सम्पर्क

Author: लोकप्रिय समाचार

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता उद्धघाटन

खेलकुद, मनोरन्जन, समाचार
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ साँगाचोकमा ५ औं नगर स्तरिय राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । तिन दिनसम्म चल्ने प्रतियोगितामा शुक्रबार नगर प्रमुख कृष्णप्रसाद सापकोटाले उद्धघाटन गर्नुभएको हो । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख सापकोटाले खेल क्षेत्रले व्यक्तिको स्वास्थ्यमा सुधार मात्रै नभई राष्ट्रलाई विश्वव्यापी रुपमा चिनाउन सहयोग पुग्ने बताउनुभयो । राष्ट्रपति रनिङशिल्ड प्रारम्भिक रुपमा खेलाडी उत्पादन गर्ने प्रमुख प्रतिस्पर्धा भएको भन्दै उहाँले खेलमा सहभागि खेलाडिलाई शुभकामना दिनुभयो । उद्धघाटन कार्यक्रममा उपमेयर सिता थापा, निवर्तमान उपमेयर जानुका पराजुली, विभिन्न वडाका जनप्रतिनिधि नगर खेलकुद विकास समितिका पदाधिकारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।...

शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ ः प्रधानमन्त्री प्रचण्ड

ब्रेकिङ न्युज १, राजनिती, समाचार
रासस प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताउनुभएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटनमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “जुगल गाउँपालिकाका आदरणीय जनसमुदायका लागि यो कार्यक्रम खुसी र गौरवको कुरा हो । विद्यालय निर्माणका निम्ति मेरो भूमिका छ । म नेपाल सरकार एवं मेरोतर्फबाट चीन सरकार र चिनियाँ जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।” विनाशकारी भूकम्पपछिको पुनःनिर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको उहाँले स्मरण गर्नुभयो । चीन सरकारलेल भौतिक पूर्वाधार र शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम गरेको उहाँको भनाइ छ । नेपाली जनताको समृद्धि र सुशासनको आकाङ्क्षामा ...

जुगलमा श्रमिक बैकको स्थापना

ब्रेकिङ न्युज १, समाचार
 सिन्धुपाल्चोक जिल्ला जुगल गाँउपालिका देशकै पहिलो श्रमिक बैकको कार्यबिधी पास गर्ने पालिका भएको छ । आफ्ना पालिकाका नागरिकलाई पालिकामा नै रोजगार दिने उद्देश्यले श्रमिक बैंक स्थापना गरेको प्रमुख रेशम स्याङ्बोले बताउनु भएको छ । उहाँले पाालिकामा सञ्चालन हुने जुनसुकै परियोजनामा पनि स्थानियलाई रोजगार दिन पर्ने कार्य विधि नै बनाएर पास गरिसकेको छ । अब जुगल गाउपालिकामा सञ्चालन हुने हाईड्रोपावर कम्पनि तथा जुनसुकै कम्पनि होस वा सरकारी गैर सरकारी जुनसुकै संस्था होस जुगल गाउपालिकामा आवश्यक पर्ने जनशक्ति जुगल गाउपालिकाबाटै लिन पर्ने अध्यक्ष स्याङ्बोले बताउँनु भयो । उक्त पालिका अन्तर्गत रहेको जन आन्दोलनमा परि घाइते र अपांग हुने परिवारको १ लाख सम्मको जीवन विमा गरिएको छ । यसरी जीवन बिमा गर्दा जन आन्दोलनमा घाईते भएकाहरुलाई पालिकाले बिमा प्रिमियम तिरिदिएको छ भने जुगल गाउपालिकाले अधयक्षको पारिश्रमिक भत्ताबाट ...

सिद्धिगणेश मावि ६१औं वर्षमा

ब्रेकिङ न्युज २, राजनिती, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका –७ सानोसिरुवारीमा रहेको सिद्धिगणेश माध्यमिक विद्यालयले ६१ औं बार्षिकोत्सव, अविभावक, धुपु विद्यार्थि पुर्नमिलन दिवस भब्य रुपमा मनाएको छ । वार्षिकोत्सबको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी तथा भौतिक प्रर्वाधार विकास मन्त्री युवराज दुलालले गर्नुभएको हो । मन्त्रि दुलालले आफुले ल्याएको विद्यालय नर्स कार्यक्रम विद्यालय बस कार्यक्रम प्रभावकारी रहेको दावी गर्नुभयो । साथै बागमति प्रदेशको सबै माध्यमिक विद्यालयहरुमा एक विद्यालय एक नर्स लागु गर्ने तयारी भईरहेको समेत बताउनुभयो । सोहि अवसरमा विद्यालयले मन्त्रि दुलाललाई सफल कार्यकालको शुभकामना सहित सम्मान गरिएको थियो । कार्यक्रमका विशेष अतिथी जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख कृष्णप्रसाद सुवेदी, लगायतले वार्षिकोत्सको सम्बोधन गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रविन गौतमको सभापतित्वमा भएक...

आगलागी पीडितलाई गाउँपालिकाद्धारा ५ लाख सहयोग

ब्रेकिङ न्युज २, समाचार
सुनकोशी गाउँपालिका–२ ठोकर्पामा सञ्चालित ठोकर्पा पशु तथा कृषि फर्मका आगलागी पीडितलाई सुनकोशी गाउँपालिकाले ५ लाख सहयोग गरेको छ । एक साता अघि कृषि फर्मममा आगलागी हुदा ५० लाख बढीको क्षती भएको थियो । फर्ममा १२० बाख्रा रहेका थिए । आगलागीमा परेर ८१ बाख्रा मरेको थियो । स्थानीय युवाहरुको सक्रियतामा गाउँमा नै आयआर्जन गर्ने उदेश्यले करोडौको लगानीमा सञ्चालन भएको कृषि फर्ममा आगलागी भएपछि युवाहरुको उत्साहलाई कायम नै राख्नका लागि गाउँपालिकाले सहयोग गरेको अध्यक्ष टपिन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो । गाउँपालिका मार्फत अन्य सहयोग पनि उपलब्ध गराउनका लागि पहल गर्ने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । गाउँपालिका अध्यक्ष तिमिल्सिना,उपाध्यक्ष कान्छी लामा,प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलाल,वडाध्यक्षहरु लगायतको टिमले कृषि फर्मका सञ्चालक जालबहादुर खत्रीलाई आगलागी भएको स्थानमा नै पुगेर सहयोग हस्तान्तरण गरिए...

मेलम्ची बाढीले बगाएको मोटरेबल पुलको टेण्डर प्रक्रिया रोकिएकामा सांसदको आपत्ति

ब्रेकिङ न्युज २, समाचार
सांसदले डेढ वर्षअघिको मेलम्ची बाढीले क्षति पु¥याएको मोटरेबल पुलको टेण्डर प्रक्रिया रोकिएकामा आपत्ति जनाएका छन् । उहाँहरूले उक्त पुल नबन्दा राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काममा प्रभाव पर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले डेढ वर्षअघिको बाढीले पु¥याएको क्षतिको पुनःनिर्माणमा अवरोध भए सिन्धुपाल्चोकको याङ्री र लार्के खोलाबाट पानी ल्याउने प्रक्रियामा अवरोध पुग्ने बताउनुभयो । मेलम्ची नदीमा पाँचवटा पालिकालाई हुने गरी राख्न लागिएको बेलिब्रिजको टेण्डरलाई पार्टी विशेषले धम्क्याएर रोकिएकामा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो । आत्मदाह गरेका प्रेम आचार्यले लेखेको पत्रका विषयमा छानबिन हुनुपर्ने र मलखादको समस्या समाधान हुनुपर्ने सांसद बस्नेतले माग गर्नुभयो । नेकपा ९एमाले०क...

बाह्रबिसेमा एक युवक मृत फेला

समाचार
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका बाह्रबिसे बजारका एक युवक आफ्नै घरको बरन्डामा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । ईलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेका अनुसार मृत अबस्थामा फेला परेका युवा १९ वर्षका नवीन शाक्य रहेका छन् । मृतक शाक्यको छातीमा सिउरिएको पत्रको विवरण हेर्दा आत्महत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । ‘पत्रमा उल्लेख गरिएका कुरा हेर्दा सुसाइड नोटजस्तो देखिन्छ, आत्महत्या गरेको हुन सक्ने सुरुआती अनुमान गरेका छौँ, पोस्टमार्टमपछि थप विवरण खुल्ने प्रहरी निरीक्षक न्यौपानेले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको इन्स्पेक्टर न्यौपानेले जानकारी दिनुभयो । मृतक न्यौपानेको ४६ वर्षीय उनका पिता आइतराजको घरको भ¥याङबाट लडेर मृत्यु भएको थियो ।...

अन्तिम चरणमा जेष्ठ नागरिक क्लिनिक कार्यक्रम

समाचार, स्वास्थ्य
चौतारा साँगाचोकगढी नगरपालिका नगर स्वास्थ शाखाले सञ्चालन गरेको जेष्ठ नागरिक क्लिनिक कार्यक्रम प्रभावकारीसँगै अन्तिम चरणमा पुगेको छ । मंगलबार नगरपालिकाको प्रमुख कृष्ण प्रसाद सापकोटाले वडा नम्बर – ९ कदमबासमा निशुल्क स्वास्थ्य परीक्षण उद्घाटन गरि कार्यक्रम सम्पन्न भएको छ । वडाध्यक्ष बिमल श्रेष्ठका अनुसार कदमबासमा जम्मा २५० जनाले उक्त सेवा लिएका छन । जम्मा विरामी संख्या – २५० जना रहेकोमा आँखा परीक्षण संख्या – २०७ जना,जसमा मोतियाविन्दु भएको –४ जना,रक्त परीक्षण गरिएको –२३५ जना,जसमा सुगर बढेको – ९ जना,क्षयरोगको शंकास्पद – २ जना,गर्भवती महिलाको भिडियो एक्सरे– ९ जनाउच्च रक्त चाप भएको –२६ जनारहेको श्रेक्ष्ठले जानकारी दिनु भयो । उक्त कार्यक्रममा जनप्रतिनिधि , डाक्टर, स्वास्थ्यकर्मी चौतारा आँखा केन्द्रको समुह, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरू, लगाएतको उपस्थितीमा स्वास्थ्य परिक्षण गरिएको हो । ...

ब्रान्ड नामसहित सिस्नु उत्पादनमा महिलाहरु

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
रुपक पुरी (रासस) सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका – २ कुञ्चोकका महिलाहरु गाउँमै उत्पादन गरिएको सिस्नुका पाउडरलाई अर्गानिक ब्रान्ड बनाएर बिक्री गर्नका लागि एकजुट भएका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाहरूले बाँझो बसेर खेर गइरहेको जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । सुरुमा सिस्नु खेती गर्दा गाउँवासीले गिज्याए पनि अहिले यसले व्यावसायिक रूप दिएपछि अन्य महिला दिदीबहिनीहरू पनि यसतर्फ आकर्षित भएको निर्मला सुनारले बताउनुभयो । “अब सिस्नुको धुलो प्याकेटमा बिक्री गर्छौ चाहिएमा हरियो सिस्नु पनि उपलब्ध गराउँछौं,” उहाँले भन्नुभयो । अहिले स्थानीय नवलपुर बजारमा रहेका पसलबाट सिस्नुको धुलो बिक्री भइरहेको छ । माग आएअनुसार मेलम्ची र चौतारा बजारसम्म यहाँको उत्पादन पुग्ने गरेको छ । धेरै लगाएर सिस्नु बेच्ने भन्ने छलफल सहकारीमा चलेपछि महिलाहरूले यसको खेती सुरु गरेका हुन् । स...

पाँचखालमा ५४ जनाद्धारा रक्तदान

समाचार, स्वास्थ्य
पाँचखालमा आयोजित रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छ्न । सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीका अनुसार सिन्धु विकास बैंक कर्पोरेट कार्यालय बनेपाको समन्वय तथा पाँचखाल शाखाको आयोजनामा भएकोे रक्तदानमा बैंकका कर्मचारी , स्थानीय लगायत ५४ जनाले रक्तदान गरेका थिए । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको प्रमुख कार्यकारी अधिकृत गिरीले बताउनुभयो । रक्तदान कार्यक्रममा प्राबिधिक सहयोग रेडक्रस काभ्रेले गरेको थियो । रक्तदातान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गिरी, नायव महाप्रबन्धक प्रमोद न्यौपाने लगायत बैंकका उच्च पदस्त कर्मचारी लगायतको उपस्थिती रहेको पाँचखाल शाखा प्रबन्धक सिताराम दुलालले जानकारी दिनुभयो । सिन्धुपाल्चोककै पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंकले सिन्धुपाल्चोक ,काभ्रे, दोलखा, मकवानपुर तथा चितवन जिल...