन्देउटार र डुम्रेबसी गाउ“का ६० परिवारले एकैसाथ मतदान बहिष्कार गरेरअरुले मतदान गरेरको हेरीरहेको समाचारले चर्चा पाएको छ ।  सिन्धुपाल्चोकमा पहिलोपटक ‘नो भोट’ को बिगुल बजाउ“दै यह“ाका दुईसय मतदाताले जिल्ला प्रशासन कार्यालय चौतारामा ज्ञापनपत्र पनि बुझाए । यहा“को परिवारको कागजात हेर्दा काभ्रेको दोलालघाट र चौतारा सा“गाचोकगढी नगरपालिकाको नर्सरीमा मतदान केन्द्र हो । त्याहाका बासिन्दाहरु मत हाल्न गएनन् ,मतदान भइरहेको चुपचाप हेरेर बसिरहे ।लामो समयदेखि काभ्रेपलाञ्चोकले दाबी गर्दै आएको दोलालघाटदेखि बन्देउसम्मको भू–भाग सिन्धुपाल्चोककै भएको नेपालको नक्सादेखि सिन्धुपाल्चोकको नक्सामा समे...

३बिजयसहीत नेकाका बस्नेत अगाडि

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली काँग्रेसले तिन सिट जित हासिल गरेको छ । यसका साथै सिन्धुपाल्चोकका मोहन बहादुर बस्नेत सहीत ४०सिटमा अग्रस्थानमा रहेको छ । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस तिन स्थानमा विजयी भएको छ भने नेकपा (एमाले)ले एक स्थानमा जित हासिल गरेको छ ।कांग्रेसले हिमाल पारीका जिल्ला मुस्ताङ र मनाङबाट जितको सुरुवात गरेको छ भने एमालेले ललितपुर क्षेत्र नं २ मा जित हासिल गर्दै खाता खोलेको छ । मुस्ताङको प्रतिनिधिसभा सदस्यमा कांग्रेसका योगेश गौचन थकाली विजयी हुनुभएको छ । नेपाल विद्यार्थी सङ्घमा आबद्ध भइ राजनीति सुरु गर्नुभएका २९ वर्षे उहाँ पर्यटन व्यवसायीसमेत हुनुहुन्छ । उहाँ बुबा पूर्वमन्त्री रोमी गौचनले पाउनुभएको टिकटबाट लड्नुभएको थियो । साथै, कांग्रेसले मनाङमा पनि जित हासिल गरेको छ । मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । कांग्रेस केन्द्रीय सदस्य गुरुङ पूर्व राज्यमन्...

सिन्धुपाल्चोक २ मा कांग्रेसका बस्नेत अगाडि १ मा एमालेका नेपाल

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक, ६ सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा सदस्यको मतगणना जारी रहेको छ । प्रारम्भिक मतपरिणाम अनुसार क्षेत्र नं १ मा चार हजार ८३८ मत गन्दा नेकपा (एमाले)का सरेश नेपालले दुई हजार ३५ मत प्राप्त गर्नु भएको छ । त्यस्तै लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार माधव सापकोटाले एक हजार ८८४ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं १ प्रदेस १ मा कांग्रेसका मसिना खड्का ७२२ र एमालेका युद्धविक्रम लामाले ७११ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नम्बर २ प्रदेशसभा १ मा नेकपा ९माओवादी केन्द्र०का युवराज दुलाल दुई हजार १६३ नेकपा एमालेका अमान सिं तामाङले एक हजार २४८ मत प्राप्त गर्नुभएको छ । ईन्द्रावती गाउँपालिका वडा नं ६मा मोहन बहादुर बस्नेलाइ ६११शेर बहादुर तामाङ लाइ ४३५वडा नं.४मा मोहन बहादुर बस्नेत लाइ ९९४शेर बहादुर तामाङ लाइ ४९७मत आएको छ यसै गरी वडा नं. १मा मोहन बहादुर बस्नेत ६३१रश...

सिन्धुपाल्चोकमा क्रिया बसेका एक महीला सहीत चारले गरे मतदान

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लामा क्रिया बसेका एक चेली सहित चार जनाले मंसीर४गते भएको निर्वाचनमा मतदान गरेका छन । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४को डडुवाभवानी शकंर माध्यमिक बिद्यालयमा बर्ष२१को प्रजि भण्डारी ले आफ्नो आमा स्व. रमा भण्डारीको क्रिया बसेको अबस्थामा मतदान गर्नु भएको थियो ।  यसै गरी चौतारा साँगाचोकगढी नगरपालिका ४ मा पनी आमाको किरिया बसेका चुर्ण प्रसाद श्रेष्ठ , कमल श्रेष्ठ ,मान वहादुर श्रेष्ठ ,पुर्ण प्रसाद श्रेष्ठ र उँहाहरुका श्रीमती सहितले मतदान गर्नु भएको छ ।कालिकादेवि मा।वि मतदान केन्द्रमा पुगि भोट दिएका हुन । दुबै मतदान केन्द्रमा आफ्नो परम्परा अनुसार कसैलाई नछोई मतदान गर्ने वातावरण बनाईएको थियो ।    ...

सर्वदलिय बैठक सम्पन्न सिन्धुमा ५ बजेबाट मतगणना

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लामा रहेका सक्रिय राजनितीक दलहरुको सर्वदलिय बैठक सम्पन्न भएको छ । सर्वदलिय बैठकले आज साँझ ५ बजेबाट मतगणना सुरु गरिने भएको छ । हरेका वडाको छुटाछुटै मतगणना गरिने समानुपातिक सहित सबै एकैपटक गणना हुने भएको छ ।

जम्मा ६१प्रतिशत मत खस्यो सिन्धुमा ५९प्रतिशत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मंसीर ४गते देस भर केही सामान्य घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले प्रारम्भिक विवरण अनुसार करिब ६१ प्रतिशत मतदान भएको देखिएको जनाएको छ ।नवलपरासी पूर्वको देवचुली नगरपालिका वडा नं.४ को शान्ति सिर्जना आधारभूत विद्यालय, सुर्खेत जिल्लाको सिम्ता गाउँ पालिका वडा नं। ६ सिम्ता बहुमुखी क्याम्पस, गुल्मी जिल्लाको कालीगण्डकी गन्या भगवती मावि अर्वेनी र बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका नन्देश्वरी मावि पिपलचौर लगायत अन्य ८ स्थानसमेत गरी कूल १५ मतदान स्थलमा मतदान स्थगन भएको छ । स्थगन भएका मतदान केन्द्रमा आवश्यक तयारी गरी दुई दिनभित्र पुनः मतदान गराउने भएको छ ।मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि दलीय सहमति जुटाई काठमाडौँ उपत्यकालगायतका क्षेत्रमा मतगणना शुरू गर्ने र अन्य स्थानमा मतपेटिका सुरक्षित साथ स...

पैसा बाँडेको आरोपमा एमाले का तामागं पक्राउ

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा मौन अवधिमा पैसा बाँड्दै हिँडेको भन्दै स्थानीय नागरिकहरुले बताए पछी एमाले उम्मेदवारका छोरा निर्माण ब्यवसायी लाइ प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ इन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा पैसा र चेकसहित एमालेका प्रदेशसभा उम्मेदवार अमानसिंह तामाङका छोरा छत्र तामाङको टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।उँहाको को साथबाट चेकबुक र नगद १ लाख १४ हजार रूपैयाँ बरामद गरेको र आबश्यक अनुसान्धनाका लागी प्हरलिे रकम सहीत तामागंलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय प्रमुख प्रहरी उपरिक्षक रामेश्वर यादवले जानकारीदिनु भयो । उता एमाले निर्वाचन परिचालन कमीटकिा क्षेत्रीय सचिब बिश्वमणी आचार्यले भने निर्माण व्यवसायी आफुनो कार्यमा गएर फर्कदा जगंलमा आक्रमण गरेको कुनेै पनी ब्यक्तीलाइ पैसा नबाँडेको बताउँनु भयो । उँहाले कानुनी उपचारको खोजीमा आफुहरु लाग्ने बताउँनु भयो । स्थानीय नागरिक...

गठबन्धन टुटेको भनी भ्रम फैलाउँनेलाइ कार्बहीको माग

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नया पत्रिका दैनिकमा कार्यरत पत्रकार कमलराज भट्टले आफ्नो पबिकामा प्रकाशननै नभएको समचारलाइ नयपत्रीकाको हबला दिदै गठबन्धन टुटेको प्रचण्डको आपत्ती भन्दै भ्म फैलाउँनेलाइ कार्बहीको माग गरिएको छ ।   नँयापत्रिकाका सम्बादाता भट्टले आयोगलाइ निबेदन लेखेर योस्तोमनग गर्नु भएको हो । माओबादीलाइ भोट नदिन कााग्रेसको सर्कुलर आपत्ती जनक प्रचण्ड भन्ने शिर्षकको समाचार नै प्रकाशन नभएको तर त्यस्तै नक्कल गरेर प्रचार गरेकोमा कार्बाहीको माग गर्नु भएको छ ।यस सम्बन्धमा गठबन्धनको तर्फबाट बिज्ञेप्ती प्रकाशन गर्दे काँग्रेस एमाले बिच फाटो ल्याउँने खालको झुटो प्रचार गरेको हँुदा कार्बहीको माग गर्दे भ्ममा नपर्न अपील गरिएको छ भने प्रेस काउन्सिल नेपाल, पत्रकार महाघं लगाएत पेशागत सघं सगठनहरुले आपत्ती जनाएका छन ।...